फरक क्षमता भएका व्यक्तिलाई सहायता सामग्री उपलब्ध
बिहीबार, फागुन १, २०८१

आज विश्व रेडियो दिवस, नेपालमा पनि मनाइँदै
बिहीबार, फागुन १, २०८१
विश्व रेडियो दिवस आज नेपालमा पनि मनाइँदै छ । संयुक्त राष्ट्रसंघको आहृवानमा सन् २०१२ बाट विश्व रेडियो दिवस मनाउन सुरु गरिएको हो । स्पेनको प्रस्तावमा युनेस्कोको ३६ औं सम्मेलनले सन् २०११ नोभेम्बर ३ तारिखमा हरेक वर्षको फेब्रुअरी १३ तारिखलाई रेडियो दिवसका रुपमा मनाउने घोषणा गरेको थियो ।

सकियो एक महिने स्वस्थानी व्रत
बिहीबार, फागुन १, २०८१
पौष शुक्ल पूर्णिमादेखि शुरु भएको एक महिने स्वस्थानी व्रत बुधबार बिहान पवित्रस्थलमा फूलपाती विसर्जन गरी समापन भएको छ । पौष शुक्ल पूर्णिमादेखि नै शुरु गरिएको स्कन्द पुराणअन्तर्गतको केदार खण्डको माघ माहात्म्यमा कुमार र अगस्त्यबीच भएको संवादलाई स्वस्थानी कथाका रूपमा भन्ने र सुन्ने क्रम मंगलबार बेलुकी नै समापन गरी बर्तालु रातभर...

प्रदेशको विकास र समृद्धिका लागि लुम्बिनी र गण्डकी प्रदेश सरकारबिच साझा प्रतिवद्धता
बुधबार, माघ ३०, २०८१
प्रदेशको विकास र समृद्विको लागि लुम्बिनी र गण्डकी प्रदेश सरकारबीच साझा सहमति भएको छ । बुधबार पाल्पाको प्रमुख पर्यटकीयस्थल रानीमहलमा दुई प्रदेशबिचको समन्वयात्मक बैंठकमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेबीच २१ बुँदे साझा प्रतिबद्धतामा सहमति भएको हो ।

आम्दानीको माध्यम बन्दै सुगन्धकोकिला
बुधबार, माघ ३०, २०८१
सुगन्धकोकिला (मालागिरि) संरक्षण गर्न तुलसीपुर उपमहानगरपालिका–१९ का बासिन्दाले घर–घरमा मालागिरि रोपेका छन् । यो दाङको छिल्लीकोटमा पाइन्छ । जो त्यहाँका बासिन्दाको आम्दानीको स्रोत पनि बनेको छ । स्थानीय प्रविर पुनका अनुसार यो बर्ष मात्रै छिल्लीकोटबाट डेढ सय क्विन्टल बढी उत्पादन भएर बिक्री गरिएको छ । “यो वर्ष भाउ कम भए...

लुम्बिनी र गण्डकीका मुख्यमन्त्रीसहित अन्तरप्रदेश समन्वय बैठक बस्दै
बुधबार, माघ ३०, २०८१
पाल्पाको ऐतिहासिक तथा पर्यटकीयस्थल रानीमहलमा आज अन्तरप्रदेश समन्वय बैठक बस्दैछ । लुम्बिनी र गण्डकी प्रदेशका मुख्यमन्त्रीसहितको अन्तरप्रदेश समन्वय बैठक यहाँ बस्न लागेको हो ।

आज ‘श्री स्वस्थानी व्रत कथा’ समाप्त
बुधबार, माघ ३०, २०८१
पुस शुक्ल पूर्णिमादेखि सुरु भएको एक महिने स्वस्थानी व्रत आज समापन गरिँदैछ । पुस शुक्ल पूर्णिमादेखि विधिपूर्वक स्वस्थानीको व्रत सुरु गरी नित्य मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गरेका भक्तजनले आज व्रत समापन गर्न लागेका हुन् ।
-1739338097.webp)
बागलुङका पालिका नदी र खोलाका माछा संरक्षणमा जुटे
बुधबार, माघ ३०, २०८१
बागलुङका तीन वटा पालिका नदी र खोलाका माछा संरक्षणमा जुटेका छन् । गलकोट नगरपालिकाले तीन वर्षअघि जलचर संरक्षण ऐन अनुसार माछा संरक्षण गर्ने, युवालाई माछा मार्न अनुमति दिई आम्दानी लिन थालेको छ । माछाले फुल पार्ने समयमा माछा मार्न प्रतिबन्ध लगाउने, विषादी र करेन्ट लगाएर माछा मार्न नपाइने र अवैध...

आगोमा जलेर एक वृद्धको मृत्यु
बुधबार, माघ ३०, २०८१
जिल्लामा आगोमा जलेर एक वृद्धको मृत्युु भएको छ । धुर्कोट गाउँपालिका–७ वाग्लामा आगो ताप्ने क्रममा जलेर ८० वर्षीय इन्द्रलाल गिरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

मुख्यमन्त्री आचार्यद्वारा प्रादेशिक अस्पतालको भवन अनुगमन
मंगलबार, माघ २९, २०८१
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रादेशिक अस्पतालको निर्माणाधीन भवनको अनुगमन गरेका छन् । मुख्यमन्त्री आचार्यले भवन अनुगमन गर्दै आज कामको प्रगतिबारे जानकारी लिए । “यो प्रदेशको गौरवको आयोजना हो । प्रदेशले यसलाई उच्च प्राथमिकतामा राखेको छ, यसले समग्र प्रदेशको विकासमा महत्वपूर्ण योगदान पु(याउनेछ”, उनले भने, “कुनै पनि अवस्थामा काममा...

डेढ करोड लगानीमा व्यावसायिक फलफूलखेती
मंगलबार, माघ २९, २०८१
जिल्लाको ढोरपाटन नगरपालिका–५ पाखापानी भौगोलिक रूपमा विकट मानिन्छ । विकटताका कारण पर्याप्त सेवासुविधा गाउँमा पुग्न सकेको छैन । युवापुस्ता विदेश पालयन भएका छन् भने अधिकांश गाउँमा बस्ने सुविधाको खोजीमा बजार झरिरहेका छन् । गाउँलेको रोजाइमा बजार परिरहेको अवस्थामा यहाँका मानसिङ पुनले भने अवसर खोज्दै डेढ करोड लगानीमा व्यावसायिक फलफूलखेती सुरु...