हराउँदै जनै बाट्ने संस्कृति : पुराना पुस्ता चिन्तित
सोमबार, साउन २६, २०८२
आज रोपाइँ जात्रा मनाइँदै
सोमबार, साउन २६, २०८२
पाल्पासहित नेवार समुदायको बाहुल्य भएका देशका विभिन्न भागमा सोमबार रोपाइँ जात्रा मनाइँदै छ । गाईजात्राको भोलिपल्ट मनाइने यो जात्रामा परम्परागत पहिरनमा सजिएर मौलिक बाजाको तालमाधान रोपे जस्तै गरी नृत्य गर्ने चलन छ ।
मुसिकोट नगरपालिकाको गलत गतिविधिप्रति काँग्रेसको ध्यानाकर्षण
आइतबार, साउन २५, २०८२
जिल्लाको मुसिकोट नगरपालिकाको गलत गतिविधिप्रति नेपाली काँग्रेस मुसिकोट नगर समितिले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । मुसिकोटको समृद्धिमा अगाडि बढ्नु पर्ने स्थानीय सरकार गलत गतिविधितर्फ अग्रसर भएको भन्दै काँग्रेस नगर समितिले आइतबार एक प्रेस विज्ञप्ति निकाल्दै ध्यानाकर्षण भएको जनाएको हो ।
सय वर्षमा श्रीनगर सिद्धि विनायक गणेशको रथयात्रा : योगदान गर्नेहरुलाई सम्मान
शनिबार, साउन २४, २०८२
पाल्पाको पुरानो र ऐतिहासिक श्रीनगर सिद्धि विनायक गणेशको रथ यात्राले एक सय वर्ष तय गरेको छ । १९८२ भाद्र कृष्ण तृतीयाका दिनदेखि सुरु गरिएको रथ यात्राले एक सय वर्ष तय गरेको हो ।
प्रेस चौतारी तानसेनको अध्यक्षमा पराजुली
शनिबार, साउन २४, २०८२
प्रेस चौतारी नेपाल तानसेन नगर कमिटी पाल्पाको दोस्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट पवित्रा पराजुलीको अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्यसमिती चयन भएको छ ।
पाल्पाका मन्दिरमा जनै फेर्ने र डोरो बाध्नेको भिड
शनिबार, साउन २४, २०८२
ऋषि तर्पणी, रक्षा बन्धन तथा जनै पूर्णिमा पाल्पामा परम्परागत रुपमा मनाईएको छ ।
तानसेनमा सुरु भए जात्रा
शनिबार, साउन २४, २०८२
सेनकालीन सभ्यतादेखि नै पाल्पाको तानसेनलाई काठमाडौंको भाइ मानिँदै आइएको छ । भाषा, कला, धर्म, संस्कृति र साहित्यको उर्वर स्थलका रूपमा तानसेन परिचित छ । वर्षको पहिलो दिनदेखि वर्षको अन्तिम दिनसम्म यहाँ जात्रा, चाडपर्वहरू भइरहन्छन् । त्यसैले पनि तानसेनलाई सांस्कृतिक सहर समेत भनिन्छ ।
आज देशभर जनै पूर्णिमा पर्व मनाइँदै
शनिबार, साउन २४, २०८२
प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो...
प्राकृतिक प्रकोप कम गर्न भू–संरक्षण दिवस
शनिबार, साउन २४, २०८२
आज राष्ट्रिय भू–संरक्षण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । नेपालमा हरेक वर्ष श्रावण महिनाको २४ गते यो दिवस मनाउने गरिन्छ । देशका विभिन्न स्थानमा अन्तक्र्रिया गर्नुका साथै वृक्षरोपण गरेर दिवस मनाइँदै छ ।
आदिवासी जनजाति दिवस मनाइँदै
शनिबार, साउन २४, २०८२
३१ औं अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । सदाझैं यसपटक पनि अगस्त नौ मा विभिन्न तामझामका साथ दिवस मनाउन लागिएको हो ।
निर्वाचन आयोगले ल्याएको राजनीतिक दल स्वमूल्यांकन कार्यविधिमा पाल्पाका ६ दलको आपत्ति
शुक्रबार, साउन २३, २०८२
निर्वाचन आयोगले ल्याएको राजनीतिक दल स्वमूल्यांकन कार्यविधि २०८२ मा पाल्पाका ६ राजनीतिक दलले आपत्ति जनाएका छन् । उनीहरुले कार्यविधि संविधान र राजनीतिक दलसम्बन्धी ऐन २०७३ को मर्म विपरीत भएको भन्दै आपत्ति जनाएका हुन् ।
गुल्मीको रिडी–वामीटक्सार सडक अवरुद्ध
शुक्रबार, साउन २३, २०८२
अविरल वर्षाका कारण गुल्मीको रिडी–वामीटक्सार सडक अवरुद्ध बनेको छ । सो सडकखण्डअन्तर्गत सत्यवती गाउँपालिका–६ स्थित डहरे खोलामा बाढी आएपछि आज बिहानदेखि पूर्ण रुपमा अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गङ्गाबहादुर सारुले जानकारी दिए ।
तिलोत्तमाका युवाद्वारा प्राङ्गारिक मल उत्पादन सुरु
बिहीबार, साउन २२, २०८२
जिल्लाको तिलोत्तमाका युवाले प्राङ्गारिक मल उत्पादन सुरु गरेका छन्। यहाँका करिब २० युवा मिलेर ‘नेपाल वायो कम्पोस्ट प्रालि’ दर्ता गरी मानव स्वास्थ्य र माटोको अवस्थालाई ख्याल गर्दै प्राङ्गारिक मलको उत्पादन सुरु गरेका हुन्।


