Shittalpati
प्रेस चौतारी तानसेनको अध्यक्षमा पराजुली

पाल्पा,प्रेस चौतारी नेपाल तानसेन नगर कमिटी पाल्पाको दोस्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट पवित्रा पराजुलीको अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्यसमिती चयन भएको छ । जसको उपाध्यक्षमा सिर्जना थापा, सचिवमा सन्तोष पृथी, कोषाध्यक्ष सिर्जना बोहोरा चयन भएका छन् । यसैगरी सदस्यमा संञ्जिला क्षेत्री, एलिसा जिसी र सुमित रेग्मी चयन भएका छन् । 

कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य एव पाल्पा इन्चार्ज मिलन विश्वकर्मा, प्रदेश सचिव कृष्ण पोखरेल, जिल्ला अध्यक्ष कृष्ण कार्की, पत्रकार महासंघ पाल्पाका अध्यक्ष कमलराज तिमिल्सेना, प्रेस चौतारीका निवर्तमान अध्यक्ष राजेन्द्र लिगल, सचिव दयाराज न्यौपानेले नव निर्वाचित नगर कमिटी कार्य समितिलाई बधाई दिदै सफल कार्यकालको कामना गरेका थिए । निवर्तमान अध्यक्ष गुणवती केसीको अध्यक्षतामा अधिवेशन भएको थियो । 

प्रकाशित मिति: शनिबार, साउन २४, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update