पाल्पा कोरोना अपडेट : शनिबार १ सय ४१ संक्रमित निको भए
शनिबार, जेठ ८, २०७८
माथागढीले जेठ २५ मा वार्षिक परीक्षाफल प्रकाशन गर्ने
शनिबार, जेठ ८, २०७८
जिल्लाको माथागढी गाउँपालिकामा चालू शैक्षिक सत्रमा बाँकी रहेको विद्यालय तहको वार्षिक परीक्षा नहुने भएको छ । कोरोना संक्रमण बढ्दै गएपछि माथागढीका सामुदायिक तथा संस्थागत विद्यालय वैशाख १४ गतेबाट पूर्णतः बन्द गरिएका छन् ।
आज जैविक विविधता दिवस
शनिबार, जेठ ८, २०७८
आज अन्तर्राष्ट्रिय जैविक विविधता दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईदैछ । जैविक विविधताका मुद्दाप्रतिको बुझाई र सचेतना वृद्धि गर्ने उद्देश्यले संयुक्त राष्ट्रसंघको आहवानमा हरेक वर्ष मे २२ तारिखमा यो दिवस मनाउने गरिएको छ ।
कोरोना प्रभाव : बुद्ध जयन्तीमा सुनसान लुम्बिनी
शनिबार, जेठ ८, २०७८
हरेक वर्ष बुद्ध जयन्ती नजिकिँदै जाँदा लुम्बिनीमा विशेष चहलपहल हुन्थ्यो । लुम्बिनी विकास कोषले बुद्ध जन्मस्थलमा विशेष कार्यक्रम गर्न दुई महिना अगाडि देखि नै उपसमिति बनाएर तयारी शुरु गथ्र्यो ।
प्रतिनिधिसभा फेरी विघटन, कात्तिक २६ र मङ्सिर ३ मा निर्वाचन हुने
शनिबार, जेठ ८, २०७८
प्रधानमन्त्री केपी ओलीको सिफारिसमा मध्यरातमा फेरि प्रतिनिधिसभा विघटन भएको छ । शुक्रबार राति आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएर ओलीले १२ः५० मा प्रतिनिधिसभा विघटनका लागि गरेको सिफारिस राष्ट्रपति विद्यादेवी भण्डारीले एक घण्टापछि १ बजेर ४९ मिनेटमा घोषणा गरेकी हुन् ।
.
गुल्मी कोरोना अपडेट : एकै दिन दुई संक्रमितको मृत्यु
शुक्रबार, जेठ ७, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय गुल्मीका अनुसार बैशाख २९ गते कोरोना संक्रमण पुष्टि भएका रेसुंगा नगरपालिका –१० का २९ वर्षीय पुरूषको लुम्बिनी मेडिकल कलेजमा मृत्यु भएको हो ।
प्रधानमन्त्रीमा ओलीको पनि दाबी
शुक्रबार, जेठ ७, २०७८
नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले पनि प्रधानमन्त्रीमा आफ्नो पनि दाबी प्रस्तुत गरेका छन् ।
पाल्पामा निको हुने संक्रमित बढ्दै, शुक्रबार मात्र १ सय ७४ डिस्चार्ज
शुक्रबार, जेठ ७, २०७८
जिल्लामा पछिल्लो केही दिन यता कोरोना संक्रमितहरु निको हुने संख्या बढ्दै गएको छ । कोरोना संक्रमणको दर नघटे पनि निको हुनेको दर भने दैनिक रुपमा बढ्दै गएको छ । शुत्रबारमात्र जिल्लामा १ सय ७४ जना कोरोना संक्रमित निको भएका छन् ।
बिहे भोजपछि फैलियो कोरोना, एकै गाउँका दुईको मृत्यु, ७४ संक्रमित
शुक्रबार, जेठ ७, २०७८
गुल्मीको कालीगण्डकी मा बिहे भोजपछि फैलिएको कोरोनाबाट दुई जनाको मृत्यु भएको छ भने ७४ जनामा संक्रमण देखिएको छ । कालीगण्डकी गाउँपालिका ५ मा गत वैशाख १८ गते गरिएको बिहे भोजपछि गाउँलेलाई कोरोनाका मिल्दाजुल्दा लक्षण देखिन थालेका थिए ।
राष्ट्रियसभा निर्वाचनःगृहमन्त्रीलाई हराउदै स्वतन्त्र उम्मेदवार देवकोटा विजयी
बिहीबार, जेठ ६, २०७८
बागमती प्रदशेसमा सम्पन्न राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवार डा. खिमलाल देवकोटा विजयी भएका छन् ।
सात मन्त्रीको पद सर्वोच्चद्वारा खारेज
बिहीबार, जेठ ६, २०७८
सर्वोच्च अदालतले वर्तमान सरकारमा रहेको गैर सांसद सात मन्त्रीको पद खारेज गरेको छ । बिहीबार प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासले गृहमन्त्री रामबहादुर थापासहित गैर सांसद सात मन्त्रीको निरन्तरतालाई असंवैधानिक ठहर गर्दै अन्तरिम आदेश दिएको हो ।
पाल्पामा विहीबार थप १ सय १० जना कोरोना संक्रमित निको भए
बिहीबार, जेठ ६, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा १ सय १० जना कोरोना संक्रमित निको भएका छन् । विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका ४३ जना महिला र ६७ जना पुरुषले कोरोना जितेका हुन् ।


-1762576335.jpg)