थप २ सय ६४ जनामा कोरोना भाइरस पुष्टि
बुधबार, पुस १४, २०७८

तानसेन–तम्घास सडक दैनिक ६ घण्टा बन्द
मंगलबार, पुस १३, २०७८
पाल्पाको तानसेन–तम्घास सडक दैनिक ६ घण्टा बन्द हुँदै आएको छ । सोमबारदेखि तानसेन नगरपालिकार रिब्दीकोट गाउँपालिकाको जोर्ते क्षेत्रको भिरमा सडक चौडा गर्न पुस २२ गतेसम्म बन्द हुने सडक कार्यालय पाल्पाले जनाएको छ ।

वर्षौदेखि अलपत्र ‘रजघरा खानेपानी योजना’
मंगलबार, पुस १३, २०७८
सरकारी काम कहिले जाला घाम भन्ने उखानै छ । करोडौँका सरकारी योजना निर्माण कार्य थालिए पनि बीचमै अलपत्र बनेका छन् भने कतिपय योजना शिलान्यास भएर पनि अघि बढ्न नसकेका प्रशस्तै भेटिन्छन् । राज्यले खर्चेका योजना समयमा नै सम्पन्न नहुँदा सरोकारवाला कहिले काम सकिएला भनेर दिन गन्ती गरेर बस्न बाध्य छन् ...

टोल विकासका प्रतिनिधिहरुलाई महामारी नियन्त्रण सम्बन्धी सचेतना
मंगलबार, पुस १३, २०७८
रेडक्रस पाल्पाले तानसेन नगरपालिकाका टोल विकास संस्थाका प्रतिनिधिहरुलाई महामारी नियन्त्रण सम्बन्धी सचेतना तालिम सञ्चालन गरेको छ ।

कृषि उत्पादन र बजारीकरण
मंगलबार, पुस १३, २०७८
उत्पादन भएका वस्तुको बजारीकरण र किसानका उत्पादनलाई उचित मूल्यको व्यवस्था नभएका कारण नै कृषिजन्य उत्पादकले सही मूल्य पाउन सकिरहेका छैन ।

शीत काव्य समाज नेपाल पाल्पाले गर्यो शीत काव्य लेखन प्रशिक्षण
सोमबार, पुस १२, २०७८
शीत काव्य समाज नेपाल पाल्पाले शीत काव्य लेखन प्रशिक्षण कार्यक्रम गरेको छ । शीत काव्य समाज नेपाल पाल्पाको आयोजनमा पद्म पब्लिक नमूना माध्यमिक विद्यालयमा शीत काव्य लेखन प्रशिक्षण तथा मास्क वितरण कार्यक्रम गरेको हो ।

मोटरसाइकल र बस ठोक्किदा एकको मृत्यु
सोमबार, पुस १२, २०७८
मोटर साइकल र बस एक आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ । सिद्धार्थ राजमार्ग पाल्पा बुटवल सडक खण्डको तिनाउ गाउँपालिका ३ अर्घाछापमा मोटर साइकल र बस एक आपसमा ठोक्किदा मृत्यु भएको हो ।

निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्दै तानसेन नगरपालिका
सोमबार, पुस १२, २०७८
तानसेन नगरपालिकाका कार्यपालिकाको पाँचौ बैठकले गरेका विभिन्न निर्णयहरु तत्काल कार्यान्वयन गर्ने निर्यण गरेको छ । तानसेन नगरपालिकाले जेष्ठ नागरिक, अपाङ्ग, तथा सुत्केरी महिलाहरुलाई अस्पताल आउँ–जाउँको लागि निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने भएको छ ।
.jpg)
प्रचण्ड र माधवले सपनामा पनि गठबन्धन देख्न थाले : विष्ट
सोमबार, पुस १२, २०७८
नेपाल कम्युनिष्ट पार्टी एमालेका सचिव गोकर्ण विष्टले प्रचण्ड र माधवले सपनामा पनि गठबन्धनको सपना देख्ने गरेको बताए । गुल्मी जिल्लाको मदाने गाउँपालिकामा रहेको जनज्योति क्याम्पस फुर्कोट दहको १३ औं साधारण सभाको कार्यक्रममा विष्टले प्रचण्ड र माधव नेपाललाई गठबन्धन कायम रहेन भने पार्टी रहन्छ भने कुरामा विश्वास नरहेको बताए ।

गुल्मीमा तीन वटा कर्मचारी संगठनको अधिवेशन
आइतबार, पुस ११, २०७८
गुल्मीमा तिनवटा कर्मचरी संगठनको एउटै मञ्चमा जिल्ला अधिबेशन भएको छ । जिल्ला सदरमुकाम तम्घास नेपाल निजामती कर्मचारी संगठन, नेपाल स्वास्थ्य प्राविधिक संघ (पान), रािष्ट्रय स्वास्थ्यकर्मी संघको जिल्ला अधिवेशन नयाँ नेतृत्व चयन गर्दै भएको हो ।

गुल्मीमा जिल्लास्तरीय खुल्ला ब्याडमिन्टन प्रतियोगिता हुने
आइतबार, पुस ११, २०७८
गुल्मीमा जिल्लास्तरीय खुल्ला ब्याडमिन्टन प्रतियोगिता सञ्चालन हुने भएको छ । “स्वस्थ मुटु राम्रो, ब्याडमिन्टन खेल हाम्रो“ भन्ने मुख्य नाराका साथ नेपाल ब्याडमिन्टन संघ गुल्मीको आयोजनामा सदरमुकाम तम्घासमा पौष १६ र १७ गते ब्याडमिन्टन प्रतियोगिता आयोजना गरिएको संघका अध्यक्ष नवराज श्रेष्ठले जानकारी दिए ।

पश्चिमी वायुको प्रभाव : बुधबारसम्म वर्षा र हिमपातको सम्भावना
आइतबार, पुस ११, २०७८
पश्चिमी वायुको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपात तथा पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना देखिएको छ ।