काँग्रेस उपसभापतिमा खड्का र गुरुङ विजयी
बिहीबार, पुस १, २०७८
लैनो भैंसीपालन गर्ने किसानलाई अनुदान
बिहीबार, पुस १, २०७८
लैनो भैंसीपालन गरी दूध उत्पादन गर्ने किसानलाई तानसेन नगरपालिकाले अनुदान उपलब्ध गराएको छ । नगरपालिकाले किसानलाई ४० हजार अनुदान उपलब्ध गराएको हो । व्यावसायिक रूपमा भैंसीपालन गरी दूधमा आत्मनिर्भर बनाउन किसानलाई अनुदान प्रदान गरिएको तानसेन नगरपालिकाका नगरप्रमुख अशोककुमार शाहीले बताए ।
शाइन रेसुङ्गाको ११.५ प्रतिशत लाभांश पारित
बिहीबार, पुस १, २०७८
शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडको ११.५ प्रतिशत लाभांश पारित गरेको छ । बैंकले रुपन्देहीमा भएको १३ औं वार्षिक साधारण मार्फत १० दशमलव ९३ प्रतिशत बोनस शेयर र शून्य दशमलव ५७ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
नेपाल बैंकको डिजिटल बैंकिङ्ग साक्षरता अभियान
बिहीबार, पुस १, २०७८
नेपाल बैंक लिमिटेडले डिजिटल बैंकिङ्ग साक्षरता अभियान सञ्चालन गरेको छ । बैंकले लुम्बिनी प्रदेशका सबै जिल्लाहरूमा एकैसाथ डिजिटल बैकिङ्ग वित्तीय साक्षरता अभियान सञ्चालन गरेको हो । उसले विशेष गरी शैक्षिक संघसंस्थाहरुमा यो कार्यक्रम गरेको छ ।
बुधबार दुई सय ८० संक्रमित थपिए
बुधबार, मंसिर २९, २०७८
नेपालमा पछिल्लो २४ घण्टामा २ सय ८० जना कोरोना संक्रमित थपिएका छन् । बुधबार देशभरका विभिन्न स्थानबाट २ सय ८० संक्रमित थपिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको नियमित कोरोना अपडेटमा ९ हजार २ सय १२ जनाको पीसीरआर परीक्षणमा २ सय ५२ जनामा संक्रमण देखिएको हो ।
निजामती कर्मचारी युनियन गल्कोटको अध्यक्षमा जिसी
बुधबार, मंसिर २९, २०७८
नेपाल निजामती कर्मचारी युनियन गल्कोट नगरपालिका बाग्लुङको अध्यक्षमा राजन जिसी चयन भएका छन् । गल्कोट नगरपालिकाको प्रथम नगर अधिवेशनबाट जिसी युनियनको अध्यक्षमा चयन भएका हुन् ।
काँग्रेस सभापतिमा फेरी देउवा निर्वाचित
बुधबार, मंसिर २९, २०७८
प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पार्टीको १४औँ महाधिवेशनबाट सभापति पदमा पुनः निर्वाचित भएका छन् । सभापतिका लागि मङ्गलबार भएको पुनः मतदानबाट उनी विजयी भएका हन् । देउवा दोस्रो कार्यकालका लागि सभापतिमा विजयी भएका हन् ।
तानसेनमा ‘एक वडा एक किलोमिटर’ सडक पिचको काम धमाधम
बुधबार, मंसिर २९, २०७८
जिल्लाको तानसेन नगर सरकारले ग्रामीण सडकमा धमाधम (पिच) कालोपत्र गर्ने काम थालेको छ । शहर बजारमा जस्तै ग्रामीण क्षेत्रमा पनि सहज यातायात सुविधा पुर्याउने उद्देश्यसहित नगर सरकारले ग्रामीण क्षेत्रका सडकहरुमा कालोपत्र गर्ने काम धमाधम थालेको हो ।
युवा उद्यमी सम्मेलन हुँदै
बुधबार, मंसिर २९, २०७८
रूपन्देहीमा युवा उद्यमी सम्मेलन २०२१ हुने भएको छ । युवाहरुको विदेश पलायन रोक्ने र युवा उद्यमशीलता बढाउने उद्देश्यले नेपाली युवा उद्यामी मञ्च रूपन्देहीले पुस ३ गते सम्मेलन गर्न लागेको हो । नेपाली युवा उद्यमी मञ्च रुपन्देहीले पत्रकार सम्मेलन गरी सम्मेलन आयोजना गर्ने जनाएको छ । सम्मेलनमा करिब १० सफल ब्यवसायी...
संसदमा विरोधका बीच अध्यादेश पेश
मंगलबार, मंसिर २८, २०७८
मंगलबार बसेको संसद् बैंठकमा एमाले सांसदको विरोधका बीच अध्यादेश पेश भएको छ । कानुन न्याय तथा संसदीय मामीलामन्त्री दिलेन्द्र प्रसाद वडुले तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश र सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश पेश गरेका हुन् । यस्तै, बडुले रेल्वे अध्यादेश पनि पेश गरे ।
गुल्मीमा सडक बालबालिकालाई विद्यालय
मंगलबार, मंसिर २८, २०७८
जिल्लामा रहेका सडक बालबालिकाहरुको उद्दार गरी विद्यालय पुर्याइएको छ । सदरमुकाम तम्घासका विभिन्न स्थानबाट उद्दार गरी १५ जना सडक बालबालिकालाई विद्यालय पुर्याइएको हो । जिल्ला प्रहरी कार्यालयले सडक बालबालिकाहरुलाई उद्दार गरी विद्यालय भर्ना गरेको छ ।
स्थानीय सरकारको घर टोलमा सेवा
मंगलबार, मंसिर २८, २०७८
गाउँपालिकाका केन्द्रहरुमा सिमित रहेका सेवाहरुलाई स्थानीय सरकारले जनताको घर टोलमा पुर्याएका छन् । पाल्पा र गुल्मीका केही स्थानीय सरकारले आफ्नो सेवालाई घुम्ती शिविरमार्फत जनताको घर टोलमा पुर्याएका हुन् । गाउँपालिकाको केन्द्रसम्म पुग्न नसक्ने अशक्त, अपाङ्ग र विपन्न परिवारलाई राहत दिने उद्देश्यले जनताको घर टोलमा उनीहरुले शिविरमार्फत सेवा दिएका छन् ।
मत गणना सकियो:देउवाले पाए २ हजार २ सय ५८ र कोइरालाले १हजार ७ सय २९
मंगलबार, मंसिर २८, २०७८
नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सभापति पदको मतगणना सकिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले दुई हजार २ सय ५८ मत प्राप्त गरेका छन् ।


