Shittalpati
तानसेनमा कार्यपालिका सदस्य निर्वाचित

पाल्पा, तानसेन नगरपालिकामा ८ जना कार्यपालिका सदस्य निर्विरोध निर्वाचित भएका छन् । निर्वाचित हुनेमा नेपाली काँग्रेसबाट लक्ष्मी नेपाल, सविता भट्टराई, पुजा रावल, दिनेश गन्धर्व र अनुराम दाम, नेकपा माओवादी केन्द्रबाट मञ्जु विक र लक्ष्मी विक, नेकपा एकिकृत समाजवादीका तर्फबाट संजय घले कार्यपालिका सदस्य निर्वाचित भएको नेपाली काँग्रेसका जिल्ला कोषाध्यक्ष मोहन प्रसाद श्रेष्ठले जानकारी दिए ।

२४ सदस्यीय कार्यपालिका रहेको तानसेन नगरपालिकामा नेपाली काँग्रेसबाट १७ जना, नेकपा माओवादी केन्द्रबाट २ जना, नेकपा एमाले बाट ४ जना र नेकपा एसबाट १ जना रहेका छन् । १४ वडा रहेको तानसेन नगरपालिकामा नगर प्रमुख ,उप प्रमुख सहित ८ वटा वडा अध्यक्षमा नेपाली काँग्रेस, दुई वटामा माओवादी र ४ वडा अध्यक्षमा नेकपा एमाले विजयी भएको छ ।

 

प्रकाशित मिति: बुधबार, जेठ १८, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update