सत्यवती बज्यैलाई साक्षी राखेर काँग्रेसले सुरु गर्यो चुनावी प्रचार अभियान
मंगलबार, फागुन ५, २०८२
काँग्रेस देशको नेतृत्व गर्ने गरी बहुमतको दिशातर्फ अग्रसर छ: उपसभापति शर्मा
शुक्रबार, फागुन १, २०८२
नेपाली काँग्रेसका उपसभापति विश्व प्रकाश शर्माले काँग्रेस फेरी ठूलो दलको रुपमा देशको नेतृत्व गर्ने गरी बहुमतको दिशातर्फ अग्रसर भएको बताएका छन् । शुक्रबार नेपाली काँग्रेस पाल्पाले तानसेनमा आयोजना गरेको अभिमुखीकरण कार्यक्रमलाई सम्बाधेन गर्दै उनले काँग्रेस बदलिएर आएकाले अब देशको नेतृत्व गर्ने गरी बहुमतको दिशातर्फ अग्रसर भएको बताएका हुन् ।
नेकपा पाल्पाको चुनावी ‘प्रतिवद्धतापत्र’ सार्वजनिक
शुक्रबार, फागुन १, २०८२
आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका नेपाली कम्युनिष्ट पार्टी पाल्पाले आफ्नो चुनावी प्रतिवद्धतापत्र सार्वजनिक गरेको छ । ‘तारा’ चुनाव चिह्न लिएर चुनावी मैदानमा उत्रिएको सो पार्टीले पाल्पा क्षेत्र नं. २ को लागि प्रतिवद्धतापत्र सार्वजनिक गरेको हो ।नेकपाका नेता अशोक कुमार शाहीले पत्रकार सम्मेलनमार्फत प्रतिवद्धतापत्र सार्वजनिक गरेका हुन्...
प्रतिनिधि सभा निर्वाचन : घर–दैलोमा व्यस्त पाल्पाका उम्मेदवार
बिहीबार, माघ २९, २०८२
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा पाल्पाका उम्मेदवारहरु घरदैलो कार्यक्रममा व्यस्त छन् । आफ्नो पक्षमा मत तान्न उम्मेदवारहरु मतदातामाझ विभिन्न आश्वासन बाँडिरहेका छन् ।
पाल्पामा निर्वाचनको सरगर्मी : क्षेत्र नम्बर–२ मा काँग्रेसको निर्वाचन सम्पर्क कार्यालय
मंगलबार, माघ २७, २०८२
प्रतिनिधि सभा निर्वाचनको मिति आउन अब २२ दिन मात्र बाँकी रहँदा पाल्पामा चुनावी सरगर्मी बढेको छ । राजनीतिक दलहरुले आ–आफ्ना पक्षमा निर्वाचन माहोल बनाउन धमाधम सम्पर्क कार्यालय उद्घाटन गरेका छन् ।
गुल्मी– २ मा पुराना उम्मेदवारलाई नयाँको चुनौती
आइतबार, माघ २५, २०८२
गुल्मी क्षेत्र नं २ मा आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा पुराना उम्मेदवारलाई नयाँले चुनौती दिने भएका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का गोकर्ण विष्ट र विभिन्न राजनीतिक दलका नयाँ उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएकाले यहाँ निर्वाचन रोचक हुने भएको हो ।
प्रेस चौतारी पाल्पाको साधारण सभा तथा डिजिटल पत्रकारिता क्षमता विकास कार्यशाला सराईमा
शनिबार, माघ २४, २०८२
प्रेस चौतारी नेपाल पाल्पाको चौथो वार्षिक साधारण सभा तथा डिजिटल पत्रकारिता क्षमता विकास कार्यशाला जिल्लाको माथागढी गाउँपालिकाको सराइँमा भएको छ । चौतारीले शनिबार साधारण सभा तथा कार्यशाला आयोजना गरेको हो ।
पहाडी जिल्लाका उम्मेदवारहरू मतदाता फकाउन तराईका जिल्लामा
शनिबार, माघ २४, २०८२
आसन्न फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनको चहलपहल बढ्दै जाँदा लुम्बिनी प्रदेशका पहाडी जिल्लाका उम्मेदवार मतदाता फकाउन तराईका जिल्ला झर्न थालेका छन् । लुम्बिनी प्रदेशका पहाडी जिल्लाका गुल्मी, पाल्पा, अर्घाखाँची र प्युठानका उम्मेदवार मतदातासँग भेटघाट र आफ्नो पक्षमा मतदाता फकाउन तराईका जिल्ला रूपन्देही र कपिलवस्तु केन्द्रित हुन थालेका छन् ।...
प्रदेश सहकारी तेस्रो संशोधन नियमावली स्वीकृत
बिहीबार, माघ २२, २०८२
लुम्बिनी प्रदेश सरकारले प्रदेश सहकारी तेस्रो संशोधन नियमावली, २०८२ लाई स्वीकृत गरेको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को आज बसेको बैठकले उक्त नियमावली स्वीकृत गर्ने निर्णय गरेको हो ।
अर्घाखाँचीमा १५ जना चुनावी प्रतिस्पर्धामा
बुधबार, माघ २१, २०८२
एकमात्र निर्वाचन क्षेत्र रहेको अर्घाखाँची जिल्लामा एक महिलासहित १५ जना चुनावी प्रतिस्प्रधामा छन् । विभिन्न पार्टीका १२ जना र तीन जना स्वतन्त्र गरी १५ जना प्रतिनिधिसभाको निर्वाचनका लागि चुनावी प्रतिस्प्रधामा रहेका मुख्य निर्वाचन अधिकृत शिवलाल पाण्डेले जानकारी दिए ।
प्रदेशलाई आत्मनिर्भर, प्रभावकारी र जनउत्तरदायी बनाउने दिशामा प्रदेश सरकार दृढ छ : मुख्यमन्त्री आचार्य
बुधबार, माघ २१, २०८२
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशलाई आत्मनिर्भर, प्रभावकारी र जनउत्तरदायी बनाउने दिशामा प्रदेश सरकार दृढताका साथ अघि बढिरहेको स्पष्ट पारेका छन् । मुख्यमन्त्री आचार्यले प्रदेश सरकार गठन भएयता संविधानले प्रदेशलाई प्रदान गरेका एकल तथा साझा अधिकारको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक ऐन, कानुन र नीतिगत व्यवस्था निर्माण गरिएको जानकारी दिएका छन्...
लुम्बिनी प्रदेश स्थापना दिवस : ९ वर्षमा ६ सरकार
बुधबार, माघ २१, २०८२
लुम्बिनी प्रदेश स्थापना भएको ९ वर्ष पूरा भएको छ । २०७४ माघ २१ गते प्रदेश सभाको पहिलो बैठक बसेको थियो । सोही दिनदेखि प्रदेशमा स्थापना दिवस मनाउने गरिएको हो ।
सांसदले विकास निर्माण हैन, नीति बनाउने काम गर्नु पर्दछ : अस्लामी
सोमबार, माघ १९, २०८२
राष्ट्रिय जनमुक्ति पार्टीका महासचिव एवं पाल्पा क्षेत्र नं. २ का उम्मेदवार टोप बहादुर अस्लामी मगरले संघीय सांसदले विकास निर्माणको काममा नभई जनता केन्द्रित नीति बनाउने काम केन्द्रित हुनुपर्ने बताएका छन् ।


