गुल्मी, प्रेस चौतारी नेपाल गुल्मीको अध्यक्षमा अनिल खत्री चयन भएका छन् । चौतारीको नवौँ जिल्ला अधिवेशले खत्रीलाई अध्यक्षमा चयन गरेको हो । जसको उपाध्यक्षमा नारायण मरासिनी, गंगा खड्का, सचिवमा रामकृष्ण कंडेल, सह–सचिवमा अजय खड्का, अर्जुन भण्डारी, कोषाध्यक्षमा सूर्य सुनार चयन भएका छन् । अधिवेशनबाट जिल्ला सदस्यमा अम्बिका आचार्य, अमृता गाहा मगर, दर्गा विश्वकर्मा, चिरञ्जीवी ज्ञवाली, सज्जन ढकाल, अमर पन्थ, ईश्वरी बस्याल, कृष्ण भट्टराई, रामकृष्ण कंडेल, कालिदास आत्रेय, बिक्रम खत्री र तारा कंडेल चयन भएका छन् ।
अधिवेशनको अवसरमा नेकपा एमाले गुल्मीका नव निर्वाचित अध्यक्ष बालसिंह काउछा, प्रेस चौतारी नेपाल केन्द्रीय सदस्य नवराज भुसाल, प्रदेश अध्यक्ष शोभाखर पन्थी, पत्रकार महासंघका जिल्ला अध्यक्ष टोपलाल अर्याल, जनजाति पत्रकार महासंघ (फोनिज) का अध्यक्ष लोकप्रसाद छन्त्याल, कोषाध्यक्ष अमृता गाहा मगरलाई सम्मान समेत गरिएको थियो ।


-1762576335.jpg)