रामपुर (पाल्पा), पाल्पाको निस्दी गाउँपालिकामा चलेको निःशुल्क पशुपक्षी शिविरमा चार हजार बढी पशुको उपचार गरिएको छ । सोमबार निस्दी–२ सहलकोटमा सञ्चालन भएको शिविरमा १ सय ६० घरपरिवारका ४ हजार २ सय १७ पशुपक्षीको उपचार गरिएको पशु शाखा संयोजक ओमबहादुर मश्राङगीले जानकारी दिए ।
केही दिनअघि यहाँका पशुमा अज्ञात रोगको संक्रमण फैलिएको थियो । पशुमा र्याल काढ्ने, ज्वरो आउने, खानेकुरा नखानेजस्ता लक्षण देखिएको शाखा संयोजक मश्राङगीले बताए । निस्दी गाउँपालिकाको आयोजना र जलदेवी सामाजिक उद्यमी महिला सहकारी संस्था सहलकोटको सह–आयोजनामा शिविर सञ्चालन भएको हो । भेटेरेनरी अस्पताल तथा पशु विशेषज्ञ केन्द्र पाल्पाका प्रमुख डा.चन्द्रबहादुर रानाले शिविरबाट निःशुल्क प्राप्त गरेका औषधि प्रयोग गरी पशुको स्वास्थ्य सुधार गर्न सकिने बताए । –रासस