Shittalpati
आँधीखोलामा शव फेला
आँधीखोलामा शव फेला स्याङ्जाको भीरकोट नगरपालिका–३ स्थित आँधीखोलामा बुधबार विहान एक पुरुषको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीका अनुसार आँधीखोलाको बीच भागमा उठेको ढिस्कोमा पुरुषको शव भेटिएको हो ।
पहिरोले सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल सडकखण्ड पूर्णरुपमा अवरुद्ध
पहिरोले सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल सडकखण्ड पूर्णरुपमा अवरुद्ध निरन्तर वर्षाका कारण पहिरोले सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा–बुटवल सडकखण्ड पूर्ण रुपमा अवरुद्ध रहेको छ । पाल्पा–बुटवल सडकखण्डको तानसेन नगरपालिका–८, गौडेपुल नजिकै माथिबाट खसेको पहिरोले सडक नै बगाएपछि सडक पूर्ण रुपमा अवरुद्ध बनेको हो ।
पाल्पाको रिब्दीकोटमा पहिरोले घर पुरिदा एक युवकको मृत्यु
पाल्पाको रिब्दीकोटमा पहिरोले घर पुरिदा एक युवकको मृत्यु पाल्पाको रिब्दीकोट गाउँपालिका ४ मन्छिपमा पहिरोले घर पुरिदा एक युवकको मृत्यु भएको छ । निरन्तर परेको अविरल वर्षका कारण आज साझँ स्थानीय महेन्द्र भट्टराई क्षेत्रीको घर माथिबाट पहिरो खस्न गई घर पुरिदा उनका १९ वर्षीय छोरा मदन भट्टराईको मृत्यु भएको हो ।
पाल्पामा फोन स्कुल सञ्चालन
पाल्पामा फोन स्कुल सञ्चालन पाल्पाका विद्यालयहरुमा फोनबाटै बालबालिकालाई पढाउने कार्यक्रम शुरु भएको छ । रुम टु रिडको सहयोग र बेस नेपालको व्यवस्थापन तथा स्थानीय सरकारसँगको समन्वयमा सञ्चालित साक्षरता कार्यक्रम अन्तर्गत फोन स्कुल सञ्चालन भएको हो ।
विद्यार्थी भर्ना अभियान शुरु
विद्यार्थी भर्ना अभियान शुरु सरकारले सबै विद्यालयले विद्यार्थीको अन्तिम आन्तरिक मूल्याङ्कन पूरा गरी नतिजा प्रकाशन गरेर कक्षा १० सम्मको अध्ययन गर्ने देशभरका विद्यार्थीको पठनपाठन शुरु गर्न भर्ना अभियान सञ्चालन गरेको छ । सरकारले यस वर्षको विद्यालय तहको नयाँ शैक्षिक सत्र मंगलबारदेखि शुरु गरेसँगै भर्ना अभियान सुरु भएको हो ।
पाल्पा कोरोना अपडेट:  मंगलबार ३५ जना संक्रमितले कोरोना जिते, ३७ जनामा संक्रमण
पाल्पा कोरोना अपडेट: मंगलबार ३५ जना संक्रमितले कोरोना जिते, ३७ जनामा संक्रमण जिल्लामा पछिल्ला २४ घण्टामा ३५ जना संक्रमितले कोरोना जितेका छन् । जिल्ला स्वास्थ्य कार्यालयले मंगलबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा रहेका ३५ जना संक्रमितले कोरोना जितेका हुन् । जिल्लाका विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका १३ जना महिला र २२ जना पुरुषले कोरोना जितेका छन्...
रामपुर अस्पतालमा अक्सिजन प्लान्ट निर्माण गर्न बजेट निकासा
रामपुर अस्पतालमा अक्सिजन प्लान्ट निर्माण गर्न बजेट निकासा पाल्पाको रामपुरमा रहेको रामपुर अस्पतालका अक्सिजन प्लान्ट स्थापना गर्न बजेट निकासा भएको छ । पाल्पा, स्याङ्जा, तनहूँ र नवलपरासीका नागरिकले सेवा लिने कालीगण्डकीवेशीकै ठूलो अस्पतालका रुपमा स्थापित अस्पतालमा अक्सिजन प्लान्ट र एचडिओ स्थापना गर्न संघीय सरकारले एक करोड ५५ लाख बजेट विनियोजन गरेको थियो ।
तम्घास–रिडी र रिडी–रुद्रवेणी सडक अवरुद्ध
तम्घास–रिडी र रिडी–रुद्रवेणी सडक अवरुद्ध लगातार वर्षाका कारण पहिरो खसेपछि गुल्मीको तम्घास–रिडी र रिडी–रुद्रबेणी सडक अवरुद्ध भएको छ । तम्घास–रिडी सडक खण्डअन्तर्गत रेसुङ्गा नगरपालिका—१३ को भगाँरी खोलामा गएराति पहिरो खसेपछि सडक अवरुद्ध बनेको हो ।
भारी वर्षाको सम्भावना:नदीतटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह
भारी वर्षाको सम्भावना:नदीतटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह लुम्बिनी,गण्डकी,कर्णाली र सुदूरपश्चिम प्रदेशमा भारी वर्षा भइरहेको छ । जसका कारण यहाँका ठूला नदीहरुमा बाढी आएको छ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनी प्रदेशको पाल्पा, गुल्मी,अर्घाखाँची, परासी, कपिलबस्तु, प्यूठान, दाङ, बाँके, बर्दिया, रुकुम क्षेत्रका नदीमा बाढी आएको छ ।
वर्षाका कारण गुल्मी इस्माका दुई घर भत्किए
वर्षाका कारण गुल्मी इस्माका दुई घर भत्किए लगातकारको वर्षाका कारण जिल्लाको इस्मा गाउँपालिकाका दुई वटा घर भत्किएका छन् । गाउँपालिका–५ मैदानका राजेश परियारको निमार्णाधिन घर भत्किदा उनकी २९ वर्षीया श्रीमती जानकी परियार घाईते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक पुरुषत्तम पाण्डेले जानकारी दिए ।
Weather Update