दुर्गा प्रसाद अर्याल
स्रोत साधनले भरिपूर्ण भएता पनि कुनै पनि देशको भौगोलिक अवस्थितिले त्यो देशको आर्थिक विकास र समृद्धिलाई निर्धारण गर्ने गर्दछ । विश्वका समृन्द्री मार्गलाई छोइएका देश र समुन्द्री पहुँचका लागि एक वटा वा दुई वटा देशको भूगोललाई पार गर्नुपर्ने देशहरुलाई हेरेर एक पटक मनन् गर्ने हो भने भन्न मन लाग्छ देशको आर्थिक विकासमा भूपरिवेष्टिताले ठूलो समस्या पो खडा गर्दाे रहेछ । विश्वका केही देश बाहेक अधिकांश यस्ता मूलुकको आर्थिक, सामाजिक तथा राजनीतिक अवस्था समस्यामूलक नै देखिदो रहेछ । यस मानेमा भौगोलिक सम्पन्नताले मात्र कुनै पनि देशको आर्थिक अवस्थालाई निर्धारण गर्दो रहेन छ । कुनै पनि देशमा समुन्द्री मार्गसँग जोडिएको छ भने त त्यो सुनमा सुगन्ध भने झै हुँदो रहेछ भनेर हामीले विश्व परिवेशलाई हेरेर विश्लेषण गर्न सकिन्छ । भौगोलिक रुपमा समुन्द्री मार्गमा जोडिएका देशहरुको आर्थिक विकासको अवस्था तिव्ररुपमा भएको देखिन्छ भने त्यसको विपरीत भूपरिवेष्ठित देशहरुले सामान्य आर्थिक वृद्धिको अवस्था प्राप्त गर्न पनि धेरै मिहिनेत र संर्घष गर्नु परेको देखिन्छ । गैर प्राकृतिक कारणहरु राजनैतिक अस्थिरता र नेतृत्वको क्षमतामा भएको कमीका कारण अपठ्यारो स्थितीमा रहेको नेपालले प्राकृतिक अपठ्यारो र जटिलताको रुपमा भूपरिवेष्ठिताको समस्यालाई पनि झेल्नु परिरहेको छ भने यसैका कारण नेपाली जनतालाई न्यूनस्तरको जीवनस्तर जीउन बाध्य बनाएको छ । यहाँ यीनै विषयवस्तुसँग रहेर विविध पक्षको चर्चा परिचर्चा गर्न खोजिएको छ ।
कुनै पनि देशको सिमानामा कतै समुन्द्रले नजोडिएका देशलाई भूपरिवेष्ठित देश भनिन्छ । यस्ता भौगोलिक अवस्था भएका देशहरु विश्वमा ४८ वटा रहेका छन् जुन एसियामा १२, युरोपमा १८, अफ्रिकामा १६ र दक्षिण अमेरीकामा २ वटा रहेका छन् । सार्क सदस्य राष्ट्र मध्ये नेपाल, भुटान र अफ्गानिस्तान भूपस्विेष्ठित राष्ट्र अन्तर्गत रहेका छन् । श्रीलङ्का र माल्दिभ्स जलपरिवेष्ठित देश हुन भने बाँकी देश समुन्द्री पहँुच प्राप्त देशहरु हुन् । नेपाल भूपरिवेष्ठित देश त हो नै त्यस माथि दुई वटा विशाल अर्थतन्त्रको चेपुवामा पर्ने गरेको छ । त्यसबाट उत्पन्न विविध खाले समस्या र त्यसले निम्त्याउने अर्थतन्त्रको अवस्थालाई नेपालले भोगिरहेको छ । प्राकृतिक स्रोत र साधनको कुरा गर्दा हामी खुशीले गद्गद हुन्छौ र भन्न मन लाग्छ नेपालमा के छैन ? विभिन्न देशको अर्थतन्त्रको अध्ययन र विश्लेषणबाट के निष्कर्ष निकालन सकिन्छ भने नेपालको आर्थिक वृद्धि, प्रतिव्यक्ति आय, जनताको जीवनस्तरमा समय अनुसार परिवर्तन गर्न नसक्नुको मुख्य कारणको रुपमा यहि भौगोलिक अभावलाई लिन सकिन्छ ।
नेपाल भन्दा साना र भौगोलिक रुपमा सम्पन्न मुलुकहरु नभएता पनि हाम्रा नजिकका छिमेकी मुल्कहरु माल्दिभ्स, श्रीलङ्का र बंगलादेशको अर्थतन्त्र लगायत यससँग सम्बन्धित सूचकहरुको अवस्था तुलनात्म रुपमा नेपालको भन्दा राम्रो रहेको छ यसको मुख्य कारणको रुपमा समुन्द्री मार्गलाई लिन सकिन्छ । भुपरिवेष्ठित राष्ट्रहरुको आर्थिक वृद्धि, प्रतिव्यक्ति आय लगायत अर्थतन्त्रका सूचकहरु भने ज्यादै न्यून अवस्थामा रहेको देखिन्छ । अन्तर्राष्ट्रिय व्यापारको अवस्थालाई हेर्दा नेपालले यसैका कारण विभिन्न किसिमका प्रत्यक्ष अप्रत्यक्ष समस्याहरुको सामान गर्न परिरहेको छ । यहि सहज पारवहनको सुविधा नभएको कारण नेपालले निर्यात व्यापार र भारत बाहेक तेस्रो मुलुकबाट आयात गरिने व्यापारमा विभिन्न किसिमका समस्याको सामना गर्नु परिरहेको छ भने अर्कोतर्फ यहि असहज पारवहनका कारण वैदेशीक लगानी पनि नेपालमा भित्रिएको पाईदैन । भित्रिएका लगानी पनि निर्यात व्यापारलाई प्रोत्साहन गर्ने खालको पाईदैन । भूपरिवेष्ठित देशहरुले समुन्द्री मार्गको सहज प्रयोगको सुनिश्चितताको लागि भूपरिवेष्ठित देशहरुको व्यापार तथा पारवहन सम्वन्धी बार्सिलोना महासन्धी सन् १९२१, खुला समुन्द्र सम्बन्धी जेनेभा महासन्धी सन् १९५८, भूपरिवेष्ठित देशहरुको पारवहन व्यापार महासन्धी १९६५, सामुन्द्रिक कानुन सम्बन्धी महासन्धी १९८२ तथा महसुल तथा व्यापार सम्बन्धी सामान्य सम्झौता १९४८ लगायतका अन्तर्राष्ट्रिय सम्झौताहरु पनि नभएका हैनन् तर पनि यी विशेषता बोकेका देशहरुले समस्याको सामाना गरी राख्नु परिरहेको छ । यी सबै सम्झौताको कार्यान्वयनमा सम्बन्धित मुलुक नै अग्रसर हुनुपर्ने देखिन्छ ।
नेपाल WTO, UNO, SARRC लगायत विभिन्न संस्थाहरुको सदस्य भएता पनि दुई देशको सरकार बीच असहज स्थिति उत्पन्न हुँदा सिमामा अवरोध खडा हुँदा अथवा आयात निर्यात व्यापारमा समस्या हुँदा यी सबै संस्थाको सदस्यता भएता पनि नेपालले पारवाहनको पक्षमा समय समयमा समस्या झेल्दै आइरहेको छ भने यी संस्थाहरु मुकदर्शक भएको देखिन्छ । बेला बेलामा अघोषित नाकाबन्दी खेपी रहेको इतिहास भोगिरहेको छ भने यो समस्या फेरि पनि नआउला भन सकिदैन । यी उल्लेखित संस्थाको सदस्यता भएता पनि पारवहनमा सहज र सरल व्यवस्थाको अभ्यास नेपालले गर्न पाएको छैन । एकातिर नेपालबाट उत्पादित वस्तुको लागि भारतबाट शून्य भन्सार दरको व्यवस्था भारतले गरेको पाइन्छ भने अर्कोतर्फ अन्तर्राष्ट्रिय व्यापारमा समस्या पनि भारतिय सिमामा नै नेपालले सामाना गरिराख्नु परिरहेको छ । नेपालले आफ्नो सिमानालाई घेरेका भारत र चीन दुई मुलुकहरुको स्वार्थ, इच्छा, रुची हेरेर मात्र आफ्नो काम गर्नुपर्ने अवस्थाको सिर्जना भएको पाइन्छ । यी देशहरु मध्ये भौगोलिक रुपमा चीन भन्दा भारत सहज भएकाले भारतको सिमानाले हाम्रो देशको पारवहन क्षेत्रमा महत्वपूर्ण भूमिका खेलिरहेको छ । भारत बाहेक तेस्रो मुलुकको व्यापारमा पनि हामीले भारतकै भूगोलको उपयोग गर्नुपर्ने बाध्यतामा छौ भने चीनसगँ पनि केहि वर्ष अगाडिदेखि पारवहन सम्बन्धी सम्झौता भएको छ यसलाई सकरात्मक पक्षको रुपमा लिन सकिन्छ । अबदेखि कुनै एक देशमा पारवहन सम्बन्धी समस्या आएमा हिजोको जस्तो अवस्था नेपालले अब भोग्नुपर्दैन की आशा गरौ । जे सुकै भएता पनि यी दुई देशको प्रतिकुलतामा नेपालले काम गरेमा कुनै पनि बेला आर्थिक अवरोध हुने खालका कदम दुवै देशले चाल्न सक्ने सम्भावनाको भने सजिलै आकंलन गर्न सकिन्छ ।
नेपालको भौगोलिक विकटताका कारण सडक सञ्जाल कमजोर र पर्याप्त नभएको देखिन्छ । पेट्रोलियम पदार्थ आयात गर्नु पर्ने स्थितिमा सडक यातायात तथा हवाई यातायात दुवै नेपालका लागि असहज स्थितिमा रहेका छन् । यी दुवै नेपालका लागि निविर्कल्प स्रोत पनि हुन । यसबाट तुलनात्मक रुपमा उत्पादन लागतमा वृद्धि आउने जसको कारण वस्तु तथा सेवाको मूल्यमा वृद्धि आई हाम्रा उत्पादनले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न नसक्ने अवस्थाको सामाना गरि रहनु परिरहेको छ । यसले नेपालको वैदेशिक व्यापारलाई साघुरिर्याइदिएको छ भने अर्थतन्त्रलाई संकुचित बनाएको छ । जसको कारण अर्थतन्त्रमा वैदेशिक ऋण र अनुदानको अशंमा वृद्धि हुँदै गइरहेको छ । भूपरिवेष्ठित देशहरुले पारवहनका लागि समुन्द्री मार्गसम्म अधिकार रहने विषय वस्तुले अन्तर्राष्ट्रिय संघ संस्थाका सम्मेलनमा छलफल र सम्झौता पनि नभएका हैनन्, समुन्द्री मार्गमा आफ्नै देशको झण्डा राखेर सञ्चालन गर्न पाउने अधिकारको सुनिश्चता पनि नभएको होइन तर कार्यान्वयन पक्षमा भने समस्या देखिएको छ । यसका साथै नेपालबाट उत्पादित वस्तुलाई भारत प्रवेशमा शुन्य भन्सार दरको सम्झौता पनि नभएको होइन यति हँुदा हँुदै पनि नेपाल र भारत बिचको व्यापारमा नेपाली उत्पादनले महिनौ अवरोध झेल्नु परिरहेको छ । यसले हाम्रो वैदेशिक व्यापार लगायत वैदेशिक लगानी भित्र्याउने कुरामा पनि असर पारी रहेको छ । यसले नेपालको वैदेशिक व्यापारको घाटालाई अझै फराकिलो बनाउने र नेपालको आर्थिक वृद्धिको लक्ष्यलाई खुम्चाई रहेको देखिन्छ । नेपालको आर्थिक वृद्धिलाई उल्लेख्य सुधार गर्न नसक्नुका विविध कारणहरु मध्ये भूपरिवेष्ठितलाई पनि मूख्य कारणको रुपमा लिन सकिन्छ किनभने प्रविधिको अभाव र पर्याप्त आर्थिक स्रोतको अभावमा पनि समुन्द्रीक सीमा जोडिएका हामी भन्दा प्राकृतिक रुपमा कमजोर स–साना देशले आफ्नो देशको आर्थिक सूचकहरुलाई राम्रो स्थानमा राखेको पाइन्छ । यस पक्षलाई विश्लेषण गर्दा नेपालको अर्थव्यवस्थालाई संकुचित अवस्थामा आउनुको मूख्य कारणको रुपमा भूपरिवेष्ठित त होइन ? प्रश्न चिन्ह भने पक्कै खडा गरेको छ ।
भूपरिवेष्ठित देश भएर पनि सुजरल्याण्डले उल्लेख्य आर्थिक वृद्धि प्राप्त गरेको उदाहरण हामी सामु नै रहेको छ भने अनुसन्धान गर्दै जाने हो भने यस्ता उदाहरणहरु प्रसस्त नभेटिने पनि होइनन् त्यसैले नेपालले पनि भूपरिवेष्ठिताले निम्त्याएको समस्यालाई समाधान गर्दै वैकल्पिक आर्थिक वृद्धि प्राप्त गर्ने पक्षहरुको विकास गरी अन्तर्राष्ट्रिय जगतमा आफ्नो भिन्न उपस्थिति जनाउनु जरुरी देखिन्छ । विश्वले कृत्रिमता बेचेर लाखौ पर्यटकलाई भिœयाई विदेशी मुद्रा भिœयाइरहेको अवस्थामा हामीले हाम्रा प्रकृतिले दिएका उपहारको सहि व्यवस्थापन र परिचालन गरेर विदेशी मुद्रा भिœयाउन सक्ने प्रसस्त सम्भावनाहरु जिवितै रहेकाले यसका लागि नेतृत्व वर्गले उपयुक्त, कार्यान्वयन हुन सक्ने र व्यवहारिक योजना बनाएर अगाडि बढ्न जरुरी देखिन्छ । यसका लागि सम्वद्ध सबै पक्षहरु आजदेखि आ–आफ्नो ठाँउबाट लाग्ने आवश्यक छ ।
(लेखक अर्थशास्त्रका प्राध्यापक समेत हुन् ।)