Shittalpati
पाल्पाको रिब्दीकोटमा पुरुष मृत भेटिए

पाल्पा, जिल्लाको रिब्दीकोट गाउँपालिका– ६ ठिमुरेका एक पुरुष मृत भेटिएका छन् । ३५ वर्षीय चिरञ्जीवि राना रक्सी पार्ने गैराको खोल्सामा शुक्रबार बिहान मृत अवस्थामा भेटिएका हुन् ।

उनी बिहीबार दिउँसो घरबाट सोत्तर लिन भनि जंगल गएका थिए । साँझ अबेरसम्म पनि राना घर नफर्किएपछि आफ्न्त र छिमेकीले खोजतलास गरेका थिए । खोजि गर्दै जाँदा शुक्रबार विहान रानाको मृत अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रामेश्वर त्वातीले जानकारी दिए ।

 

प्रकाशित मिति: शुक्रबार, साउन ८, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update