इन्द्रेणी ग्रामीण विकास केन्द्रले गर्यो कार्यहरुको समीक्षा
बिहीबार, वैशाख १५, २०७९
‘बगनासकालीका जनताको हित र विकासका लागि पालिका अध्यक्षमा उम्मेदवारी’
बुधबार, वैशाख १४, २०७९
वैशाख ३० गते हुन लागेको स्थानीय निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट बगनासकाली गाउँपालिकाको अध्यक्षको उम्मेदवार बनेकी सुनिता अधिकारीले बगनासकालीका जनताको हित र विकासका लागि पालिका अध्यक्षमा उम्मेदवारी दिएको बताएकी छन् ।
पाल्पामा गठबन्धनले दियो घरदैलोलाई तिव्रता
बुधबार, वैशाख १४, २०७९
वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि पाल्पामा काँग्रेस सहितको गठबन्धनले घरदैलो कार्यक्रमलाई तिव्रता दिएको छ । गठबन्धनले आफ्ना उम्मेदवारहरुलाई विजयी बनाउन मतदाताहरुको घर–घरमा पुग्ने कार्यलाई तिव्रता दिएका हुन् ।
सबल,समृद्ध र समुन्नत देउरालीका लागि मेरो उम्मेदवारी : पोखरेल
बुधबार, वैशाख १४, २०७९
रिब्दीकोट गाउँपालिका– २ का वडाध्यक्षका उम्मेदवार ओमप्रसाद पोखरेलले सबल, समृद्ध र समुन्नत देउरालीका लागि आफ्नो उम्मेदवारी रहेको बताएका छन् । उनले नेपाली काँग्रेसको तर्फबाट वडा अध्यक्षमा उम्मेदवारी दिएका पोखरेलले देउरालीका सिंगो वडावासीको सबल, समृद्ध र समुन्नत विकासका लागि आफुले उम्मेदवारी दिएको बताएका हुन् ।
तानसेन–रानीमहल सडक बैशाख २१ गते सम्म बन्द रहने
बुधबार, वैशाख १४, २०७९
तानसेनदेखि रानीमहलसम्म जोड्ने सडक बैशाख १५ गते विहीबारदेखि वैशाख २१ गतेसम्म पूर्ण रुपमा बन्द हुने भएको छ । निर्माणाधिन तानसेन रानीमहल सडकमा पूर्ण रुपमा कालोपत्रे, ठाउँ–ठाउँमा मर्मत सम्भारको लागि पूर्वाधार सडक कार्यालय तानसेन पाल्पाले एक हप्ते सूचना जारी गर्दै सडक पूर्ण रुपमा बन्द गर्ने जनाएको छ ।
हप्तामा दुई दिन सार्वजनिक बिदा दिने
बुधबार, वैशाख १४, २०७९
सरकारले आगामी जेठ १ गतेदेखि हप्तामा दुई दिन सावर्जनिक बिदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सरकारले जेठ १ गतेदेखि लागू हुने गरी बिहान ९ः३० बजेदेखि साँझ साढे ५ बजेसम्म कार्यालय समय कायम गर्ने निर्णय गरेको छ...
लुम्बिनी मेडिकल कलेजको ५ औं तलाबाट हाम फालेर एकको मृत्यु
बुधबार, वैशाख १४, २०७९
जिल्लाको तानसेनस्थित लुम्बिनी मेडिकल कलेज प्रभासको ५ औं तलाबाट हाम फालेर एक व्यक्तिको मृत्यु भएको छ । रामपुर नगरपालिका –७ कठानका ४२ वर्षीय गंगा बहादुर सोमईको कलेजको तलाबाट हाम फालेर मृत्यु भएको हो ।
पाल्पामा एक हजार एक सय ३३ जनाको उम्मेदवारी
बुधबार, वैशाख १४, २०७९
वैशाख ३० गते हुने स्थानीयतह निर्वाचनका लागि पाल्पामा एक हजार एक सय ३३ जनाले उम्मेदवारी दिएका छन् । जिल्लाका १० वटा पालिकाको ४ सय २५ जनप्रतिनिधीका लागि १ हजार १ सय ३३ जनाले उम्मेदवारी मनोनयन गरेका हुन । तानसेन नगरपालिकाको नगर प्रमुखमा ७ जनाले उम्मेदवारी मनोनयन गरेका छन् भने उप...
पाल्पामा वडा सदस्यमा तीन जनाको एकल उम्मेदवारी
बुधबार, वैशाख १४, २०७९
महिला वडा सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका जिल्लाका दुई पालिकाका ३ वटा वडामा तीन जना सदस्यको एकल उम्मेदवारी परेको छ । पूर्वखोला गाउँपालिकाका दुई र निस्दी गाउँपालिकाका एक महिलाको एकल उम्मेदवारी परेको निर्वाचन आयोग कार्यालयले जनाएको छ ।
लुम्बिनीमा २२ हजार ४ सय २१ जनाको उम्मेदवारी
बुधबार, वैशाख १४, २०७९
स्थानीय तह निर्वाचनका लागि लुम्बिनी प्रदेशमा २२ हजार ४ सय २१ उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । निर्वाचन आयोगले मंगलबार सार्वजनिक गरेको सूचनाअनुसार स्थानीय तह नगर प्रमुखमा ४ सय ४ जनाले मनोनयन दर्ता गराएका छन् भने उपप्रमुखमा २ सय ८५ जनाले दर्ता गराएका छन् ।
७५ औं हीरक महोत्सव मनाउँदै ज्ञानमाला संघ
मंगलबार, वैशाख १३, २०७९
७५ वर्ष पुगेको पश्चिम नेपालकै जेठो बौद्ध संस्था ज्ञानमाला संघ आनन्द विहार पाल्पाले यो वर्ष हीरक महोत्सव मनाउन लागेको छ । संघले विभिन्न कार्यक्रमहरुको आयोजना गरेर हीरक महोत्सव मनाउन लागेको हो ।
विज्ञान विषय दिने एक सय ३९ परीक्षार्थी अनुपस्थित
मंगलबार, वैशाख १३, २०७९
वैशाख १० गतेदेखि सञ्चालन भइरहेको एसइई परीक्षाको विज्ञान विषयमा पाल्पाबाट एक सय ३९ जना परीक्षार्थी अनुपस्थित भएका छन् । एक सय चार जना नियमित तर्फका र ३५ जना ग्रेड वृद्धितर्फका प्रशिक्षार्थीहरु अनुपस्थित भएका हुन् ।
गल्ती नेतृत्वको सजाय कार्यकर्तालाई !
मंगलबार, वैशाख १३, २०७९
बैशाख ३० गते हुन लागेको स्थानीय निकायको निर्वाचनको लागि आइतबार र सोमबार सबै स्थानीय निकायका केन्द्रहरुमा मानोनयन दर्ता भएको छ । यस अघिको निर्वाचन तीन चरणमा सम्पन्न भएको थियो भने यस पटकको निर्वाचन एकै चरणमा सम्पन्न हँुदैछ । यस अगाडिको निर्वाचनका समयमा मुख्य तीन दलका नेतादेखि कार्यकर्तासम्म उत्साह र उर्जा...


