Shittalpati
पूर्व प्रधानमन्त्री ओली र पूर्व गृहमन्त्री  लेखक पक्राउ

काठमाडौ ,पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ परेका  छन्  ।
प्रहरीले आज बिहानै पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष ओलीलाई भक्तपुरको गुण्डुस्थित निवासबाट र पूर्वगृहमन्त्री  लेखकलाई भक्तपुरको कटुञ्जेस्थित निवासबाट पक्राउ गरेको हो।

गृह मन्त्रालय जाहेरीकर्ता बनेर पत्र पाएपछि प्रहरीले जेन–जी आन्दोलन दमन आरोपमा ज्यानसम्बन्धी मुद्दामा अनुसन्धान सुरु गरेको छ ।

प्रहरीले पक्राउका लागि लिखित आदेश मागेपछि राती नै गृहसचिव राजकुमार श्रेष्ठ कानुन सचिव परासर ढुंगानालाई लिएर प्रहरी प्रधान कार्यालय पुगेका थिए ।

यो बीचमा उपत्यकाको सुरक्षा व्यवस्था कडा पारिएको छ । शुक्रबार मध्यरातिसम्म पक्राउ गर्ने विषयमा गृहमन्त्री सुधन गुरुङले सुरक्षा प्रमुखहरुसँग छलफल गरेका थिए । 




प्रकाशित मिति: शनिबार, चैत १४, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update