Shittalpati
विपत्तिको दीर्घकालीन समाधान
विपत्तिको दीर्घकालीन समाधान
बाढीबाट गुल्मी पुर्तिघाटका तीन घर जोखिममुक्त
बाढीबाट गुल्मी पुर्तिघाटका तीन घर जोखिममुक्त कालीगण्डकी नदिमा जलसतह घट्दै गएपछि गुल्मीको पुर्तिघाट बजारका ३ घर तत्कालका लागि जोखिममुक्त भएका छन् । अविरल वर्षाका कारण कालीगण्डकी नदिको बहाव बढ्दै गएपछि जोखिममा परेका यहाँका घरहरु विहीबारदेखि नदीको बहाव कम हुँदै गएपछि भने अहिले जोखिम हुनबाट जोगिएका हुन् ।
पाल्पामा विहीबार  ५३ जना संक्रमितले कोरोना जिते
पाल्पामा विहीबार ५३ जना संक्रमितले कोरोना जिते जिल्लामा पछिल्ला २४ घण्टामा ५३ जना संक्रमितले कोरोना जितेका छन् । जिल्ला स्वास्थ्य कार्यालयले बुधबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा रहेका ५३ जना संक्रमितले कोरोना जितेका हुन् ।
पहिरोका कारण अवरुद्ध पाल्पा–बुटवल सडकखण्ड खुल्यो
पहिरोका कारण अवरुद्ध पाल्पा–बुटवल सडकखण्ड खुल्यो अविरल वर्षासँगै खसेको पहिरोले अवरुद्ध बन्न पुगेको पाल्पा–बुटवल सडकखण्ड तीन दिनपछि खुलेको छ । गएको मंगलबारदेखि अवरुद्ध सिद्धार्थ राजमार्गअन्तर्गतको पाल्पा–बुटवल सडकखण्डको तानसेन नगरपालिका–८, गौडेपुल नजिकै सडकमा पहिरो हटाएपछि विहिबार दिउँसोदेखि खुलेको हो । उक्त सडक खण्ड एकतर्फी रुपमा मात्र सुचारु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
माओवादी केन्द्र पाल्पाले दियो अस्पताल र निलसागरलाई स्वास्थ्य सामग्री
माओवादी केन्द्र पाल्पाले दियो अस्पताल र निलसागरलाई स्वास्थ्य सामग्री नेकपा माओवादी केन्द्र पाल्पाले पाल्पा अस्पताल र निलसागर सेवा आश्रम तानसेनलाई स्वास्थ्य सुरक्षा सामग्री दिएको छ । जिल्लामा कोरोना संक्रमणको अवस्था कायमै रहेकाले पाल्पा अस्पतालमा संक्रमित विरामीको उपचारमा खटिएका स्वास्थ्यकर्मी र निलसागर आश्रममा रहेका वृद्धवृद्धाहरुको सुरक्षाका लागि माओवादी केन्द्र पाल्पाले स्वास्थ्य सामग्री सहयोग गरेको हो ।
कोरोनाको त्रास कायमै
कोरोनाको त्रास कायमै
कालीगण्डकी नदीमा जलसतह बढेपछि पुर्तिघाटका ३ घर जोखिममा
कालीगण्डकी नदीमा जलसतह बढेपछि पुर्तिघाटका ३ घर जोखिममा कालीगण्डकी नदिमा जलसतह बढेपछि पुर्तिघाट बजारका ३ घर जोखिममा परेका छन् । अविरल वर्षाका कारण कालीगण्डकी नदिको बहाव बढ्दै गएपछि यहाँ घरहरु जोखिममा रहेका हुन् ।
अविरल वर्ष : उच्च सतर्कता अपनाउन पाल्पा प्रशासनको आग्रह
अविरल वर्ष : उच्च सतर्कता अपनाउन पाल्पा प्रशासनको आग्रह जिल्ला प्रशासन कार्यालय पाल्पाले अविरल वर्षा भइरहेकाले उच्च सतर्क रहन आग्रह गरेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले केही दिन लगातार वर्षा हुने मौसमी प्रक्षेपण गरेपछि कार्यालयले जिल्लावासीमा सतर्क रहन आग्रह गरेको हो ।
माथागढी गाउँपालिकामा उच्च सतर्कता अपनाउन गाउँपालिकावासीलाई आग्रह
माथागढी गाउँपालिकामा उच्च सतर्कता अपनाउन गाउँपालिकावासीलाई आग्रह जिल्लाको माथागढी गाउँपालिकाका अध्यक्ष सन्तोष थापा मगरले अविरल वर्षा भइरहेकाले सम्भावित घटनाबाट सुरक्षित रहन उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् । गत बुधबार जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले बिहीबारदेखि लगातार वर्षा हुने मौसमी प्रक्षेपण गरेकाले सतर्क रहन अध्यक्ष थापाले गाउँपालिकावासीलाई आग्रह गरेका हुन् ।
बाढीको वितण्डा:  ऐतिहासिक धार्मिक तथा पर्यटकीय क्षेत्र रानीमहल र रुरु डुबानमा
बाढीको वितण्डा: ऐतिहासिक धार्मिक तथा पर्यटकीय क्षेत्र रानीमहल र रुरु डुबानमा लगातारको वर्षाका कारण पाल्पाका ऐतिहासिक धार्मिक तथा पर्यटकीय क्षेत्रहरु डुबानमा परेका छन् । कालीगण्डकी नदीमा पानीको बहाव उच्च हुँदा आसपास क्षेत्रमा रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रहरु डुबानमा परेका हुन् ।
Weather Update