Shittalpati
तानसेनमा बेहोस अवस्थामा फेला परेका मगन्तेको मृत्यु

पाल्पा,  जिल्लाको सदरमुकाम तानसेनमा बेहोस अवस्थामा फेला परेका एक मगन्तेको मृत्यु भएको छ । तानसेनस्थित बसपार्कमा बेहोस अवस्थामा फेला परेका अर्घाखाँची छत्रदेव गाउँपालिका -४ का ५२ वर्षीय गणेश परियारको मृत्यु भएको हो ।

उनी शनिबार विहान बसपार्कस्थित भित्तामा आड लगाई घोप्टो परी बसिरहेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । खबर लगत्तै अस्थायी प्रहरी विट बसपार्क र जिल्ला प्रहरी कार्यालयबाट गएको प्रहरी टोलीले उनको उद्दार गरी जिल्ला अस्पताल पठाईएकोमा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मण पचाभैयाले जानकारी दिए । मृतक परियार विगत लामो समयदेखि तानसेन बजारमा मागी खाँदै हिडेको बताइएको छ ।

प्रकाशित मिति: शनिबार, माघ २२, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update