पाल्पामा शुक्रबार २७ संक्रमितले कोरोना जिते, २७ जनामा संक्रमण
शुक्रबार, असार ११, २०७८
तानसेन खानेपानी उपभोक्ता समितिलाई स्थानीय सरकार मातहतमा लैजानुपर्नेमा जोड
शुक्रबार, असार ११, २०७८
तानसेन खानेपानी उपभोक्ता समितिलाई स्थानीय सरकार मातहतमा ल्याउनुपर्ने विषयमा आवाज उठेको छ । तानसेन खानेपानी व्यवस्थापनका लागि नागरिक परामर्श समितिको तानसेनमा बसेको पहिलो बैंठकमा सहभागीहरुले उपभोक्ता समितिमार्फत खानेपानी वितरणमा पटक –पटक अनियमिता हुँदै आएपछि स्थानीय सरकार मातहतमा लैजानुपर्ने आवाज उठाएका हुन् ।
घरेलु मदिराको ‘ब्रान्डिङ’ गर्न मालिका गाउँ सरकारले बनायो कानुन
शुक्रबार, असार ११, २०७८
गुल्मीको मालिका गाउँ सरकारले घरेलु मदिरालाई ‘ब्रान्डिङ’ गरी बिक्री वितरण गर्न कानुनी बनाएको छ । स्थानीय स्तरमा उत्पादित कोदोबाट गाउँ–गाउँमा बनाइने मदिरा (लोकल रक्सी) लाई व्यावसायिक रूपमा बिक्री खुला गर्ने गरी गाउँ सरकारले आफ्नै कानुन निर्माण गरेको हो ।
काँग्रेस महाधिवेशनको चर्चा
शुक्रबार, असार ११, २०७८
नेपाली काँग्रेस पार्टीको महाधिवेशन नजिकिदै छ । नियमित रूपमा भएको भए २०७६ सालमै भइसक्नुपर्ने महाधिवेशन विभिन्न कारणले मिति सर्दासर्दै अहिले भदौमा हुने भनिएको छ । यो कानुनतः अन्तिम म्याद हो । संविधान तथा पार्टीको विधानले निर्धारित गरेको समयावधिभित्रै महाधिवेशन गर्न नसकेका खण्डमा पार्टीको वैधानिकता कायम नहुने भएकाले यो म्याद नेपाली...
कालीगण्डकी गाउँ सरकारले ल्यायो ४५ करोड ७६ लाखको बजेट
शुक्रबार, असार ११, २०७८
जिल्लाको कालिगण्डकी गाउँपालिका गुल्मीले अर्थिक वर्ष २०७८÷०७९ को लागि ४५ करोड ७६ लाख बराबरको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाले नवौं गाउँसभामार्फत नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गर्दै अगामी आर्थिक वर्षका लागि ४५ करोड ७६ लाख ९० हजारको बजेट ल्याएको हो ।
पाल्पाको सिद्धार्थ राजमार्गमा मोटरसाईकल दुर्घटना : एकको मृत्यु, एक घाइते
बिहीबार, असार १०, २०७८
जिल्लाको तिनाउ गाउँपालिका –३ झुम्सास्थित सिद्धार्थ राजमार्गमा मोटरसाईकल दुर्घटना भएको छ । विहीबार पाल्पाबाट बुटवलतर्फ जाँदै गरेको लु ६७ प ५९११ नम्वरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको हो ।
माथागढीको नीति–कार्यक्रम: कोरोना संक्रमितको निःशुल्क उपचारदेखि विपन्न परिवारको स्वास्थ्य बिमा
बिहीबार, असार १०, २०७८
माथागढी गाउँपालिकाले कोरोना संक्रमितको निःशुल्क उपचारदेखि विपन्न परिवारको स्वास्थ्य बिमा गर्ने गरी नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । नवौ गाउँसभा मार्फत गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई केन्द्रित गर्दै नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेको हो ।
पाल्पा कोरोना अपडेट: विहीबार ८९ संक्रमित कोरोनामुक्त
बिहीबार, असार १०, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा ८९ जना संक्रमित कोरोनामुक्त भएका छन् । जिल्ला स्वास्थ्य कार्यालयले विहीबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा रहेका ८९ जना संक्रमित कोरोनामुक्त भएका हुन् । जिल्लाका विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका ३८ जना महिला र ५१ जना पुरुष कोरोनामुक्त भएका छन्...
नेपाली काँग्रेस मुसिकोट नगरका सभापति शाक्यको निधन
बिहीबार, असार १०, २०७८
नेपाली कांग्रेस मुसिकोट नगरापालिकाका सभापति एवं बरिष्ठ समाजसेवी ५३ वर्षीय सुदर्शन शाक्यको निधन भएको छ । गत शनिबार आफ्नै निवास वामी टक्सारमा हृदयघात भएपछि शाक्यलाई उपचारका लागि बुटवल लगिएको थियो । बुटवलको सामुदायिक अस्पतालमा उपचारथ शाक्यको बुधबार राति निधन भएको हो ।
रैनादेवी छहरा गाउँ सरकारले ल्यायो ६१ करोड ५२ लाखको बजेट
बिहीबार, असार १०, २०७८
जिल्लाको रैनादेवी छहरा गाउँपालिकाले आर्थिक वर्ष २०७८/०७९ का लागि ६१ करोड ५२ लाखको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाका उपाध्यक्ष चेतकुमारी थापाले नवौं गाउँसभामा विहीबार ६१ करोड ५२ लाख १५ हजारको बजेट सार्वजनिक गरेकी हुन् । विनियोजित रकममध्ये चालुतर्फ ३७ करोड ९४ लाख ६५ हजार र पुँजीगतर्फ २३ करोड ५७...
यात्रु र व्यवसायी मर्कामा
बिहीबार, असार १०, २०७८
बन्दाबन्दीबाट जनजीवनका सबै पक्ष नराम्ररी प्रभावित भएका छन् । शिक्षा, स्वास्थ्य र सामाजिक सेवाहरूका साथै आर्थिक क्षेत्र पनि नराम्ररी थला परेको छ । यही क्रममा सार्वजनिक यातायात रोकिनाले कमाइको उपाय पनि बन्द भएका गरिबहरूलाई सबैभन्दा बढी मर्का परेको छ । तर, सरकार वा व्यवसायीका प्रतिनिधि संस्थाले जनताले भोग्नुपरेको मर्कामा भने...

