ग्लोबल आइएमई बैंकले ल्यायो भ्रमण योजना
आइतबार, साउन १०, २०७८
खोपको न्यायोचित वितरणमा ध्यान देऊ
आइतबार, साउन १०, २०७८
नेपालमा उमेर, वर्ग र पेसाका आधारमा लक्षित समूह तोकेर कोरोना भाइरसविरुद्धको खोप अभियान सञ्चालन भइरहेको छ । तर, लक्षित समूहमा रहेका नागरिकले सहज रूपमा खोप लगाउन पाएका छैनन् । घण्टौं लाम लागे पनि जेष्ठ नागरिक नै त्यत्तिकै घर फर्किनु परेको छ ।
मनाइयो गुरु पूर्णिमा
शनिबार, साउन ९, २०७८
गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइएको छ । आषाढ शुक्ल पूर्णिमाका दिन शनिबार गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा मनाइएको हो ।
काँग्रेसको तल्ला तहका सबै अधिवेशन स्थगित
शनिबार, साउन ९, २०७८
नेपाली काँग्रेसको साउन १२ गते हुने भनिएको तल्ता तहका सबै अधिवेशन स्थगित भएका छन् ।
खोप नपाए शैक्षिक क्रियाकलाप सञ्चालन नगर्ने रिब्दीकोटका शिक्षकहरुको चेतावनी
शनिबार, साउन ९, २०७८
जिल्लाको रिब्दीकोट गाउँपालिकाका शिक्षकहरुले कोरोना विरुद्धको खोप नपाए शैक्षिक क्रियाकलापहरु सञ्चालन नगर्ने बताएका छन् । उनीहरुले जोखिम मोलेर शैक्षिक क्रियाकलापहरु सञ्चालन गर्नु परेको भन्दै तत्काल खोप व्यवस्था नगरे सम्पूर्ण शैक्षिक गतिविधिहरु रोक्ने चेतावनी दिएका हुन् ।
व्यावसायिक दूध उत्पादन गर्न कृषकलाई भैँसी
शनिबार, साउन ९, २०७८
स्याङ्जाको वालिङ नगरपालिकाले यहाँका कृषकलाई भैँसी वितरण गरेको छ । नगरभित्रका वडा नं ९, १३ र १४ का ३३ कृषकलाई व्यावसायिक दूध उत्पादन प्रवद्र्धन गर्नका लागि नगरपालिकाले लागत साझेदारीमा भैँसी प्रवद्र्धन कार्यक्रमअन्तर्गत ६२ भैँसी वितरण गरेको हो ।
अनलाइन शिक्षा आवश्यक
शनिबार, साउन ९, २०७८
अहिले पनि कोरोनाको संक्रमण उत्तिकै छ । यसको न्यूनीकरण हुने र भौतिक उपस्थितिमा नै विद्यालय सञ्चालन गर्ने अवस्था देखिएको छैन । महामारीको त्रासबाट जोगिनका लागि बालबालिकाहरु घरमै बस्न बाध्य भएका छन् ।
गुल्मी जिल्ला अदालतको लक्ष्यभन्दा बढी प्रगति
शुक्रबार, साउन ८, २०७८
गुल्मी जिल्ला अदालतले मुद्दा तथा अन्य विषयको वार्षिक कार्य योजनाले निर्धारण गरेको लक्ष्य एवम् प्रगतीको सम्बन्धमा पत्रकारसँग अन्तक्र्रिया समिक्षा कार्यक्रम गर्दै सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०७७/०७८ को लक्ष्य एवम् प्रगती सार्वजनिक गरिएको गुल्मी जिल्ला अदालतका श्रेष्तेदार उपसचिव भिम प्रसाद भुसालले जानकारी दिए ।
पाल्पा कोरोना अपडेट : शुक्रबार ६८ जना नयाँ संक्रमित थपिए
शुक्रबार, साउन ८, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा ६८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले शुक्रबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा ६८ जना नयाँ संक्रमित थपिएका हुन् ।
रामपुरमा डिएसपीको दरबन्दी माग
शुक्रबार, साउन ८, २०७८
जिल्लाको दोस्रो व्यापारिक केन्द्रको रुपमा रहेको रामपुरमा डिएसपीको दरबन्दी माग गरिएको छ । रामपुर क्षेत्रमा जनसंख्या बढ्दै जाँदा जनशक्ति अभावमा असुरक्षा समेत बढ्दै गएको भन्दै रामपुर नगरपालिकाले गृहमन्त्री समक्ष डिएसपीको दरबन्दी माग गरेको हो ।
प्रमुखविहीन बनेको रामपुर इलाका प्रशासनबाट सेवा दिन थालियो
शुक्रबार, साउन ८, २०७८
कार्यालय प्रमुखविहीन रहेको रामपुरको इलाका प्रशासन कार्यालयले रोकिएको सेवा दिन थालेको छ । तीन महिनासम्म कार्यालय प्रमुखविहीन रहेको कार्यालयमा सेवा पुनः सञ्चालन गर्न चौतर्फी माग बढेपछि बिहीबारदेखि सेवा पुनःसञ्चालन गरिएको छ ।


