माओवादी तानसेन नगरको अध्यक्षमा सिंजाली
आइतबार, माघ २७, २०८१

रिडी–बल्कोट सडक एक महिना बन्द
आइतबार, माघ २७, २०८१
मदन भण्डारी राजमार्ग सडकअन्तर्गत पर्ने गुल्मीको रिडी–बल्कोट सडक एक महिनाका लागि बन्द भएको छ । उक्त सडकखण्डअन्तर्गत रुरुक्षेत्र गाउँपालिका–१ साँखराभिर क्षेत्रमा चट्टान फोरेर सडक चौडा बनाउने काम सुरु भएपछि उक्त सडकमा यातायात सञ्चालन बन्द गरिएकोे हो ।

मोहन कन्या माविले भदौमा हिरक महोत्सव मनाउने
शनिबार, माघ २६, २०८१
पश्चिम क्षेत्रकै एक मात्र कन्या मन्दिरको रुपमा रहेको तानसेनस्थित मोहन कन्या माविले आगामी भदौ १६ गते ७५ औै वार्षिकोत्सव हिरक महोत्सवको रुपमा मनाउने भएको हो ।

युवालाई स्वदेशमै रोक्ने कार्यक्रम ल्याउन आवश्यक छ : नेता भण्डारी
शनिबार, माघ २६, २०८१
नेपाली काँग्रेसका प्रभावशाली नेता डा. चन्द्र भण्डारीले युवालाई स्वदेशमै रोक्ने कर्यक्रम ल्याउन जरुरी रहेको बताएका छन् । शनिबार तम्घासमा नेपाली काँग्रेस रेसुङ्गा नगर कार्यसमितिको तेस्रो सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

आज भीमा एकादशी व्रत
शनिबार, माघ २६, २०८१
आज भीमा एकादशी व्रत । महाभारत कालबाट रहन गएको भीमा एकादशीको नाम पछाडीको कारण महाभारत कालदेखि भीमता एकादशीको महत्व विलक्षण रूपमा लिएको पाइन्छ । प्रत्येक वर्ष माघ शुक्ल एकादशीका दिनलाई भीमा एकादशी भन्ने गरिन्छ ।

पाल्पा आवासीयको ‘स्वर्णतिरको यात्रा’
शनिबार, माघ २६, २०८१
जिल्लाको तानसेनमा रहेको पाल्पा आवासीय माध्यमिक विद्यालयले ‘स्वर्णतिरको यात्रा’ तय गरेको छ । व्यवहारिक, जीवनोपयोगी र गुणस्तरी शिक्षाको मान्यता राखी २०३६ सालमा स्थापना भएको विद्यालयले ४५ औं वार्षिक उत्सव मनाउँदै स्वर्ण जयन्तीतिरको यात्रा तय गरेको हो ।

६ वर्षदेखि ओछ्यानमै, निको हुने आशामा केशर
शुक्रबार, माघ २५, २०८१
एक्चालिस बर्षको लक्का जवान, मझेरीमा मुढो जस्तै पल्टी रहन्छन् । बोली टाठो छ, अनुहारमा आशाका किरणहरु झल्की रहेका छन् ।

पाल्पामा हत्या आरोपमा घरबेटी पक्राउ
शुक्रबार, माघ २५, २०८१
पाल्पामा हत्या गरेको आरोपमा घरबेटी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय पाल्पाले डेरामा बस्ने व्यक्तिको हत्या आरोपमा तानसेन नगरपालिका–१४ साँचाका माधव बिष्टलाई पक्राउ गरेको हो ।

सरकारलाई भारी बन्दै ‘अध्यादेश’
शुक्रबार, माघ २५, २०८१
बिहीबारको प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठकमा अध्यादेश प्रस्तुत गर्ने कार्यसूची थियो । तर राष्ट्रिय सभामा सत्ता गठबन्धनको बहुमत पुग्ने सम्भावना नभएपछि अध्यादेश प्रस्तुत गर्ने कार्यसूची हटाइयो ।

चितवनमा रविलाई घरौटीमा छाड्न आदेश
बिहीबार, माघ २४, २०८१
साहारा बहुउद्देश्यीय सहकारीको रकम अपचलन मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई ५४ लाख धरौटीमा रिहा गर्न चितवन जिल्ला अदालतले आदेश दिएको छ ।

पाल्पा आवासीयका विद्यार्थीले आश्रममा पुगेर गराए वृद्धवृद्धालाई भोजन
बिहीबार, माघ २४, २०८१
पाल्पा आवासी माध्यमिक विद्यालयका विद्यार्थीहरु तानसेनको भूूसालडाँडामा रहेको निलसागर असहाय, अशक्त तथा जेष्ठ नागरिक सेवा आश्रममा पुगेका छन् । विद्यालयको ४५ औं वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसर पारेर विद्यालयमा गठीत बालक्लवमा आवद्ध विद्यार्थीहरु त्यहाँ पुगेका हुन् ।

रामपुर नगरपालिकाकी उपप्रमुख थापा सम्मानित
बिहीबार, माघ २४, २०८१
जिल्लाको रामपुर नगरपालिकाकी उपप्रमुख बालकुमारी थापा सम्मानित भएकी छन् । विकास निर्माणमा नगरपालिकाबाट खेलेको भूमिकाको कदर गर्दै मुना मेमोरियल ट्रष्ट र सिर्जना आमा समूह रामपुरले थपालाई सम्मान गरेको हो ।

त्रिविले खुलायो स्नातक र स्नातकोत्तर तहमा अनुत्तीर्ण विद्यार्थीलाई मौका परीक्षा
बिहीबार, माघ २४, २०८१
त्रिभुवन विश्वविद्यालय स्नातक र स्नातकोत्तर तहमा अनुत्तीर्ण भएका विद्यार्थीहरूले मौका परीक्षा दिन पाउने भएका छन् । समयसिमा कटेका ३/४ वर्षे स्नातक तहका सम्पूर्ण परीक्षार्थी र २०५६ सालमा भर्ना भई प्रथम पटक प्रथम वर्षको स्नातकोत्तर तहको परीक्षामा सम्मिलित परीक्षार्थीहरुले मौका परीक्षा दिन पाउने भएका हुन् ।