जेटिएको जागिर छाडेर कुरिलो खेतीमा
आइतबार, वैशाख २८, २०७७
चट्याङ लागेर गाई फर्ममा क्षति
आइतबार, वैशाख २८, २०७७
जिल्लाको सन्धिखर्क नगरपालिकामा रहेको किसानको पशुपालन फर्ममा आज बिहान चट्याङ परेर आगलागी हुँदा १५ लाखभन्दा बढीको क्षति भएको छ ।
कुखुरा व्यवसायीलाई अनुदान
शनिबार, वैशाख २७, २०७७
बन्दाबन्दीका कारण किसानले उत्पादन गरेका कुखुरा विक्री वितरणमा समस्या भएपछि अनुदान उपलब्ध गराइएको छ । छत्रकोट गाउँपालिकाले २७ कुखुरा फार्म सञ्चालक किसानका लागि तीन लाख ५४ हजार अनुदान स्वरुप उपलब्ध गराएको प्रमुख प्रशासकीय अधिकृत भेषराज पन्थले जानकारी दिए ।
रासायनिक मल अभाव
बुधबार, वैशाख २४, २०७७
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा रासायनिक मल अभाव देखिएको छ । यहाँ माग अनुसारको मल आपूर्ति हुन सकेको छैन ।
लकडाउनले रैनादेवी छहराका कुखुरापालक कृषक मारमा
शनिबार, वैशाख २०, २०७७
कोरोना भाइरस (कोभिड–१९) संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागु गरेको लकडाउनका कारण जिल्लाका कुखुरापालक कृषक मारमा परेका छन् ।
गुल्मीका किसानलाई बाली भित्र्याउने चटारो
शनिबार, वैशाख २०, २०७७
जिल्लाका किसानहरु बाली भिर्याउने चटारोमा छन् । यतिबेला खेतबारीमा गहुँ पाकेको छ । गहुँ स्याहार्न मै किसानहरु व्यस्त छन् । देश लकडाउनमा छ, तर पनि ग्रामिण क्षेत्रका किसानहरु खेतबारीको काममै व्यस्त देखिएका छन् ।
उपभोक्तालाई सहुलियतमा टमाटर र खुर्सानी वितरण गर्दै युवा संघ
शुक्रबार, वैशाख १९, २०७७
विश्वभर फैलिरहेको कोरोना महामारीका कारण सरकारले जारी राखेको लकडाउनले बजारमा प्राप्त मात्रमा तरकारी नपाइनु र पाइए पनि महङ्गो मूल्यमा खरिद गर्न उपभोक्ता बाध्य बनेका बेला युवा संघ नेपाल पाल्पाले सहुलियतमा टमाटर र खुर्सानी वितरण गर्दै आएको छ । लकडाउनका समयमा किसानले उत्पादन गरेको कृषिजन्य वस्तुको ढुवानी सहज बनाउनुको साथै नागरिकलाई...
लकडाउनका बेला सहकारीले बेचिदियो काफल
शुक्रबार, वैशाख १९, २०७७
पाल्पाको माथागढी क्षेत्रमा उत्पादित काफल यति बेला तानसेनको बजारमा भरिएको छ । माथागढी ३ कसेनी सिकारकोटको जंगलबाट स्थानीयवासीले सामूहिक रुपमा टिपेर जम्मा गरेको काफल बजारसम्म पुगेको हो ।
माथागढी गाउँपालिकाले निर्धारण गर्यो रासायनिक मलको मुल्य
बिहीबार, वैशाख १८, २०७७
जिल्लाको माथागढी गाउँपालिकाले रासायनिक मलको मुल्य निर्धारण गरेको छ । विगतमा सरकारले कृषकहरुका लागि अनुदानमा वितरण गर्दै आएको रासायनिक मल विक्रीमा एकरुपता नभएको व्यापक गुनासो आएपछि गाउँपालिकाले मल्यमा एकरुपता र व्यवस्थित गर्न मूल्य निर्धारण गरेको हो ।
माथागढीमा बाँझो जमिन उपयोग गर्ने कृषकलाई अनुदान दिने
बुधबार, वैशाख १७, २०७७
तपाईंले आफ्नो स्वामित्वको कृषियोग्य जग्गा बाँझो राख्नु भएको छ ? त्यसो हो भने अब त्यसमा केही न केही उब्जनी गर्ने गरी तयारी थाल्नुस् । स्थानीय सरकारले अब बाँझो रहेको कृषियोग्य जमिन उपयोग गर्ने कृषकलाई अनुदान दिने भएको छ ।
पाल्पामा तरकारी आयात खुला
मंगलबार, वैशाख १६, २०७७
पाल्पा जिल्लामा भारत लगायत बाहिरी जिल्लाबाट भित्रिने तरकारी आयात खुला गरिएको छ । कोरोना भाइरस (कोभिड –१९) को संक्रमण जोखिम ठानेर तरकारी आयातमा यसअघि रोक लगाइएको थियो ।
पाल्पामा असिनापानीले तरकारी बालीमा क्षति
सोमबार, वैशाख १५, २०७७
असिनापानीले पाल्पाका विभिन्न स्थानमा लगाइएका तरकारी बालीमा क्षति पुगेको छ । हावाहुरीसहितको असिनापानीले फल लाग्दै गरेका र फूल खेलेका तरकारी बालीमा क्षति पुगेको कृषक बताउँछन् । तरकारीको मुख्य क्षेत्र रहेको निस्दी गाउँपालिका २ सहलकोट क्षेत्रमा मात्रै करीब ३५ रोपनी क्षेत्रफलमा लगाइएको बेमौसमी तरकारी खेतीमा नोक्सान पुगेको छ ।