Shittalpati
माथागढीमा उद्यमशिलता विकास तालिम

पाल्पा, जिल्लाको माथागढी गाउँपालिकामा उद्यमशिलता विकास तालिम दिइएको छ । गाउँपालिकाले ‘स्थानीय स्रोत साधनको सदुपयोग गरौं सीप सिकौ आत्मनिर्भर बनौं’ भन्ने उद्देश्यका साथ गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम अन्तर्गत ७ दिने उद्यमशिलता विकास तालिम दिएको हो । कसेनीमा भएको तालिमको एक औपचारिक कार्यक्रमका बिच समापन गरिएको छ । गाउँपालिका अध्यक्ष सन्तोषकुमार थापाले तालिमको समापन गरेका हुन् ।

मेडपा तालिमको समापन गर्दै अध्यक्ष थापाले गाउँपालिकामा इच्छाशक्ति भएका बेरोजगारी व्यक्तिहरुलाई जीवनस्तर कसरी माथी उकास्न सकिन्छ र कसरी रोजगार मुलक बनाउन सकिन्छ भन्ने तर्फ गाउँपालिका लागेको बताए । मानिस उद्यमी बन्नका लागि मेहनतसँगै नयाँ प्रविधिमैत्री काम गर्नुपर्ने, निर्वाहमुखिभन्दा व्यवसायीकर्ता तर्फ लाग्नुपर्नेमा जोड दिए । उनले गाउँपालिकालाई आवश्यकपर्ने उद्यमीहरू जन्माउने कार्यलाई अभियानको रूपमा लैजाने भन्दै परम्परागत शैलीको कृषि प्रविधिलाई परिवर्तन गरी युवाहरुलाई आकर्षित ज्ञान र सीप दिएर व्यवसायतिर प्रेरित गर्नुपर्ने बताए । गाउँपालिका उपाध्यक्ष निर्मला भट्टराईले तालिममा सिकेका कुराहरु व्यवहारमा लागु गरेर आयआर्जन बढाउन आग्रह गरिन् । उनले सिकेको सीपको व्यवहारमा कार्यान्वयन नगरे तालिमको कुनै औचित्य नहुने धारणा व्यक्त गरिन् । ३ का वडा अध्यक्ष दिपक थापाले तालिममा सहभागी सबैलाई व्यवसायिकतातर्फ लाग्न तालिममा सहभागीलाई आग्रह गरे ।

पालिकाको लगानीलाई सदुपयोग गर्दै तालिमबाट सिकेका विषयवस्तुहरुलाई व्यवहारमा लागु गरी त्यसलाई आयआर्जनतर्फ रुपान्तरण गर्न उनले सुझाव दिए । तालिममा सहभागी चिन्तना चिदी, गोमा बगाले, मंगली कुमालले उद्यमीहरुले आफुले सिकेको सीपलाई सहि ढ·ले प्रयोग गरेर व्यवसायिक रुपमा अघि बढ्ने बताए । तालिममा व्यवसाय के हो ? व्यवसायको महत्व किन ?, लघु उद्यम भनेको के हो ?, सफल उद्यमीका विशेषताहरू, लक्ष्य निर्धारण, सिर्जनशीलता, व्यावसायिक अवसरका पहिचान गर्ने आधारहरू, व्यवसायको प्रारम्भीक छनोट गर्ने आधारहरू, व्यवसायको अन्तिम छनोट, बजार र बजारीकरण, व्यावसायिक योजना र लै·िक समनाता लगायतका विषयमा प्रशिक्षण दिइएको थियो । उद्यमशील विकास सहजकर्ता कौशिला सुनार, ओसमा ओली, नारायणी सारु र यमाकुमारी चौहानले सहजीकरण गरेका थिए ।

प्रकाशित मिति: सोमबार, माघ २४, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update