वाणिज्य बैंकमा निक्षेप घटेको घट्यै
बिहीबार, मंसिर ९, २०७८
पत्रकार शिवाकोटी काँग्रेस केन्द्रीय सदस्यमा उठ्ने
बुधबार, मंसिर ८, २०७८
नेपाल प्रेस युनियनका महासचिव तथा हाम्राकुरा डटकमका संस्थापक प्रधानसम्पादक अजयबाबु शिवाकोटीले नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने बताएका छन् । उनले शितलपाटी डटकमसँग कुरा गर्दै आफू पूर्णरूपमा राजनीतिको मूलधारमा सक्रिय हुन पार्टीको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेको बताए ।
तानसेनमा अचेत अवस्थामा भेटिएका पुरुष मृत !
बुधबार, मंसिर ८, २०७८
जिल्लाको तानसेनमा अचेत अवस्थामा भेटिएका पुरुषको मृत्यु भएको छ । अचेत अवस्थामा भेटिएका तानसेन नगरपालिका –४ मखनटोलमा रहेको तानसेन स्पेश टाइम्स केवल अफिसमा काम गर्ने ३७ वर्षीय शिव चौधरीको मृत्यु भएको हो ।
रामपुरमा नहरले बगाउदै ल्याएको अवस्थामा शव भेटियो
बुधबार, मंसिर ८, २०७८
जिल्लाको रामपुरमा नहरले बगाउँदै ल्याएको अवस्थामा एक युवकको शव भेटिएको छ । रामपुर फाँट सिंचाई योजनाको नहरले बगाउदै ल्याएको अवस्थामा रामपुर ३ का १६ वर्षीय मोहन सिंह ठकुरीको शव भेटिएको हो ।
नेपालमा फेरि बढ्न थाल्यो कोरोना
बुधबार, मंसिर ८, २०७८
पछिल्लो समय कोरोना भाइरस संक्रमितको संख्यामा वृद्धि भएको छ । दैनिक जसो ३/४ सयको हाराहारीमा संक्रमित देखिन थालेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सोमबार ३ सय ८५ जनामा संक्रमण देखिएको थियो भने मंगलबार ३ सय ५१ जनामा संक्रमण पुष्टि भएको छ ।
सडक दैनिक ११ घण्टा बन्द रहने
बुधबार, मंसिर ८, २०७८
तानसेन–तम्घास सडक खण्ड दैनिक ११ घण्टा बन्द हुने भएको छ । सडक डिभिजन कार्यालयले उक्त सडक खण्ड १५ दिन दैनिक ११ घण्टाका दरले बाटो बन्द गर्ने सूचना जारी गरेको छ । कार्यालयले मंसिर ८ गतेदेखि मंसिर २२ गतेसम्म दैनिक बिहान ११ बजेदेखि ४ बजेसम्म र बेलुकी ९ बजेदेखि बिहान ४...
आरनका लागि कच्चापदार्थ र कामदार अभाव
बुधबार, मंसिर ८, २०७८
पाल्पाको ग्रामीण तथा सहरी क्षेत्रमा आरन व्यवसाय सञ्चालनमा समस्या देखिएको छ । दक्ष कामदार, कोइला र बजार समस्याले परम्परागत आरन व्यवसाय सञ्चालनमा समस्या देखिएको हो । जिल्लामा अधिकांश वन क्षेत्र समुदायमा हस्तान्तरण गरेपछि कोइला निकाल्न समस्या भएको हो ।
एनसेलले पायो विट्सा र एसोसीओ अवार्ड
बुधबार, मंसिर ८, २०७८
एनसेल आजियाटा लिमिटेडले दुई वटा अवार्ड प्राप्त गरेको छ । ग्रामिण क्षेत्रमा सेवाबाट बञ्चित समुदायलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सञ्चालन गरेको टेलिमेडिसिन र स्वास्थ्य सूचना कार्यक्रमबाट एनसेलले दुईवटा अवार्ड पाएको हो ।
पाल्पा काँग्रेस अधिवेशन : राजमगर र जिसी क्षेत्रीय सभापतिमा विजयी
मंगलबार, मंसिर ७, २०७८
नेपाली काँग्रेस पाल्पाको प्रतिनिधिसभा क्षेत्रअन्र्तगतको निर्वाचनमा झमनबहादुर राजमगर र मुक्ति (माधव) जिसी क्षेत्रीय सभापतिमा विजयी भएका छन् ।
ट्रेजरी बिल विक्री गर्दै नेपाल राष्ट्र बैंक
मंगलबार, मंसिर ७, २०७८
नेपाल राष्ट्र बैंकले १४ अर्ब ८१ करोड ३२ लाख रूपैयाँको ट्रेजरी बिल विक्री गर्ने भएको छ ।
फलामका किटले खनजोतमा समस्या
मंगलबार, मंसिर ७, २०७८
पाल्पाको तानसेन नगरपालिका वडा ८ छापस्थित सेनकालीन फलाम प्रशोधनको असर अझै पनि देखिएको छ । ढुङ्गा प्रशोधन गरी फलाम निकाल्दा बेकार वस्तुले खेती गर्न समस्या भएको हो । छापकी फुलकुमारी सुनारको बारीमा कच्चापदार्थ प्रशोधनबाट निस्केको फलामका बेकारका वस्तुहरु हलो तथा कोदालोमा लागेपछि समस्या हुँदै आएको छ ।
थप ३ सय ८५ जनामा कोरोना संक्रमण
सोमबार, मंसिर ६, २०७८
पछिल्लो २४ घण्टामा देशभर थप ३ सय ८५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।


