Shittalpati
पाल्पामा शनिबार ६४ संक्रमित थपिए
पाल्पामा शनिबार ६४ संक्रमित थपिए जिल्लामा पछिल्लो २४ घण्टामा थप ६४ जना नयाँँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले विहीबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा ६४ जनामा संक्रमण पुष्टि भएको हो ।
एकै दिन तीन व्यक्ति मृत्त फेला
एकै दिन तीन व्यक्ति मृत्त फेला काठमाडौँका विभिन्न क्षेत्रमा शुक्रबार तीन व्यक्ति मृत फेला परेका छन् । यहाँस्थित बुढानीलकण्ठ नगरपालिका–२ भङ्गाल डेरा गरी बस्ने महोत्तरी बर्दिवासकी ४५ वर्षीया सविता थापा मृत्तावस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
अनिवार्य खोप कार्ड र सतर्कता
अनिवार्य खोप कार्ड र सतर्कता दिनहुँ कोरोना संक्रमणको ग्राफ उकालो लागेपछि सरकारले सार्वजनिक स्थानमा हिँडडुल गर्न खोप कार्ड अनिवार्य गरेको छ । सरकारले आदेश नै जारी गरेर खोप कार्ड साथमा लिएर मात्र सार्वजनिक स्थलमा जान सबैमा अनुरोध गरेको छ ।
काँग्रेसका उम्मेदवारलाई विजयी बनाउन सभापति पन्थीको निर्देशन
काँग्रेसका उम्मेदवारलाई विजयी बनाउन सभापति पन्थीको निर्देशन नेपाली काँग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीले आगामी तिनै तहको निर्वाचनमा काँग्रेसका सबै उम्मेदवारलाई विजयी बनाउन जिल्ला सदस्यहरुलाई निर्देशन दिएका छन् ।
पाल्पाको रम्भामा सिंगो गाउँ नै काँग्रेसमा प्रवेश
पाल्पाको रम्भामा सिंगो गाउँ नै काँग्रेसमा प्रवेश पाल्पाको रम्भा गाउँपालिका ४ हुमिन रैयामा सिंगो गाउँ नै नेपाली काँग्रेसमा प्रवेश गरेको छ । नेपाली काँग्रेस हुमिनको टोल भेलाबाट नेकपा एमाले परित्याग सिंगो गाउँका ४० जना काँग्रेसमा प्रवेश गरेका हुन् ।
सेवा लिन आउनेलाई खोप कार्ड अनिवार्य
सेवा लिन आउनेलाई खोप कार्ड अनिवार्य सार्वजनिक सेवा प्राप्त गर्दा कोरोना विरुद्धको खोप लगाएको कार्ड अनिवार्य गरिएको छ ।
शान्ति सुरक्षा कायम गर्न समन्वयात्मक भूमिका निर्वाह गर्छु : प्रहरी उपरीक्षक शाही
शान्ति सुरक्षा कायम गर्न समन्वयात्मक भूमिका निर्वाह गर्छु : प्रहरी उपरीक्षक शाही जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक जनकबहादुर शाहीले जिल्लाको शान्ति सुरक्षा कायम गर्न सबैसँग समन्वयात्मक भूमिका निर्वाह गर्ने बताएका छन् । शुक्रबार पाल्पाली पत्रकारहरुसँंगको अन्तक्र्रिया कार्यक्रममा लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङबाट सरुवा भई पाल्पा आएका प्रहरी उपरीक्षक शाहीले पत्रकार, राजनितिक दल, नागरिक समाज तथा सर्वसाधारणहरुको सुझावलाई कार्यान्वयन गर्दै जिल्लाको शान्ति...
पाल्पामा संक्रमित दिनहुँ बढ्दै, शुक्रबार मात्रै ६७ जनामा संक्रमण
पाल्पामा संक्रमित दिनहुँ बढ्दै, शुक्रबार मात्रै ६७ जनामा संक्रमण केही दिनयता जिल्लामा कोरोना संक्रमितको संख्या दिनहुँ बढेको छ । स्वास्थ्य कार्यालयका अनुसार दिप्रतिदिन संक्रमणको ग्राफ उकालो लाग्दै गएको हो । विहीबार ४९ जना नयाँँ कोरोना संक्रमित थपिएकोमा शुक्रबारमात्र ६७ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
पाल्पामा ज्यान सम्बन्धी कसुरका प्रतिवादी पक्राउ
पाल्पामा ज्यान सम्बन्धी कसुरका प्रतिवादी पक्राउ जिल्लामा ज्यान सम्बन्धी कसुरका प्रतिवादीहरु पक्राउ परेका छन् । तानसेन नगरपालिका -६ कुनसरे स्कूलडाँडाकी ६५ वर्षीय सरस्वती देवी घर्ती मगरको ज्यान लिएको आरोपमा ३ जना प्रतिवादीहरु पक्राउ परेका हुन् ।
रैनादेवी छहरामा आफ्नै घरको आगनमा लडेर एक महिलाको मृत्यु
रैनादेवी छहरामा आफ्नै घरको आगनमा लडेर एक महिलाको मृत्यु जिल्लाको रैनादेवी छहरा गाउँपालिकामा आफ्नै घरको आगनमा लडेर एक महिलाको मृत्यु भएको छ । रैनादेवी छहरा गाउँपालिका –५ मुझुङकी ५९ वर्षीया गीता घर्ती मगर आफ्नै घरको आगनमा लडेर घाइते भएकी थिइन् ।
खोप लगाउन भिडभाड
खोप लगाउन भिडभाड तानसेनस्थित पाल्पा अस्पतालमा खोप लगाउनका लागि सयौंको संख्यामा लामवद्ध भएका नागरिक । कोरोना संक्रमणको तेस्रो लहर तीव्र रुपमा फैलिरहँदा यसको रोकथामका लागि सतर्कता अपनाउन भनिए पनि खोप लगाउने स्वास्थ्य केन्द्रहरूमा भने असावधानी देखिन्छ ।
खैरेनी वन :  बन्दै छ पर्यटकीय आकर्षण
खैरेनी वन : बन्दै छ पर्यटकीय आकर्षण कालीगण्डकीले घेरेको खैरेनी वनको सुन्दर दृश्यले सबैका मन लोभ्याउँछ । टापु आकारमा रहेको वनलाई नदीले चारैतिरबाट घेरेको छ । यही दृश्यले सबैको मन तानिरहेको हुन्छ । रामपुर नगरपालिका–८ स्थित खैरेनी सामुदायिक वनको करिब नौ हेक्टर क्षेत्रफल नदीले घेरेको छ ।
Weather Update