Shittalpati
टिकटक बनाउने क्रममा कालीगण्डकीमा एक महिला बेपत्ता
टिकटक बनाउने क्रममा कालीगण्डकीमा एक महिला बेपत्ता   कालीगण्डकी नदी स्नान गरेर टिकटक बनाउने क्रममा बगेर एक महिला बेपत्ता भएकी छिन् । पर्वतको कुश्मा नगरपालिका–५ मोदीवेणीस्थित कालीगण्डकी नदी किनारमा स्नान गरेर फर्किने क्रममा भिडियो खिच्न लाग्दा पर्वतको महाशिला गाउँपालिका–५ घर भई पोखरा बस्ने ३५ वर्षीया विष्णु पन्त चिप्लिएर लड्दा नदीमा खसेकी थिइन् ।
गुल्मीमा चार महिनामै पक्की पुल निर्माण
गुल्मीमा चार महिनामै पक्की पुल निर्माण गुल्मीका एक निर्माण व्यवसायीले डेढ वर्षमा बन्ने पुल चार महिनामै निर्माण गरेका छन् । निर्माण व्यवसायी विजय खनालले गुल्मीको मदाने गाउँपालिकाअन्तर्गत अग्लु फेँदी खोला पुल चार महिनामै निर्माण सम्पन्न गरेका हुन्  ।
रामपुरमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु
रामपुरमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु जिल्लाको रामपुरमा स्कुटर  दुर्घटना हुँदा चालकको मृत्युु भएको छ । रामपुर नगरपालिका –३ ओईरीघाटस्थित भित्री कच्ची सडक खण्डमा लाम्टाङबाट ओरीघाटतर्फ आउँदै गरेको लुम्बिनी प्रदेश ०९–००४ प ८०३९ नम्बरको स्कुटर दुर्घटना हुँदा चालक सोही  ठाउँका ७५ वर्षीय पदमबहादुर ठाडा मगरको मृत्यु भएको हो । 
नयाँ वर्ष : उमङ्गको पर्व
नयाँ वर्ष : उमङ्गको पर्व विक्रम संवतको पात्रोअनुसार नयाँ वर्ष सुरु भएको छ । मध्यरातबाट २०८१ साल सकिएर २०८२ साल सुरु भएको हो । हरेक १ वैशाखलाई विक्रम संवतको पात्रोअनुसार नयाँ वर्षको रुपमा मनाउने गरिएको छ । नयाँ वर्षको आगमनलाई विगतको भन्दा आउँदा दिन अझ बढी फलदायी र सुखमय रहून् भन्ने कामनाका साथ उल्लासमय ढङ्गले...
मिर्गौलापीडितलाई सहयोग
मिर्गौलापीडितलाई सहयोग गुल्मी जिल्ला समाज युकेले गुल्मी चन्द्रकोट–४ की एक मिर्गौलापीडित महिलालाई रु चार लाख १६ हजार आर्थिक सहयोग गरेको छ । दुवै मिर्गौलाको समस्याबाट पीडित कमला थापामगर खत्रीलाई उक्त सहयोग गरिएको हो । 
चिन्ता गर्नु पर्दैन योग्य र सक्षम व्यक्ति नै गभर्नर नियुुक्ति गर्छौं : अर्थमन्त्री पौडेल
चिन्ता गर्नु पर्दैन योग्य र सक्षम व्यक्ति नै गभर्नर नियुुक्ति गर्छौं : अर्थमन्त्री पौडेल उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल राष्ट्र बैंकको गभर्नर योग्य र सक्षम व्यक्तिलाई नियुक्ति गर्ने बताएका छन् । शनिबार नेपाल पत्रकार महासङ्घ पाल्पा शाखाले तानसेनमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले बाहिर जसरी हल्ला फैलाइएको छ त्यस्तो नरहेको भन्दै योग्य र सक्षम व्यक्ति नै नियुक्ति गर्ने तयारी सरकारले गरेको बताएका...
लुम्बिनीमा चैत्र पूर्णिमा मेला पाँच दिनसम्म मनाइँदै
लुम्बिनीमा चैत्र पूर्णिमा मेला पाँच दिनसम्म मनाइँदै धार्मिक तथा सांस्कृतिक सम्पदास्थल लुम्बिनीमा चैत्र पूर्णिमा मेला पाँच दिनसम्म मनाइँदैछ । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–३ स्थित बुद्धजन्मस्थलमा परम्परागत चैत्र पूर्णिमा महोत्सव एवं रुमिन्देइमाई मेला यही चैत २९ गते शुक्रबारदेखि सुरु भएको हो । यो मेला वैशाख २ गतेसम्म जारी रहने छ ।
निबन्ध सङ्ग्रह ‘आत्मबोध’ को विमर्श
निबन्ध सङ्ग्रह ‘आत्मबोध’ को विमर्श निबन्ध सङ्ग्रह ‘आत्मबोध’ को तानसेनमा विमर्श गरिएको छ । साहित्यकार भागवत खनालद्वारा लिखित सङ्ग्रहको एक औपचारिक कार्यक्रमकाबिच विमर्श गरिएको हो ।
मन्दिर परिषरमा मदिरा !
मन्दिर परिषरमा मदिरा ! जिल्लाको तानसेनस्थित ऐतिहासिक रणउजिरेश्वरी भगवती मन्दिर परिषरमा मदिरा प्रदर्शनमा राखिएको पाइएको छ । भगवानको पुजा आरधना गर्ने पवित्र स्थान जस्तो मन्दिरमा खुलमखुला मदिरा प्रदर्शन गरिएको पाइएको हो ।
स्वास्थ्य शिविरबाट ८०० जनाले सेवा लिए
स्वास्थ्य शिविरबाट ८०० जनाले सेवा लिए इस्मा गाउँपालिका–६ अमरपुरमा विशेषज्ञ चिकित्सकसहित सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरबाट ८०० भन्दा बढी बिरामीले सेवा लिएका छन् । संयुक्त राष्ट्रसङ्घका पूर्वसहायक महासचिव कुलचन्द्र गौतमको परिवारद्वारा स्थापना गरिएको ‘हिमा स्मृति कोष’को आयोजनामा इस्माको अमरपुर स्वास्थ्य चौकीमा दुईदिने स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।
समृद्धि र विकासको यात्रा रोकिँदैन : प्रधानमन्त्री ओली
समृद्धि र विकासको यात्रा रोकिँदैन : प्रधानमन्त्री ओली प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई कमजोर पारेर समृद्धि र विकासको यात्रा रोक्ने प्रयास सफल नहुने बताएका छन्।
Weather Update