Shittalpati
पाल्पाको तिनाउमा सडेको अवस्थामा बेवारिसे शव फेला 
पाल्पाको तिनाउमा सडेको अवस्थामा बेवारिसे शव फेला  जिल्लाको तिनाउ गाउँपालिकामा  सडेको अवस्थामा बेवारिसे शव फेला परेको छ ।  तिनाउ गाउँपालिका– ३ तिलोत्तमा सामुदायिक जङ्गलमा रहेको आँपखोलाको किनारमा आज एक पुरुषको शव फेला परेको हो ।
रामपुरका वडामा मेलमिलाप केन्द्रको अनुगमन
रामपुरका वडामा मेलमिलाप केन्द्रको अनुगमन जिल्लाको रामपुर नगरपालिका भित्रका वडाहरुमा मेलमिलाप केन्द्रको अनुगमन गरिएको छ । नगरपालिकाको न्यायीक समितिले वडामा रहेका मेलमिलाप केन्द्रमै पुगेर मेलमिलापको प्रक्रिया र मेलमिलाप केन्द्रको अनुगमन थालेको हो ।
लुम्बिनी प्रदेशका तराई भेगमा तातो लहर चल्ने पूर्वानुमान
लुम्बिनी प्रदेशका तराई भेगमा तातो लहर चल्ने पूर्वानुमान हाल मुलुकमा स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले उच्च पहाडी तथा हिमाली भेगबाहेक देशका अधिकांश भागमा तापक्रम बढ्ने बताएको छ ।
कश्मीर आक्रमणपछि भारतको कडा प्रतिक्रियास् पाकिस्तानसँगको जलसम्झौता र कूटनीतिक सम्बन्ध स्थगित
कश्मीर आक्रमणपछि भारतको कडा प्रतिक्रियास् पाकिस्तानसँगको जलसम्झौता र कूटनीतिक सम्बन्ध स्थगित भारतले जम्मु(कश्मीरमा सर्वसाधारणमाथि भएको जघन्य आक्रमणपछि पाकिस्तानमाथि गम्भीर आरोप लगाउँदै बुधबार विभिन्न कडा कूटनीतिक कदमहरू सार्वजनिक गरेको छ। भारतले पाकिस्तानले सीमा(पार आतंकवादु लाई समर्थन गरिरहेको आरोप लगाउँदै यो प्रतिक्रिया दिएको हो।
तुलसीपुरमा जग्गा नापनक्साङ्कनको  काम पुनः सुरु
तुलसीपुरमा जग्गा नापनक्साङ्कनको  काम पुनः सुरु दाङको तुलसीपुर उपमहानगरपालिकाले भूमिहीन, सुकुम्बासी, अव्यवस्थित बसोबासीको जग्गा नाप नक्साङ्कनको काम सुरु गरेको छ । राष्ट्रिय भूमि आयोग दाङको समन्वयमा उपमहानगरले आजदेखि जग्गाको काम थालेका  हो । तुलसीपुर उपमहानगरपालिका भूमि शाखाका अमिन रितेश बस्नेतले यस अघि वडा नम्बर ६मा एक हजार २६५ कित्ताको पाँच लाख ३४ हजार ९८९। ८७ वर्ग...
लोकतन्त्रका १९ वर्ष : नागरिकमा व्याप्त निराशा
लोकतन्त्रका १९ वर्ष : नागरिकमा व्याप्त निराशा मुलुकमा लोकतन्त्र बहाली भएको १९ वर्ष पुगेको छ । जनआन्दोलनको बलमा लोकतन्त्र स्थापना भएको थियो । नेपाली काँग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा भएको आन्दोलनमा लाखौँ मानिस सडकमा उत्रिएपछि २०६३ सालमा आजैका दिन संसद् पुनःस्थापनासहित जनताले अधिकार पाएका थिए । जनताले जितेको दिन । देशभरका सडकमा लोकतन्त्रको नारा लागेको दिन ...
आजदेखि विश्व खोप सप्ताह सुरू
आजदेखि विश्व खोप सप्ताह सुरू विश्व खोप सप्ताह आजदेखि सुरु भएको छ । हरेक वर्ष अप्रिल महिनाको अन्तिम हप्तालाई विश्व खोप सप्ताहको विश्वव्यापीकरण खोप समुदायले मनाउने गर्दछन् । यस वर्ष २०२५ को विश्व खोप सप्ताह अप्रिल २४ देखि ३० सम्म विश्वभरि विभिन्न कार्यक्रमहरू गरेर मनाइँदै छ ।
प्रधानमन्त्री ओलीले शिक्षामन्त्री भित्र्याए, सिचाँइ राज्यमन्त्री हटाए
प्रधानमन्त्री ओलीले शिक्षामन्त्री भित्र्याए, सिचाँइ राज्यमन्त्री हटाए प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा मन्त्री भित्र्याएका छन् भने ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीलाई हटाएका छन् । उनले बुधबार एकै दिन एक मन्त्रीको नियुक्ती र एक मन्त्रीको बर्खास्त गरेका हुन् ।
जम्मू–कश्मीरमा मारिएका नेपाली बुटवलका युवक
जम्मू–कश्मीरमा मारिएका नेपाली बुटवलका युवक भारतको जम्मू–कश्मीरको पहलगाममा मंगलबार गरिएको आतंकवादी आक्रमणमा परी मृत्यु हुने नेपाली बुटवलका एक युवक भएको पुष्टि भएको छ ।
अवरुद्ध नारायणगढ–बुटवल सडक खुल्यो
अवरुद्ध नारायणगढ–बुटवल सडक खुल्यो सुक्खा पहिरोका कारण अवरुद्ध भएको नारायणगढ–बुटवल सडक दुईतर्फी सञ्चालनमा आएको छ ।
बालमैत्री घोषणाको तयारीमा रामपुर नगरपालिका
बालमैत्री घोषणाको तयारीमा रामपुर नगरपालिका जिल्लाको रामपुर नगरपालिकाले बालमैत्री स्थानीय शासन घोषणा गर्ने तयारीलाई तिव्रता दिएको छ । नगरपालिकाले आगामी २०८३ साल मंसिर ५ गते बालमैत्री घोषणा गर्ने गरी तयारीलाई तिव्रता बनाएको हो ।
गंगादेवीको हत्यामा संलग्न तीन जनालाई जन्मकैदको फैसला
गंगादेवीको हत्यामा संलग्न तीन जनालाई जन्मकैदको फैसला जिल्ला अदालत गुल्मीले गंगादेवी शेरचनको हत्यामा संलग्न तीन जनालाई जन्मकैदको फैसला सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश युवराज गौतमको इजलासले धुलिखेल नगरपालिका–७, काभ्रेका शिवबहादुर तामाङ, बडीगाड गाउँपालिका–७, बागलुङका थमनबहादुर घर्ती र मकवानपुर घर भई चन्द्रागिरी नगरपालिका–१०, काठमाडौँ बस्ने लोकबहादुर दर्लामीलाई जन्मकैदको फैसला सुनाएको हो ।
Weather Update