पाल्पामा मेलमिलाप दिवस: सबै दलका नेताहरु एउटै मञ्चमा
शुक्रबार, पुस १६, २०७८

नेकपा एमालेको जिल्ला अधिवेशनको तयारी तिव्र
शुक्रबार, पुस १६, २०७८
यही पुस २३ गते नेकपा एमाले पाल्पाको नवौं जिल्ला अधिवेशन हुने भएको छ । पुष्पलाल, मदन भण्डारीदेखि मनमोहन अधिकारीले भूमिगत जीवन बिताएको स्थान तानसेन नगरपालिका वडा ९ मदनपोखरा तिन्टीआँपमा नवौं अधिवेशन आयोजना गरेको नेकपा एमाले पाल्पाले जनाएको छ ।

आज राष्ट्रिय मेलमिलाप दिवस मनाइदैं
शुक्रबार, पुस १६, २०७८
आज ४६ औं राष्ट्रिय मेलमिलाप दिवस मनाइदैछ । वीपी कोइराला सहित नेपाली काँग्रेसका नेताहरु मेलमिलापको नीति लिएर भारतबाट स्वदेश फर्किएको दिनको सम्झनामा यो दिवस मनाइने गरिन्छ ।

ग्लोबल आइएमई बैंकका ग्राहकलाई छुट तथा क्यासब्याक
शुक्रबार, पुस १६, २०७८
ग्लोबल आइएमई बैंकले आफ्नो १५औँ वार्षिकोत्सवको उपलक्ष्यमा ग्राहकहरुलाई छुट तथा क्यासब्याक प्रदान गर्ने भएको छ । बैंकले ग्राहकहरुलाई कार्ड तथा डिजिटल बैंकिङ्ग मार्फत गरिने कारोबारहरूमा ग्राहकहरुलाई छुट तथा क्यासब्याक प्रदान गर्ने भएको हो ।

पहिलो पटक विद्युत पुगेपछि स्थानीयवासी उत्साहित
बिहीबार, पुस १५, २०७८
पाल्पाको निस्दी गाउँपालिका ७ को चारघरे र ज्यामिरे गाउँमा पहिलो पटक विद्युत पुगेको छ । सामुदायिक विद्युतीकरणका लागि रकम बुझाएको लामो समय पश्चात् अहिले गाउँमा विद्युत पुगेको हो ।

बगनासकालीका टोल–टोलमा सम्झौता, सम्झौता पछि काम सुरू
बिहीबार, पुस १५, २०७८
वडा–वडामा सञ्चालन हुने योजनाहरुको सम्झौता, बैक खाता सञ्चालनको लागि उपभोक्ताहरु गाउँपालिकाको कार्यालय तथा सदरमुकाम धाउनुपर्ने बाध्यता हटेको छ । आर्थिक वर्ष समाप्त हुने महिना असारसम्म उपभोक्ताबाट योजना सम्झौता गर्ने, बीसदेखि पच्चिस दिनसम्म काम सकेर कागजी फरफारक गर्ने देशव्यापी परम्परालाई पाल्पाको बगनासकाली गाउँपालिकाले यस बर्ष तोडेको छ ।

वर्षा र हिमपातका कारण मुलुकभर चिसो बढ्यो
बिहीबार, पुस १५, २०७८
पश्चिमी वायुको प्रभावले बुधबार देशको अधिकांश भू–भागमा मौसम बदली भई अधिकांश ठाउँमा पानी परेको छ । पानी परेसँगै देशका उच्च पहाडी र हिमाली भेगमा मंगलबार रातिदेखि हिमपात भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । विभिन्न स्थानमा हिमपातले जनजीवन कष्टकर बनेको छ ।

सिङ्गो वस्ती नै काँग्रेसमा प्रवेश
बुधबार, पुस १४, २०७८
एमालेको प्रभाव भएको रुरु क्षेत्र वडा २ सानो ग्वाँदीको सिङ्गो वस्तीका २८ घरका ६० जना भन्दा धेरै स्थानीयहरु एमाले परित्याग गरी नेपाली काँग्रेसमा एक साथ प्रवेश गरेका छन् । स्थानीय समाजसेवी, दलित अगुवा नेकपा एमालेका गाउँ कार्यसमिति सदस्य कृष्णबहादुर विकको नेतृत्वमा उनीहरु काँग्रेस प्रवेश गरेका हुन् ।

पाल्पा निस्दीमा चितुवा आतङ्क
बुधबार, पुस १४, २०७८
पाल्पाको निस्दी गाउँपालिकाका विभिन्न स्थानमा चितुवाको आतङ्क बढेको छ । गोठमा बाँधिएका गाईवस्तुलाई रातका समयमा आक्रमण गर्न थालेपछि स्थानीयवासीमा त्रास उत्पन्न भएको स्थानीयवासी लीलाराम राईले जानकारी दिए ।

भोलिदेखि मौसममा क्रमिक सुधार हुने
बुधबार, पुस १४, २०७८
पश्चिमी वायुको प्रभावले आज देशको अधिकांश भू–भागमा वर्षा तथा उच्च पहाडी एवम् हिमाली भूभागमा हिमपात भइरहेको छ ।

वाणिज्य बैंकले पूर्व कर्मचारीलाई १५ लाखसम्म कर्जा दिने
बुधबार, पुस १४, २०७८
राष्ट्रिय वाणिज्य बैंकलेराष्ट्रिय परीक्षा बोर्डका निवृत्त कर्मचारीलाई १५ लाख रुपैयाँसम्म सरल कर्जा दिने भएको छ । मंगलबार एक कार्यक्रमका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठर बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालबीच सुलभ कर्जा प्रवाह सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

ग्रामीण क्षेत्रका महिला कृषि र पशुपालन व्यवसायमा आत्मनिर्भर
बुधबार, पुस १४, २०७८
यहाँका ग्रामीण क्षेत्रका महिला पछिल्ला वर्षमा आत्मनिर्भर बन्न थालेका छन् । ग्रामीण क्षेत्रमा बसोबास गर्ने महिला कृषि तथा पशुपालनका क्षेत्रमा लागेपछि आत्मनिर्भर हुन थालेका हुन् । परिश्रमी महिला स्वदेशमा नै कर्म गरी प्रशस्त आम्दानी गरिरहेका छन् ।

‘एक वडा एक किलोमिटर सडक कालोपत्र’
बुधबार, पुस १४, २०७८
तानसेन नगरपालिकाले ‘एक वडा एक किलोमिटर सडक कालोपत्र’ गर्ने योजना अघि सारेको छ ।