नवजनचेतना राष्ट्रिय दैनिक २०८० जेठ ३२ गते बिहीबार
बिहीबार, जेठ ३२, २०८०
पुराना दल र रणनीति
बुधबार, जेठ ३१, २०८०
राजनैतिक चरित्रलाई पारदर्शी र सुपरफाइन बनाउनका लागि अब मुलुकका ठूला दलहरुले नयाँ रणनैतिक योजना निर्माण गरेर अगाडि बढ्नुपर्ने हुन्छ । यसका लागि युवापुस्ता र अगुवाहरु बीचको अन्तर सम्बन्धलाई तारतम्य बनाएर अगाडि बढ्नुको कुनै पनि विकल्प छैन । पाकापुस्ताको अनुभव र नयाँ पुस्ताको जोसलाई फ्युजनका रुपमा अगाडि नबढाएसम्म पुराना दलहरु छायामा...
विदेशमा सिकेको सीप स्वदेशमा उपयोग गरौं
मंगलबार, जेठ ३०, २०८०
नेपाली युवाहरु विदेशीने क्रम बढ्दो छ । स्वदेशमा रोजगारका अवसरहरु नदेखेपछि युवाहरु परिवार पाल्नकै लागि विदेशीने गरेका हुन् । पछिल्लो समय त झन् अध्ययन गर्न भन्दै धेरै युवाहरु विदेशीएका छन् । मुलुकमा रोजगारका अवसर नपाएर विदेशीनु नेपालीको बाध्यता हो ।
प्यूठानमा कार दुर्घटना : आठको मृत्यु, सातजनाको सनाखत
सोमबार, जेठ २९, २०८०
प्यूठानको स्वर्गद्वारी मन्दिरको दर्शन गरेर फर्किँदै कार दुर्घटना भएको छ । स्वर्गद्वारी दर्शन गरी फर्कने क्रममा स्वर्गद्वारी नगरपालिका–४ भिङ्ग्री बजार नजिकै टाकुरा भन्ने स्थानमा सोमबार दिउँसो लु १च ६३४५ नम्वरको कार दुर्घटना भएको हो ।
दुर्घटना हुँदा सो कारमा सवार आठ यात्रीहरूको मृत्यु भएको छ ।
बालश्रम अन्त्य गरौं
सोमबार, जेठ २९, २०८०
नेपालमा बालश्रमको अवस्था निकै जटिल बन्दै गएको छ । अहिले हरेक, होटल, रेष्टुरेण्ट, सवारी सधान, उद्योग, कलकारखाना जस्ता क्षेत्रमा बालबालिका उल्लेखीय रुपमा रहेको देखिछ । संविधान र कानुनले बालबालिकालाई श्रममा लगाउन बन्देज गरेको छ । नीति र योजनामा बालश्रम न्यूनीकरणका प्रावधान तर्जुमा पनि गरिएका छन् ।
भारतमा सडक दुर्घटनामा परी चार नेपालीको मृत्यु
आइतबार, जेठ २८, २०८०
भारतको उत्तराखण्डस्थित चक्करपुरमा सडक दुर्घटनामा परी चार जना नेपालीको मृत्यु भएको छ । शनिबार कार र दुई स्कुटर ठोक्किँदा दुई स्कुटरमा सवार चार नेपालीको मृत्यु भएको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।
रोजगारी सिर्जनामा ध्यान देऊ
शुक्रबार, जेठ २६, २०८०
यतिबेला स्थानीय सरकार आर्थिक वर्ष २०८०/०८१ को बजेट निर्माणमा जुटेका छन् । सबैको चासो स्थानीय सरकारले ल्याउने बजेट नीति तथा कार्यक्रममा छ । अहिलेको अवस्थामा स्थानीय सरकारले रोजगारी सिर्जनालाई प्राथमिकता दिन्छन् दिदैनन् भन्ने हो । देशमा हाल बेरोजगारी चरम अवस्थामा पुगेको छ ।