लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्य
बिहीबार, फागुन ८, २०८१

अबको तीन वर्ष गुणस्तरीय शिक्षा, स्वास्थ्य र रोजगार हाम्रो मिसन हो : महामन्त्री थापा
बुधबार, फागुन ७, २०८१
सत्तारुढ नेपाली काँग्रेसका महामन्त्री गगन थापाले अबको तीन वर्ष नेपाली काँग्रेसका लागि मिसन ०८४ नभई गुणस्तरीय शिक्षा, स्वास्थ्य र रोजगार भएको बताएका छन् । बुधबार पाल्पाको पूर्वखोलामा आयोजना गरिएको प्रथम लोकतान्त्रिक महोत्सवलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

लुम्बिनी प्रदेशसभालाई प्रमको सम्बोधन
मंगलबार, फागुन ६, २०८१
प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार लुम्बिनी प्रदेशसभामा सम्बोधन गरेका छन् । प्रधानमन्त्री ओलीले लुम्बिनी प्रदेश सम्वृद्ध प्रदेश भएको देख्न चाहेको बताए । प्रधानमन्त्री ओलीले, देश विकासका लागि सबैतहका सरकारहरुले जनताको साथ दिएर अगाडि बढ्नुपर्ने बताउँदै, विकास निर्माणका काम हामी नेपाली आफैले नगरेसम्म अरुको भरमा देश विकास सम्भव नहुने धारणा राख्दै...

बेलुन पड्किएर घाइते भएका उपप्रधानमन्त्री पौडेल र महानगरप्रमुख आचार्यलाई काठमाडौँ लगियो
शनिबार, फागुन ३, २०८१
पोखरा भ्रमण वर्ष, २०२५ उद्घाटनका क्रममा आगोको ज्वालाले बेलुन फुट्दा घाइते भएका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरप्रमुख धनराज आचार्यलाई थप उपचारका लागि काठमाडौँ पठाइएको छ ।
व्यवहारिक र नैतिक शिक्षा आजको आवश्यकता हो : नगर प्रमुख थापा
शनिबार, फागुन ३, २०८१
रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले व्यवहारिक र नैतिक शिक्षा आजको अवश्यवकता रहेको बताएका छन् । जनविकास माध्यमिक विद्यालय रामपुरको ६२ औँ वार्षिक उत्सवको समापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

अब जनतालाई समृद्ध बनाउने अभियानको थालनी गर्नुपर्छ : प्रचण्ड
बिहीबार, फागुन १, २०८१
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब जनतालाई समृद्ध बनाउने अभियानको थालनी गर्नुपर्ने बताएका छन् । गुल्मीको धुर्कोट गाउँपालिका बर्बोटटमा निर्मित सहिद शमशेर स्मृति पार्क समुद्घाटन तथा सहिदहरुको शालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

राष्ट्रियसभाबाट मिडिया काउन्सिल विधेयक पारित
सोमबार, माघ २८, २०८१
राष्ट्रियसभाको आजको बैठकले ‘मिडिया काउन्सिल विधेयक–२०८०’ पारित गरेको छ । बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रस्तुत गरेको विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित ‘मिडिया काउन्सिल विधेयक, २०८० पारित गरियोस्’ भन्ने प्रस्तावलाई बैठकले सर्वसम्मतिले पारित गरेको हो ।

माओवादी तानसेन नगरको अध्यक्षमा सिंजाली
आइतबार, माघ २७, २०८१
नेकपा (माओवादी केन्द्र) तानसेन नगर समितिको अध्यक्षमा प्रतिक्षा सिंजाली चयन भएकी छन् । माओवादीको तानसेनमा भएको तेस्रो नगर अधिवेशनले सिंजालीलाई अध्यक्षमा चयन गरेको हो ।

युवालाई स्वदेशमै रोक्ने कार्यक्रम ल्याउन आवश्यक छ : नेता भण्डारी
शनिबार, माघ २६, २०८१
नेपाली काँग्रेसका प्रभावशाली नेता डा. चन्द्र भण्डारीले युवालाई स्वदेशमै रोक्ने कर्यक्रम ल्याउन जरुरी रहेको बताएका छन् । शनिबार तम्घासमा नेपाली काँग्रेस रेसुङ्गा नगर कार्यसमितिको तेस्रो सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

सरकारलाई भारी बन्दै ‘अध्यादेश’
शुक्रबार, माघ २५, २०८१
बिहीबारको प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठकमा अध्यादेश प्रस्तुत गर्ने कार्यसूची थियो । तर राष्ट्रिय सभामा सत्ता गठबन्धनको बहुमत पुग्ने सम्भावना नभएपछि अध्यादेश प्रस्तुत गर्ने कार्यसूची हटाइयो ।

चितवनमा रविलाई घरौटीमा छाड्न आदेश
बिहीबार, माघ २४, २०८१
साहारा बहुउद्देश्यीय सहकारीको रकम अपचलन मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई ५४ लाख धरौटीमा रिहा गर्न चितवन जिल्ला अदालतले आदेश दिएको छ ।