करोड लागतमा कृषि फार्म
सोमबार, पुस १३, २०७७
गुल्मीदरवार गाउँपालिकाले बाँझो जमिनको लगत संकलन गर्दै
बिहीबार, पुस ९, २०७७
जिल्लाको गुल्मीदरबार गाउँपालिकाले हरेक वडामा बाँझो जमिनको लगत लिइरहेको छ । गाउँपालिका भित्र बाँझो जमिन नराख्ने योजना सहित गाउँपालिकाले लगत संकलन कार्य अगाडि बढाएको हो ।
तरकारी खेतीमा महिलाको सक्रियता
शनिबार, मंसिर २७, २०७७
व्यावसायिक तरकारी खेतीमा पुरुषले जस्तै महिला समेत मनग्य आम्दानी गर्न सक्दछन् भन्ने कुरा बागलुङका दुई महिलाले उदाहरण पेश गरेका छन् । उनीहरुले पनि पुरुष समान व्यावसायिकरुपमा नै तरकारी खेती गरेर मासिक एक लाख बढी आम्दानी गर्न सफल भएका छन् ।
बिउमा समान मूल्य कायम गर्न मकैको मूल्य निर्धारण
शुक्रबार, मंसिर २६, २०७७
कृषकहरुद्वारा उत्पादित कृषिजन्य उत्पादनहरुले उचित मूल्य नपाएको गुनासो आइरहेका बेला गुल्मीमा मकै बिउको मूल्य निर्धारण भएको छ । जिल्लाभर मकै बिउको समान मूल्य कायम गर्न तथा बिउको बजारीकरणमा सहजता ल्याउनका लागि जिल्ला परियोजना कार्यान्वयन समन्वय तथा अनुगमन समितिको बैठकले मकै बिउको जिल्ला दररेट कायम गरेको छ ।
कोभिडका कारण रोजगार गुमाएका पाल्पाका युवा बंगुरपालनमा
बिहीबार, मंसिर २५, २०७७
कोरोना भाइरसको बढ्दो संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले चैतदेखि लकडाउन गर्यो । लकडाउनका कारण स्वदेश तथा विदेशमा धेरैले रोजगारी गुमाउनु पर्यो । रोजगारी गुमाउने मध्येका एक हुन तानसेन नगरपालिका–१४ का रमेश परियार । यस अघि काठमाडौँस्थित एक होटलमा कुकम्यानका रुपमा काम गर्दै आएका परियार सात महिनादेखि बेरोजगार छन् ।
पशुका लागि गुन्द्रुक बनाउँदै
बिहीबार, मंसिर २५, २०७७
पाल्पाको रामपुर नगरपालिका ६ मा मेसिनबाट पशुका लागि पोषिलो खाना गुन्द्रुक (साइलेज) तयार गरिदै । कामधेनु गाईफर्म रामपुरको व्यवस्थापनमा पशुका लागि व्यवसायिक रुपमा साइलेज उत्पादन गरिदै आइएको छ ।
रामपुरका महिला जनप्रतिनिधि सामूहिक कृषि कर्ममा
मंगलबार, मंसिर २३, २०७७
नेपाल कृषि प्रधान देश हो । तर कृषिलाई व्यवसायिक बनाउन नसक्दा देशले आर्थिक समृद्धि हासिल गर्न सकिरहेको छैन । जनप्रतिनिधि र राजनैतिक नेतृत्वले कृषिमार्फत नेपाललाई समृद्ध बनाउने भाषण नगरेका होइनन् तर व्यवहारिक रूपमा कृषिको प्रवद्र्धनमा लागेको कमै देख्ने गरिएको छ ।
मेसिनमा आलुको वीउ राख्दै कृषक
मंगलबार, मंसिर १६, २०७७
पाल्पाको रामपुरमा मेसिनबाट आलु रोप्न वीउ राख्दै कृषक ।
अदुवा खेतीको विकल्प बन्यो बेसार
बिहीबार, मंसिर ११, २०७७
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् बैठकमै बेसारको कुरा गरेपछि यो खुबै चर्चित बन्यो । सामाजिक सञ्जालमा बेसारमय तस्वीरहरु देखिए । कतिपय कलाकारले त यसको गीत बनाउनसमेत भ्याए ।
उखु किसानले अझै पाएनन् भुक्तानी
बुधबार, मंसिर १०, २०७७
जिल्लाको धनकौलमा रहेको अन्नपूर्ण चिनी मिलले अहिलेसम्म पनि किसानलाई भुक्तानी दिएको छैन । केही दिनअघि यहाँका उखु किसान अघिल्ला वर्षमा बेचेको उखुको भुक्तानी माग्न काठमाडौँ पुगेका थिए ।
किसानलाई घाँसको बीउ वितरण
मंगलबार, मंसिर ९, २०७७
व्यावसायिक पशुपालनतर्फ किसानको आकर्षण बढ्दै जान थालेपछि गल्याङ नगरपालिकाले किसानलाई घाँसको बीउ वितरण गरेको छ । नगरपालिकाको पशुसेवा शाखाको समन्वयमा किसानलाई घाँसको बीउ वितरण गरिएको हो ।
कृषि तथा वनजन्य उद्योगमा आकर्षण
मंगलबार, मंसिर ९, २०७७
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा कृषि तथा वनजन्य उद्योगतर्फ आकर्षण बढ्दै गएको छ । विशेषगरी विदेशबाट फर्केका युवा र महिला व्यावसायिक कृषि उद्यमतर्फ लागेका हुन् । पछिल्लो समय जिल्लामा कृषि तथा वनजन्य उद्योग वृद्धि हुन थालेको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ ।
लोप हुँदै कोदो खेती
सोमबार, मंसिर ८, २०७७
पछिल्लो समय पाल्पा र गुल्मीमा पौष्टिक अन्नको रुपमा रहेको कोदो लोप हुँदै गएको छ । तीन दशकअघि मुख्य खाद्यान्न बालीका रूपमा स्थापित कोदो खेती जिल्लाका किसानहरुले गर्न छोडेपछि अहिले लोप हुने अवस्थामा पुगेको हो ।


