Shittalpati
काँग्रेस महाधिवेशन अनिश्चय
काँग्रेस महाधिवेशन अनिश्चय नेपाली काँग्रेसको १४ औं महाधिवेशन तोकिएको समयमा नहुने संकेत बढेको छ । जसले गर्दा महाधिवेशन अनिश्चयको बन्दी बनेको छ । अनेक असहमति, विवाद, तेरो मेरो, अनि तल्लो तहमा नै एक–अर्का प्रतिस्पर्धीलाई किनारा लगाउने रणनीतिका कारण तल्लो तहदेखि केन्द्रीय तहमा समेत निर्णय क्षमता ह्रास भएको देखिन्छ ।
अवैध सम्बन्धले गर्भ बसेपछि भ्रूण हत्या
अवैध सम्बन्धले गर्भ बसेपछि भ्रूण हत्या विगत तीन वर्षदेखि श्रीमान् विदेशमा छन् । देवर सधैँ घरमा आइरहन्थे । मदिराले लठ्ठ भएकाले बेला के–के भयो के के’, आफ्नै पेटमा हुर्किरहेको चार महिनाको गर्भपतन गरी टालोमा बेरेर घर छेउको बारीमा गाडेपछि उनले जेठानीसँग भनेकी थिइन् ‘लुकाउन पर्ने भएकाले लुकाएकी हुँ ।’
सरकारले जनताको चाहाना र अपेक्षा अनुसार काम गर्नुपर्छ :   डा. महत
सरकारले जनताको चाहाना र अपेक्षा अनुसार काम गर्नुपर्छ : डा. महत नेपाली काँग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले वर्तमान सरकारले जनताको चाहाना र अपेक्षा अनुसार काम गर्नु पर्ने बताए । नेपाली काँग्रेस गुल्मीले सोमबार बिपी स्मृति भवन तम्घासमा आयोजना गरेको पार्टी कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै नेता महतले जनताका चाहना र अपेक्षा बुझेर नै वर्तमान सरकारले काम गर्नु पर्ने बताएका हुन् ।
माधव समूह पार्टी एकता गर्न नआए अब कुरेर नबस्ने : नेता ज्ञवाली
माधव समूह पार्टी एकता गर्न नआए अब कुरेर नबस्ने : नेता ज्ञवाली प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का नेता प्रदीपकुमार ज्ञवालीले माधव नेपाल समूह पार्टी एकता गर्न नआए अब कुरेर नबस्ने बताएका छन् । उनले संयुक्त कार्यदलले तयार पारेको दश बुँदे कार्यदिशाअनुसार नै पार्टी एकता हुने र एकहप्ता भित्र पनि माधव कमरेड लगायतका साथीहरु तत्काल नआएमा कुरेर नबस्ने बताए ।
पाल्पामा सोमबार १ सय ११ संक्रमितले कोरोना जिते
पाल्पामा सोमबार १ सय ११ संक्रमितले कोरोना जिते जिल्लामा पछिल्लो २४ घण्टामा १ सय ११ जना संक्रमितले कोरोना जितेका छन् । स्वास्थ्य कार्यालय पाल्पाले सोमबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा रहेका १ सय ११ जना संक्रमितले कोरोना जितेका हुन् ।
‘माधव समूहका गल्ती हेर्दा पानी खाने ठाउँ समेत छैन’
‘माधव समूहका गल्ती हेर्दा पानी खाने ठाउँ समेत छैन’ नेकपा एमालेका सचिव एवं पूर्वमन्त्री प्रदीपकुमार ज्ञवालीले माधव समूहका गल्तीहरु हेर्दा पानी खाने ठाउँ समेत नरहेको बताएका छन् । प्रेस चौतारी नेपाल गुल्मीले आइतबार सदरमुकाम तम्घासमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै ज्ञवालीले यस्तो बताएका हुन् ।
पाँच महिने बालिकाको हत्या
पाँच महिने बालिकाको हत्या नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा मादक पदार्थ सेवन गरेर झगडा गर्दा पाँच महिने बालिकाको हत्या भएको छ । जिल्लाको देवचुली–६ मिर्तुङमा मादक पदार्थ खाएर भएको पारिवारिक झगडामा परी पाँच महिने बालिकाको ज्यान गएको हो ।
पाल्पामा भैसी किनेर फर्किएका पुरुषको बेहोस भएर मृत्यु
पाल्पामा भैसी किनेर फर्किएका पुरुषको बेहोस भएर मृत्यु पाल्पामा भैसी किनेर फर्किएका एक पुरुषको बेहोस भएर मृत्यु भएको छ । जिल्लाको रैनादेवी छहरा गाउँपालिका –३ झिरुवासका ४८ वर्षीय जीतबहादुर आलेको भैसी किनेर फर्किदाँ बाटोमा अचानक बेहोस भई मृत्यु भएको हो ।
विदेश पलायन र यसले निम्त्याएको निराशा
विदेश पलायन र यसले निम्त्याएको निराशा युवालाई देशको उच्च जनशक्ति तथा मानव स्रोत मानिन्छ । युवा विनाको आर्थिक विकास र देश भित्रको स्रोत साधनको परिचालनको कल्पना पनि गर्न सकिदैन । अभिभावकलाई आफ्ना छोराछोरीको ठूलो भरोसा हुन्छ भने, देशलाई त युवा वर्गको भरोसा नहुने त कुरै भएन । भनिन्छ विदेश पलायन रहर होइन बाध्यता हो ।
कोभिड–१९ विरुद्धको खोप लगाउँदै
कोभिड–१९ विरुद्धको खोप लगाउँदै आखाँ अस्पताल पाल्पामा घण्टौ लाईनमा बसेर कोभिड–१९ विरुद्धको खोप लगाउँदै गरेकी एक महिला । तानसेन नगरपालिकाले सम्पूर्ण वडाका नागरिकहरुलाई भेरोसेल खोपको पहिलो मात्र लगाउने प्रवन्ध मिलाएको छ ।
Weather Update