पर्यटकीय सम्भावनाको केन्द्र दाङको राजाकोट
आइतबार, कात्तिक २, २०८२
सकियो स्वास्थ्य संस्थाहरुको समीक्षा, कार्यसम्पादनमा पूर्वखोला प्रथम
शनिबार, कात्तिक १, २०८२
दुई दिनसम्म जिल्लाको तानसेनमा सञ्चालित स्वास्थ्य संस्थाहरुको वार्षिक समीक्षा गोष्ठी सकिएको छ । विहिबारदेखि जिल्ला स्वास्थ्य कार्यालय पाल्पाको आयोजनामा आर्थिक वर्ष २०८१÷०८२ मा सञ्चालित कार्यक्रमहरुको समीक्षासँगै चालु आर्थिक वर्षको कार्ययोजना निर्माण गरी गोष्ठी सकिएको हो ।
पन्ध्र शैयाका दुई आधारभूत अस्पताल सञ्चालनमा
शनिबार, कात्तिक १, २०८२
देशभरमा नै १५ शैयाका अस्पतालको निर्माणको समेत काम नसकिएको अवस्थामा गुल्मीमा भने १५ शैयाका दुई आधारभूत अस्पताल सञ्चालनमा आएका छन् ।
हामी समाज रुपान्तरणको अभियानमा छौं : सांसद राना
शुक्रबार, असोज ३१, २०८२
लुम्बिनी प्रदेश सांसद वीरबहादुर रानाले समाज रुपान्तरण अहिलेको आवश्यकता रहेको भन्दै आफुहरु सोही अभियानमा लागेको बताएका छन् ।
नाम प्रादेशिक अस्पाताल, सेवा थपिएन
शुक्रबार, असोज ३१, २०८२
तुलसीपुरस्थित तत्कालीन राप्ती अञ्चल अस्पताललाई २०७५ साल पुसमा प्रादेशिक अस्पताल बनाइएको हो । तत्कालीन अञ्चल अस्पताललाई प्रदेशस्तरको अस्पताल बनाएपछि सेवा थप हुने अपेक्षा गरिए पनि त्यो हुन सकेको छैन । अहिले पनि ५० शैयाको अनुमतिमा अस्पताल सञ्चालन भइरहेको छ ।
आज अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै
शुक्रबार, असोज ३१, २०८२
अन्तर्राष्ट्रिय गरिवी निवारण दिवस आज, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । संयूक्त राष्ट्रसंघको आÞवानमा सन् १९९३ बाट प्रत्येक वर्ष अक्टोबर १७ लाई अन्तर्राष्ट्रिय गरिबी निवारण दिवसका रुपमा मनाउन थालिएको हो ।
रेसुङ्गा र मदाने दुर्लभ चराको वासस्थान
बिहीबार, असोज ३०, २०८२
गुल्मीको रेसुङ्गा र मदाने वन संरक्षीत क्षेत्र दुर्लभ चराहरुको मुख्य आश्रयस्थल बन्दै गएको छ ।
जनतालाई आशावादी बनाउने कसले ?
बिहीबार, असोज ३०, २०८२
जनताको साशन व्यवस्था गणतन्त्र र राज्यको नयाँ सरचनाको नाममा देश हित विपरीत राज्य स्रोतको दोहनको श्रृखला चलेको करीब दुई दशक पुरा भएको छ । सो अवधिमा विकासको बाधक मानिएको राजतन्त्र शाशन व्यवस्थामा जस्तो पनि जनता र देशले न्याय र एकता पाउन सकेको देखिदैन् ।
असोजमै फुल्यो ‘पलम’
बिहीबार, असोज ३०, २०८२
दाङको तुलसीपुर उपमहानगरपालिका–१९ छिल्लीकोटमा असोजमै पलमको फूल फुलेको छ । स्थानीय पूर्णबहादुर पुनको घरमा लगाइएको पलम असोजको १५ गतेदेखि फुल्न थालेको हो ।
धमाधम सुक्न थाले ताल, संरक्षणमा चुनौती
बुधबार, असोज २९, २०८२
बागलुङमा ताल सुक्दै गएपछि संरक्षणमा चुनौती बढेको छ । ढोरपाटन नगरपालिका–९ स्थित रुद्रताल, तमानखोला–२ स्थित बराहताल, जैमिनी–३ स्थित गाजा दह (ताल), काठेखोला–४ को खोरताल र बागलुङ–१० स्थित बराहतालमा पानी सुक्दै गएपछि संरक्षणमा चुनौती बढेको हो ।
किसानलाई धान काट्ने चटारो
बुधबार, असोज २९, २०८२
लमही नगरपालिका–३ की ४२ वर्षीया सीता चौधरी सोमबार बेलुका ५ः०० बजे खेतमा धान काट्दै थिईन् । धान काट्दै गरेको अवस्थामा भेटिएकी उनले भनिन्, “अहिले मौसम खुलेको छ । धान पाकेर पहेँलै भएकाले बिहानदेखि बेलुकासम्म खेतमै धान काट्न व्यस्त हुने गरेका छौँ ।”
काँग्रेस पाल्पामा ९४ प्रतिशत विशेष महाधिवेशनको पक्षमा
मंगलबार, असोज २८, २०८२
पाल्पा काँग्रेसका ९४ प्रतिशत भन्दा बढी महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनका पक्षमा हस्ताक्षर गरेका छन् । उनीहरुले अहिले पार्टी यथास्थितिमा सञ्चालन हुन नसक्ने भन्दै विशेष महाधिवेशनका पक्षमा हस्ताक्षर गरेका हुन् ।


