व्यवस्था कमजोर नबनाऔं
शुक्रबार, चैत २९, २०८१
शिक्षक आन्दोलनप्रति गम्भीर बन
मंगलबार, चैत २६, २०८१
देशभरका शिक्षकहरु चैत २० गतेदेखि काठमाडौंका सडकमा निरन्तर आन्दोलित छन् । नेपाल शिक्षक महासंघको नेतृत्वमा शिक्षकहरु सडकमा उत्रिएका छन् । अध्यादेशमार्फत विद्यालय शिक्षा ऐन ल्याउनुपर्ने माग गर्दै उनीहरु आन्दोलनमा छन् ।
‘तानसेन सम्पदा संरक्षण समाज’ र यसको दायित्व
आइतबार, चैत २४, २०८१
जहाँ सार्वजनिक सम्पदाहरुलाई सार्वजनिक सम्पति मानेर संरक्षण र सम्वद्र्धन गरिन्छ त्यहाँ सार्वजनिक पहिचान एवं समृद्धिको मार्ग खुलेको देखिन्छ । कतिपय जिल्लाहरुले त आफ्ना सम्पदा नभएमा अन्य जिल्ला वा स्थानसँगको सहकार्यमा संरक्षण, सम्वद्र्धन गर्दै व्यवहारिक उपयोग गरेर आफ्नो जिल्लाको पहिचान बनाएका पनि देखिन्छन् ।
शिक्षकको माग सम्बोधन गर
शुक्रबार, चैत २२, २०८१
देशभरका शिक्षक फेरी काठमाडौं पुगेर आन्दोलनमा उत्रिएका छन् । विद्यालय शिक्षा ऐन जारीको माग गर्दै उनीहरू आन्दोलित भएका हुन् । उनीहरूले ‘विगतमा भएका सम्झौता कार्यान्वयन गर’, ‘शिक्षा ऐन जारी गर,’ हाम्रो माग पूरा गर’,‘शिक्षक पेशालाई सम्मान गर,’ लगायत विभिन्न नारा लगाउँदै प्रदर्शनमा उत्रिएका छन् । नेपाल शिक्षक महासङ्घको अगुवाइमा उक्त...
राष्ट्रिय सहकारी दिवसको सार्थकता
बुधबार, चैत २०, २०८१
६८औं राष्ट्रिय सहकारी दिवस आज देशैभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । वि.सं. २०१३ साल चैत्र २० गते चितवनको शारदानगरमा बखान सहकारी स्थापना भएको दिनलाई स्मरण गर्दै दिवस मनाउने गरिएको छ ।
मूर्ख दिवसमा सतर्क रहौं
मंगलबार, चैत १९, २०८१
आज अप्रिल १ । यस दिनलाई विश्वका कयौँ देशमा ‘अप्रिल फूल’ को रुपमा मनाउने गरिन्छ । नेपालीमा ‘मूर्ख दिवस’ भन्ने गरिएको छ । आफ्ना साथीसंगी, छिमेकी तथा परिवारका सदस्यसँग ठट्टा गर्ने, उनीहरुलाई हुँदै नभएको कुरा सुनाएर मनोरञ्जन गर्ने तथा दुःख दिएर मूर्ख बनाउने लगायतका गतिविधि गरेर अप्रिल फूल अर्थात मूर्ख...
अटिजम भएकाहरुको पहिचान गरी उपचारमा संलग्न गराऔं
सोमबार, चैत १८, २०८१
मस्तिष्क र स्नायुकोषको स्वाभाविक विकासक्रममा हुने असमान अवस्थाको रूप अटिजम हो । यसलाई नेपालीमा आत्मकेन्द्रित व्यवहार भनिन्छ । व्यक्तिको मस्तिष्कमा स्नायुकोषको सञ्जालले राम्रोसँग काम नगर्दा सूचना प्रशोधनमा बाधा उत्पन्न हुन गई सामाजिक क्रियाकलाप, सञ्चारसिप र कल्पनाशक्तिको विकासमा असर पुग्छ ।
प्रेस माथिको आक्रमण निन्दनीय छ
आइतबार, चैत १७, २०८१
राजावादीको हिंसात्मक प्रदर्शनका क्रममा रिपोर्टिङ गरिरहेका पत्रकारको मृत्यु र सञ्चारसंस्थामाथि भएको आक्रमणको घटना निन्दनीय छ । यो आक्रमण नेपाली प्रेस स्वतन्त्रतामाथिको आक्रमण हो । शुक्रबार राजधानीमा ‘राजावादी आन्दोलन’का नाममा निस्किएको अराजक, उच्छृंखल र असंयमित जत्थाले अन्नपूर्ण मिडिया नेटवर्क र कान्तिपुर टेलिभिजनका मुख्यालयमा तोडफोड एवं आगजनी साथै प्रदर्शनको रिपोर्टीङ गरिरहेका एभीन्युज...
कुलमानको बर्खास्त : आन्दोलनलाई बल
बिहीबार, चैत १४, २०८१
सत्ताको रापमा कुलमान घिसिङलाई फाली हाले ओली कमरेडले । पटक–पटक तड्पाएर अन्ततःविद्युत् प्राधिकरणको प्रमुखबाट घिसिङलाई हटाइएको छ । कुलमानको पदावधि करिब ५ महिना थियो ।
मौसम विज्ञान दिवसको सान्दर्भिकता
आइतबार, चैत १०, २०८१
मौसमको फेरबदलमा बादलको महत्वलाई दर्साउँदै आज (२३ मार्च) मा विश्व मौसम विज्ञान दिवस मनाइँदै छ । सन् १९५० मा विश्व मौसम विज्ञान संगठनको स्थापना भएको दिनको सम्झनामा सन् १९६१ देखि हरेक वर्ष मौसम विज्ञान दिवस मनाउन थालिएको हो । पृथ्वीमा बसोबास गर्ने मानवका लागि यहाँको वायुमण्डल र महासागर साझा रुपमा...
पानी दिवसको सन्दर्भ
शनिबार, चैत ९, २०८१
पानीको उपयोग तथा त्यसका स्रोतको संरक्षणमा चेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ आज विश्व पानी दिवस मनाइँदै छ । विभिन्न सङ्कल्प तथा जनचेतनामूलक कार्यक्रम गरी नेपालसहित विश्वभरि नै यो दिवस मनाइँदै छ । प्राणी जगतका लागि हावापछिको दोस्रो महत्वपूर्ण तत्व पानीलाई मानिन्छ ।
हरेक क्षण खुसी रहौं
शुक्रबार, चैत ८, २०८१
जीवनका लक्ष्यहरू मनको खुसीसँग जोडिएको हुन्छ । भविष्यका रहरहरूलाई खुसीरूपी आशाका किरणहरूले उज्यालो बनाउँछ । खुसीको भावले मानव मन र मस्तिष्कलाई स्वस्थ बनाउँछ । मानिस खुसी हुनु भनेको स्वस्थ हुनु पनि हो । धर्तीमा रहेका चेतनशील हुन् वा अचेतनशील सबै जीवको बाँच्ने अधिकार हुन्छ । सबै जीवहरूमा खुसीमा जिउने चाहना...
सामाजिक सेवामा सकारात्मक सोँच आवश्यक
मंगलबार, चैत ५, २०८१
सामाजिक विज्ञानको मागमा रहेर विभिन्न मानव जीवन र उनीहरुको व्यवहार तथा सामाजिक समूहको अध्ययन र सोही अनुसार सहयोग र सहकार्य गर्नुलार्ई सामाजिक सेवा भनिन्छ । सामाजिक कार्यकर्ताहरूले हाम्रो समुदायमा धेरै भूमिकाहरू खेलेका हुन्छन् । समाज रुपान्तरणका लागि उनीहरुले खेलेको भूमिका विर्सनु हुँदैन । यद्यपी अझै पनि सामाजिक कार्यलाई अन्य विषयजस्तै...

