पाल्पामा गाईजात्रा: महामारीकै बीच धानिँदै परम्परा
सोमबार, भदौ ७, २०७८
पाल्पामा सोमबार ५९ जना संक्रमितले कोरोना जिते, २७ जनामा संक्रमण
सोमबार, भदौ ७, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा ५९ जना संक्रमितले कोरोना जितेका छन् । स्वास्थ्य कार्यालय पाल्पाले सोमबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा रहेका ५९ जना संक्रमितले कोरोना जितेका हुन् ।
रेडियो पुष्पाञ्जलीले दियो मुसिकोटका विद्यालयलाई स्वास्थ्य सामग्री
सोमबार, भदौ ७, २०७८
जिल्लाको वामीटक्सारबाट प्रशारित सामुदायिक रेडियो पुष्पाञ्जलीले मुसिकोट नगरपालिका भित्र रहेका विद्यालयहरुलाई स्वास्थ्य सुरक्षा सामग्री दिएको छ । रेडियोले कोरोना महामारीबाट शिक्षा क्षेत्र पनि प्रभावित भएकाले विद्यालयका शिक्षक, कर्मचारी र विद्यार्थीहरुको सुरक्षाका लागिस्वास्थ्य सुरक्षा सामग्री दिएको हो ।
पाल्पामा पनि सुरु भयो गाईजात्रा
सोमबार, भदौ ७, २०७८
आज पाल्पा लगायत देशभर गाईजात्रा पर्व मनाइँदै छ । दिवङ्गत आफन्तको आत्माको शान्तिको कामना गर्दै हास्यव्यङ्ग्य र ख्यालठट्टासहित सोमबार पाल्पाको तानसेनमा पनि गाईजात्रा (साँपारु) पर्व मनाउन लागिएको हो ।
गाईजात्रे राजनीति कहिलेसम्म ?
सोमबार, भदौ ७, २०७८
नेवारी भाषामा सापारु भनिने गाईजात्रा पर्व रक्षा बन्धन अथवा जनैपूर्णिमाको अर्को दिन अथवा भाद्र प्रतिपदाको दिन यो पर्व मनाईन्छ । आज देशभर यो जात्रा मनाइदै छ ।
नेवारी सँस्कृति र दथुसाया मतया
आइतबार, भदौ ६, २०७८
परापूर्व कालदेखि नेपाल उपत्यकामा बसोबास गर्दै आएका नेवार समुदायले विभिन्न काल खण्डमा परिमार्जित गर्दै आफ्नो गच्छे अनुसार चाडपर्व र संस्कृति मनाउँदै आइरहेको पाइन्छ । पश्चिमी संस्कृति, आधुनिकता र महंँगीका कारण पछिल्लो समय अधिकांस पर्वहरु लोप हुँदै जान थालेका छन् ।
कोरोनाका कारण सुनसान जनैपूर्णिमा
आइतबार, भदौ ६, २०७८
विगतका वर्षहरुमा रक्षाबन्धन अर्थात् जनैपूर्णिको दुई÷तीन दिन अघि नै तानसेनको बजारमा निकै चहलपहल हुने गथ्र्यो । बजारमा रक्षाबन्धनको लागि जनै, राखी लगायतका सामग्री किन्नेहरुको घुँइचो लाग्ने भए पनि गत वर्षदेखि कोरोना महामारीका कारण बजार सुनसान छन् ।
पाल्पामा शनिबार ८५ जना संक्रमितले कोरोना जिते
शनिबार, भदौ ५, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा ८५ जना संक्रमितले कोरोना जितेका छन् । स्वास्थ्य कार्यालय पाल्पाले शनिबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा रहेका ८५ जना संक्रमितले कोरोना जितेका हुन् ।
गुल्मीको कालीगण्डकी कृषि जोन बन्दै
शनिबार, भदौ ५, २०७८
सुदरपुर्व गुल्मी कालीगण्डकी गाउँपालिका १,गिदुवा टोलकी ३५ बर्षकी भूमिकला पाण्डेलाई अहिले आफ्नो घर खर्चका लागि अरुको मुख ताक्नुपर्ने अवस्था छैन । भूमिले, स्मार्ट कृषि गाउँ कार्यक्रममार्फत व्यवसायिक रुपमा बाख्रापालन गर्न थाले पछि दुई छोरा छोरीलाई उच्चशिक्षा पढाउने खर्चको जोहो गर्ने समस्या पनि हटेको छ ।
कुमारी लामाको ‘उज्यालो अन्धकार’
शनिबार, भदौ ५, २०७८
ब्रिटेनबाट स्नातकोत्तर र त्रिभुवन विश्वविद्यालयबाट एमफिल गरेकी कुमारी लामाको उज्यालो अन्धकार निबन्ध पहिलो कृति हो । निबन्ध र समालोचनामा समान रूपमा कलम चलाउने उनी मूलतः महिला र सीमान्त वर्गको अवाज मुखरित गर्न रुचाउँछिन् । उनका फुटकर लेखहरू राष्ट्रिय पत्रपत्रिकामा प्रकाशित भइरहन्छन् । उनी अहिले त्रिभुवन विश्वविद्यालय तानसेनमा अंग्रेजी विषयको अध्यापन...
पाल्पाका व्यवसायीले पनि लगाए खोप
शनिबार, भदौ ५, २०७८
पाल्पाका उद्योगी व्यवसायीहरुले पनि कोरोना विरुद्धको खोप लगाएका छन् । स्वास्थ्य कार्यालय पाल्पाको सहयोगमा पाल्पा उद्योग वाणिज्य संघ, पाल्पा व्यापार संघको समन्वयमा उद्योगी व्यवसायीका लागि कोरोनाविरूद्धको खोप लगाइएको हो ।
गुल्मीदरबार गाउँपालिकाद्वारा अफगानिस्तानमा रहेका नागरिकहरुको विवरण संकलन गर्न आग्रह
शनिबार, भदौ ५, २०७८
गुल्मीदरबार गाउँपालिकाले अफगानिस्तानमा रहेका नागरिकहरुको विवरण संकलन गर्न गाउँपालिकाका सबै वडाहरुलाई आग्रह गरेको छ ।
पहिलो पटक मगर किचन पुग्दा...
शनिबार, भदौ ५, २०७८
लुम्बिनी प्रदेश बुटवलको व्यस्त सहर अनि आधुनिक शैलीको खानपान, जीवनशैली यी सबै भन्दा फरक तरिकाबाट निर्माण गरी सञ्चालन गरिएको मगर किचन । त्यहाँ पुग्ने जो कोहीको मन लोभ्याउने गर्दछ । कलात्मक शैलीमा निर्माण गरिएको उक्त किचन निकै नै मनोमहक र आकर्षक छ ।

