Shittalpati
विभिन्न स्थानबाट अवैध लागूऔषध सहित २० जना पक्राउ

पाल्पा, देशका विभिन्न स्थानबाट अबैध लागूऔषध सहित २० जना पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार कपिलवस्तु, कैलाली, झापा, सुनसरी, सुर्खेत, काठमाडौंका विभिन्न स्थानबाट अवैध लागूऔषसहित २० जना पक्राउ परेका हुन् ।

कपिलवस्तुको कृष्णनगर नगरपालिका–२ पुरानो बसपार्कबाट अवैध लागूऔषध अफिम जस्तो देखिने पदार्थ करिब १० किलो ३ सय ६४ ग्राम र चरेस जस्तो देखिने पदार्थ करिब ५ किलो २ सय २५ ग्राम सहित दाङ राप्ती गाउँपालिका–३ मसुरिया बस्ने ३४ वर्षीया रतिमा रोका समेत ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरीले नेपालबाट भारततर्फ जाँदै गरेका उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस्तै कैलालीको धनगढी उपमहानगरपालिका–३ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय मिलिग्राम सहित सोही ठाउँ बस्ने ३० वर्षीय राकेश बिष्टलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

अस्थायी प्रहरी पोष्ट बिशालनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस्तै काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध लागूऔषध गाँजा ८ किलो २ सय ३८ ग्राम सहित म्यान्मारका २ जना नागरिकहरूलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा म्यान्मार यांगौन घर भएकी २७ वर्षीया ब्थ्भ् त्ज्क्ष्म्ब् ब्ग्ल्न् र २९ वर्षीया ल्ब्थ् त्ज्ग् च्भ्क्ष्ल् रहेका छन् । नेपाल एयरलाइनसको उडानद्वारा थाइल्याण्डबाट काठमाडौं आएका उनीहरूलाई लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय गौचरबाट खटिएको प्रहरीले उक्त परिमाणको गाँजा सहित पक्राउ गरेको हो । 
 

यसैगरी काठमाडौं महानगरपालिका–३२ जडिबुटी पाल्पाकोट बस्ने मकवानपुर घर भएका १९ वर्षीय राकेश मोक्तानलाई नियन्त्रित लागूऔषध ट्रामाडोल ३ सय ५० ट्याब्लेट र नगद ८ हजार ५ सय रूपैयाँ सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले राकेशको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । यस्तै सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० भवनपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४ सय ७० मिलिग्राम सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ४१ वर्षीय अस्कर अली, बर्दिया बढैयाताल गाउँपालिका–४ बस्ने ३६ वर्षीय सदाम हुसेन र ३९ वर्षीया सैजा खातुन रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेत समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस्तै पर्साको छिपहरमाई गाउँपालिका–५ भिष्वाबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ ५ किलोग्राम सहित २ जनालाई  प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत बेतिया थाना मझौली बस्ने ५० वर्षीय दिनेश महतो र ५२ वर्षीय छोटेलाल महतो रहेका छन् । प्रहरी चौकी भिष्वा समेतबाट खटिएको प्रहरीले नेपालबाट भारततर्फ जाँदै गरेको बिआर ०५ एस ५९५३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  

यस्तै सुनसरी, कोशी गाउँपालिका–४ कोशी कटानबाट अवैध लागूऔषध गाँजा ११ किलो १ सय २० ग्राम सहित धनकुटा साँगुरीगढी गाउँपालिका–८ घर बताउने २८ वर्षीय चरन राईलाई प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी शिवचोक कटानबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । यस्तै झापाको कचनकवल गाउँपालिका–१ बनियाभिट्टाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम २० मिलिग्राम सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कचनकवल गाउँपालिका–१ बस्ने २४ वर्षीय धिरेन केरूङ, सोही गाउँपालिका मिलडाँडा बस्ने २८ वर्षीय नानुङ लिम्बु, भद्रपुर नगरपालिका–४ बस्ने ३४ वर्षीय दिपेश माझी र २४ वर्षीया मिना राई रहेका छन् । प्रहरी चौकी घेराबारीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

प्रकाशित मिति: मंगलबार, भदौ ९, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update