Shittalpati
पाल्पा प्रशासनले आइतबारदेखि सेवा दिने

पाल्पा, जिल्ला प्रशासन कार्यालय पाल्पाले भोलि आइतबारदेखि सेवा दिने भएको छ । कार्यालयका कर्मचारीमा कोभिड संक्रमण देखिएपछि बन्द रहेको जिल्ला प्रशासन कार्यालयको सेवा अब नियमित सञ्चालन हुने भएको हो ।

कार्यालयका केही कर्मचारीहरुमा संक्रमण पुष्टि भएपछि प्रशासनले अन्य कर्मचारी र सेवाग्राहीहरुमा पर्न सक्ने जोखिमलाई मध्यनजर गर्दै माघ १४ गतेदेखि सेवा स्थगन गरेको थियो । संक्रमणका कारण बन्द रहेका जिल्ला प्रशासन कार्यालय, ईलाका प्रशासन कार्यालय रामपुर तथा जिल्ला निर्वाचन कार्यालय पाल्पाले आइतबारदेखि सेवा नियमित गर्ने भएका हुन् ।

जिल्ला प्रशासन कार्यालयले शुक्रबार एक सूचना जारी गर्दै मतदाता नामावली संकलनको कार्य समेत नियमित हुने जनाएको छ । सेवाग्राहीले सेवा लिन आउदा स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्नुपर्ने तथा कोभिड १९ विरुद्धको खोपकार्ड, प्रतिलिपि वा मोबाइलमा खिचेको फोटो साथमा लिएर आउनसमेत प्रशासनले सबैमा आग्रह गरेको छ ।

 

प्रकाशित मिति: शनिबार, माघ २२, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update