पाल्पा कोरोना अपडेट : सोमबार १ सय ४८ जना संक्रमितले कोरोना जिते
सोमबार, असार ७, २०७८
पत्रकारलाई स्वास्थ्य सुरक्षा सामग्री
सोमबार, असार ७, २०७८
जिल्लामा क्रियाशिल पत्रकारलाई स्वास्थ्य सुरक्षा सामग्री दिइएको छ । बगनासकाली पत्रकार समूहले कोरोना महामारीको अग्रभागमा रहेर काम गर्दै आएका पत्रकारहरुका लागि स्वास्थ्य सुरक्षा सामग्री दिएको हो ।
‘सबैसँग सहकार्य गरेर काम गरेका छौं ’
सोमबार, असार ७, २०७८
विगत चारवर्षदेखि स्थानीय तहका सरकार गठन भएर काम गरिरहेका छन् । जनतासँग सबैभन्दा निकट भएर काम गरिरहेका स्थानीय सरकारका बारेमा विभिन्न किसिमका टिकाटिप्पणी भइरहेका छन् ।
निर्माण सम्पन्न भएको पाँच महिनामै भत्कियो भैरहवा–लुम्बिनी–तौलिहवा सडक
सोमबार, असार ७, २०७८
भैरहवा–लुम्बिनी–तौलिहवा सडकको स्तरोन्नती कार्य पूरा भएको पाँच महिना नबित्दै भत्किन थालेको छ । रुपन्देही सदरमुकाम भैरहवादेखि लुम्बिनी हुँदै कपिलबस्तु सदरमुकाम तौलिहवा पुग्ने ४१ किलोमिटर सडक भारतीय कम्पनी गावर कन्सट्रक्सन लिमिटेडले एक अर्ब ९३ करोड ६३ लाखको लागतमा निर्माण गर्ने गरी ठेक्का प्राप्त गरेको थियो ।
गुल्मीका पहिरोपीडितद्वारा भौगर्भिक अध्ययन गर्न सरकारसँग माग
सोमबार, असार ७, २०७८
मनसुन शुरु भएसँगै जिल्लाका विभिन्न स्थानमा पहिरो गएको छ । पहिरोका कारण कतिपय ठाउँमा यातायात सेवा नै अवरुद्ध भएका छन् भने कतिपय ठाउँमा बस्ती नै बस्न नमिल्ने गरी जमिन भासिएका छन् । गुल्मीको रेसुङ्गा नगरपालिका–७ वेदुखर्कमा असार १ गते पहिरो गयो । पहिरोले दुई घरमा ठूलो क्षति गर्यो । अझै...
पत्रकारलाई कोरोना खोप लगाउन सर्वोच्चको आदेश
आइतबार, असार ६, २०७८
सर्वोच्च अदालतले कोभिड–१९ विरुद्धको खोप अग्रपंक्तिमा रही समाचार संकलन गर्ने पत्रकारलाई प्राथमिकताका साथ दिने व्यवस्था मिलाउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ ।
लुम्बिनी प्रदेशलाई बजेट पास गर्न सकस
आइतबार, असार ६, २०७८
जेठ ३० गते बहुमतले नीति तथा कार्यक्रम पारित गरेको लुम्बिनी प्रदेश सरकारलाई अहिले बजेट पास गर्न सकस परेको छ । विपक्षी गठबन्धनको अवरोधका कारण प्रदेश सरकारलाई बजेट पारित गर्न सकस परेको हो ।
पाल्पा कोरोना अपडेट : आइतबार ५३ जना संक्रमितले कोरोना जिते
आइतबार, असार ६, २०७८
जिल्लामा पछिल्ला २४ घण्टामा ५३ जना संक्रमितले कोरोना जितेका छन् । जिल्ला स्वास्थ्य कार्यालयले आइतबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा रहेका ५३ जना संक्रमितले कोरोना जितेका हुन् । जिल्लाका विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका २० जना महिला र ३३ जना पुरुषले कोरोना जितेका छन्...
स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर आगामी बजेट ल्याउदैछौं : अध्यक्ष भण्डारी
आइतबार, असार ६, २०७८
जिल्लाको रम्भा गाउँपालिकाका अध्यक्ष विष्णु प्रसाद भण्डारीले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर आगामी बजेट ल्याउने तयारीमा रहेको बताएका छन् । रम्भा –१ अर्सेदीमा सामुदायिक स्वास्थ्य इकाईको उद्घाटन गर्दै अध्यक्ष भण्डारीले जनताको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर बजेट ल्याउने तयारी गरिएको बताएका हुन् ।
सडक माथिबाट ढुङ्गा खस्ने डर, त्रासै त्रासमा यात्रा
आइतबार, असार ६, २०७८
गुल्मीको मदनभण्डारी राजमार्ग अन्तर्गत पर्ने सडकमा अहिले पनि ढुक्क भएर यात्रा गर्ने स्थिती छैन । पहाडको भिरालो बाटो । त्यस माथि पहिरोका कारण सडक माथि अड्किएका ठूला–ठूला ढुंगा । गाडीमा यात्रा गर्दै लाग्छ गन्तव्यमा पुगिन्छ कि पुगिदैन । साँघुरो, भिरालो र खाल्डाखुल्डी परेको सडक ।


