Shittalpati
भोटेकोशी बाढी : ९ जनाको शव भेटियो

काठमाडौं, भोटेकोशीको बाढीमा फसेका नौ जनाको शव फेला परेको छ । नेपाल प्रहरीका अनुसार धादिङको बैरेनीमा एक,गल्छीमा दुई र गजुरीमा एक गरी चार शव फेला परेका हुन् ।

 त्यसैगरी नुवाकोटमा चार र रसुवामा एक शव फेला परेको नेपाल प्रहरीले जनाएको छ ।

नुवाकोटमा फेला परेका शवमध्ये एक महिला र तीन पुरुषको पहिचान भएको छ । धादिङमा एक महिला, दुई पुरुष र लिंग पहिचान हुन नसकेका एकजनाको शव फेला परेको प्रहरीले जनाएको छ । रसुवामा एक पुरुषको शव भेटिएको छ । बाढीमा फसेका १५ जनाको उद्धार गरिएको छ ।

प्रकाशित मिति: बुधबार, भदौ १०, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update