गुल्मीको इस्मामा भएको अनियमितता र भ्रष्टाचारविरुद्ध काँग्रेसको प्रदर्शन
सोमबार, माघ ३, २०७८
मन्त्री रानासँग गुल्मी काँग्रेसले गर्यो छलफल
सोमबार, माघ ३, २०७८
लुम्बिनी प्रदेशका उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री तथा नेपाली काँग्रेस पाल्पाका निवर्तमान सभापति वीर बहादुर रानासँग नेपाली काँग्रेस गुल्मीले छलफल गरेको छ ।
मन्त्री रानाद्वारा गुल्मी अस्पतालको अनुगमन
सोमबार, माघ ३, २०७८
लुम्बिनी प्रदेशका उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वीर बहादुर रानाले गुल्मी अस्पतालको अनुगमन गरेका छन् । सोमबार विभिन्न कार्यक्रममा सहभागी हुनको लागि गुल्मी आएका मन्त्री रानाले निर्माणधिन गुल्मी अस्पतालसँगै अहिलेको अस्पतालबाट हुने स्वास्थ्य उपचार सम्बन्धमा जानकारी लिन समग्र गुल्मी अस्पतालको अनुगमन गरेका हुन् ।
स्वस्थानी व्रतकथा आजदेखि सुरु
सोमबार, माघ ३, २०७८
पौष शुक्लपूर्णिमाका दिनदेखि सुरु हुने श्री स्वस्थानी व्रतकथा आजदेखि सुरु भएको छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गरिने स्वस्थानीको आजदेखि घर–घरमा पूजा र व्रत बसी यो पर्व मनाउन लागिएको हो । नेपाली हिन्दू धर्मावलम्बी महिलाहरुले एक महिनासम्म स्वस्थानी व्रत र माघ स्नान गर्छन् । पौष शुक्ल पूर्णिमादेखि...
खल्ती प्रयोगकर्तालाई वल्र्डलिंकको फ्रि वाइफाइ
सोमबार, माघ ३, २०७८
खल्ती प्रयोगकर्ताहरुका लागि वल्र्डलिंकको फ्रि वाइफाइ सुविधान ल्याइएको छ । अनलाइन भुक्तानी सेवा प्रदायक खल्तीले ‘खल्तीमा १०० जीबी’ अफर अन्तर्गत फ्रि वाइफाई सविधा ल्याइएको हो । यसअन्तर्गत खल्ती प्रयोगकर्ताले वल्र्डलिंकका १४ हजारभन्दा धेरै हटस्पटहरुमा १०० जीबी फ्रि वाइफाइ ३० दिनको लागि प्रयोग गर्न सक्ने कम्पनीले जनाएको छ ।
सवारी दुर्घटनामा एक युवकको मृत्यु
आइतबार, माघ २, २०७८
रुपन्देहीको बुटवलमा भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु भएको छ । गुल्मी स्थायी घर भई हाल बुटवलमा बस्दै आएका ३२ वर्षीय शोभाखर पन्थको मोटरसाईकल दुर्घटनामा मृत्यु भएको हो ।
माथागढी गाउँसरकारको दशौं गाउँसभा, दुई विधेयक पारित
आइतबार, माघ २, २०७८
जिल्लाको माथागढी गाउँपालिकाले दशौं गाउँसभा गरेको छ । ‘हाम्रो माथागढी हाम्रो सान,समृद्ध माथागढी हाम्रो पहिचान’ भन्ने मूल उद्देश्य सहित गाउँपालिकाले दशौं गाउँसभा गरेको हो । गाउँसभाबाट गाउँपालिकाले दुई विधेय पारित गरेको छ । उसले खानेपानी तथा सरसफाई विधेयक २०७८ र चालु आर्थिक वर्षको विनियोजन संशोधन विधेयक पारित गरेको हो ।
रानीमहलमा ‘रानीघाट दरबार संग्रहालय’
आइतबार, माघ २, २०७८
नेपालको ताज महल र प्रेमको प्रतिकका रुपमा रहेको पाल्पाको रानीमहल दरबारमा ‘रानीघाट दरबार संग्रहालय’ निर्माण गरिएको छ । संरक्षणको अभावमा कूरुप बन्दै गएको ऐतिहासिक रानीमल दरबारलाई चिटिक्क पारेर संग्रहालय निर्माण गरिएको हो ।
एकै ठाउँमा लगातार तीन सवारी दुर्घटना !
आइतबार, माघ २, २०७८
एकै ठाउँमा लगातार तीन सवारी साधन दुर्घटनामा परेका छन् । जिल्लाको गुल्मीदरबार गाउँपालिकाको –३ गौडाकोट म्यालपोखरी स्थिती तम्घास रिडी सडक अन्र्तगत देउराली जङ्गलमा तीन दिनमा तीनवटा सवारी साधन दुर्घटनामा परेका हुन् ।
पाल्पामा तरुलको व्यापार फस्टायो
शनिबार, माघ १, २०७८
जिल्लामा व्यावसायिकरूपमा तरुलको खेती अझै हुनसकेको छैन । कन्दमुलअन्तर्गत पर्ने तरुल लागि अझै पनि वनकै भर गर्नुपर्ने बाध्यता छ तर माघेसंक्रान्तिमा तरुल तथा चाकु खानैपर्ने हिन्दू परम्पराअनुसार पर्व नजिकिँदै जाँदा तरुलको व्यापार पनि निकै फस्टाएको हो ।
माघे संक्रान्ति र यसको महत्व
शनिबार, माघ १, २०७८
नेपाल बहुधार्मिक, बहुभाषिक, बहुजाति र बहुसांस्कृतिक विविधताले युक्त राष्ट्र हो, त्यसैले यहाँका विभिन्न चाडपर्व तथा संस्कृतिको महिमा विश्वमा नै अतुलनीय रहेको छ ।
आज माघे संक्रान्ति पर्व मनाइँदै
शनिबार, माघ १, २०७८
माघे संक्रान्तिका दिन घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुंगो, खिचडी आदि खाने चलन छ । हिमाल, पहाड र तराईमा बसोबास गर्ने क्षेत्री, बाहुन, राई, मगर, लिम्बु, नेवार, गुरुङ, मगर आदि सबै जनजातीले माघे संक्रान्तिलाई आ–आफ्ना परम्परा, भिन्नभिन्न विशेषता र प्रकृतिले मनाउने गरेको पाइन्छ ।


