झडेवा खुर्सानी पकेट क्षेत्र बन्दै
बिहीबार, असार २४, २०७८
गुल्मीदरबारमा उत्कृष्ट कृषकलाई सम्मानसँगै कृषि सामग्री
शुक्रबार, असार १८, २०७८
जिल्लाको गुल्मीदरवार गाउँपालिका १ र २ का उत्कृष्ट कृषकलाई सम्मानसँगै कृषि सामग्री वितरण गरिएको छ । शिवशंकर स्मार्ट कृषि गाउँ खाद्यन्नबाली कार्यक्रम उपभोक्ता समूहले यहाँका उत्कृष्ट कृषकहरुका लागि एक औपचारिक कार्यक्रमका बिच कृषि सामग्री वितरणसँगै सम्मान गरेको हो ।
तानसेन नगर सरकारले दियो किसानलाई कृषि सामग्री
शुक्रबार, असार १८, २०७८
जिल्लाको तानसेन नगर सरकारले ग्रामीण क्षेत्रका किसानलाई अनुदानमा कृषि सामग्री दिएको छ । नगर सरकारले कृषिलाई यान्त्रिकरण गर्दै व्यवसायिक कृषिमार्फत नगरलाई आर्थिक समृद्धि बनाउनका लागि किसानलाई अनुदानमा आवश्यक कृषि सामग्री दिएको हो ।
बगनासकालीका युवा विदेशको जागिर छोडेर मौरीपालनमा
बिहीबार, असार १७, २०७८
धेरै पैसा कमाउन विदेश नै जानु पर्छ भन्ने सोच अहिले नेपाली जनमानसमा रहेको छ । तर पाल्पाका केही युवाहरु भने त्यो सोंच भन्दा माथि उठेर गाउँमै मौरीपालन व्यवसायमा लागेका छन् । उनीहरु परम्परागत रुपमा गरिने कृषि व्यवसायलाई परिमार्जन गर्दै व्यावसायिक मौरी पालनमा लागेका हुन् ।
पाल्पामा पनि मनाइयो धान दिवस , ५० प्रतिशत रोपाइँ सकियो
मंगलबार, असार १५, २०७८
पाल्पा सहित देशभर असार १५ अर्थात १८ औं राष्ट्रिय धान दिवस मनाइएको छ । कोरोना संक्रमणको जोखिमका बीच मंगलबार पाल्पा लगायत देशका विभिन्न ठाउँमा धान दिवस तथा रोपाइँ महोत्सव मनाइएको हो । यो वर्ष ‘धान उत्पादनमा वृद्धि: खाद्य सुरक्षा, आत्मनिर्भरता र समृद्धि भन्ने मूल नाराका साथ विविध कार्यक्रममको आयोजना गरियो...
आज धान दिवस: हराउदै रोपाइँमा मौलिकता
मंगलबार, असार १५, २०७८
जस्ता लोक लयका गीत गाएर खेतमै रमाइलो गर्ने चलन छ । जब रातभरि झरी परेर खेतबारी हिलाम्मे हुन्छ, तब हरेक किसानको मनमा आशाको फूल फुल्छ । धान रोपेर वर्षभरिलाई भात खान पुग्ने चामल फलाउँछु भन्ने आश हुन्छ । पहिलेपहिले रोपाइँ हुने घरमा अघिल्लो दिनदेखि नै बाजागाजाको जोडजाम हुन्थ्यो ।
मुसिकोटमा रोजगारी, पर्यटन र कृषि प्राथमिकतामा
बुधबार, असार ९, २०७८
जिल्लाको मुसिकोट नगरपालिकाले आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नगरपालिकाको नवौँ नगरसभामा नगरप्रमुख सोमनाथ सापकोटाले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । नगरपालिकाले स्वास्थ्य क्षेत्र, कृषि, पर्यटन विकास र रोजगारी सिर्जना प्रमुख प्राथमिकतामा राखी नीति तथा कार्यक्रम ल्याएको छ ।
माथागढी गाउँपालिकाले दियो कृषकलाई अनुदानमा बिउ बिजन र कृषि सामग्री
मंगलबार, जेठ २५, २०७८
जिल्लाको मथागढी गाउँपालिकाले कृषकलाई अनुदानमा बिउ बिजन र कृषि सामग्री दिएको छ । गाउँपालिकाले प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना तरकारी पकेट क्षेत्र कार्यक्रम अन्तर्गत गाउँपालिकाका कषकहरुलाई कृषक समूहमार्फत बिउ बिजन र कृृिष सामग्री दिएको हो ।
पाल्पाका किसान खेतीपातीमै व्यस्त, भन्छन्,‘कोरोनाबारे छैन सोच्ने फुर्सद’
सोमबार, जेठ ३, २०७८
देशव्यापी नै कोभिड १९ को संक्रमणले आक्रन्त बने पनि गाउँका किसानहरू भने आफ्नो खेतीपातीमा व्यस्त छन् । रोगभन्दा भोक छाक टार्ने किसानहरू यतिबेला खेतीपाती, मेलापातको चटारोमा छन् ।
गुल्मीका स्थानीय सरकार कृषि बजारीकरणमा
मंगलबार, वैशाख १४, २०७८
गुल्मी (सत्यवती) जिल्लाका केही स्थानीय सरकारहरु कृषि बजारीकरणमा लागेका छन् । ग्रामीण क्षेत्रमा उत्पादित कृषि उपजको बजारीकरणमा समस्या भए पछि यहाँका केही स्थानीय सरकारहरुले बजारीकरणगर्ने तर्फ चासो देखाएका हुन् ।
रैनादेवी छहरा सरकारले दियो कृषकलाई कुटानी पिसानी मिल
सोमबार, वैशाख १३, २०७८
जिल्लाको रैनादेवी छहरा गाउँ सरकारले कृषकहरुलाई कुटानी पिसानी मिल प्रदान गरेको छ । ढिकी जाँतोमा अन्न पिस्दै आएका यहाँका कृषकहरुलाई ५० प्रतिशत अनुदानमा कुटानी पिसानीका मिल प्रदान गरेको हो ।
तम्घासका युवाहरू व्यावसायिक च्याउखेतीमा
शुक्रबार, चैत १३, २०७७
गुल्मीको रेसुङ्गा नगरपालिका–९ का बाबुराम पाण्डेयले विगत १० वर्षदेखि तम्घासमा व्यावसायिक च्याउखेती गर्दै आएका छन् । उनी तम्घासमा च्याउखेतीको व्यावसायिक उत्पादन गर्ने पहिलो व्यक्ति हुन् । पाण्डेयले अहिले व्यासायिकरूपमा च्याउ उत्पादन र बजारीकरणको काम गर्दै आएका छन् ।


