झोलुङ्गे पुलले विद्यार्थी आवतजावतमा सहज
बिहीबार, असार ५, २०८२
कृषि सामग्री ढुवानी गर्न किसानलाई ठेलागाडा सहयोग
बिहीबार, असार ५, २०८२
कृषि सामग्री ओसारपसारका लागि किसानलाई ठेला गाडा वितरण गरिएको छ । रामपुर नगरपालिका– ६ नम्बर वडा कार्यालयले कृषि प्रवद्र्धन तथा किसान सम्मान कार्यक्रम अन्तरगत वडाभित्रका कृषि तथा पशुपालक किसानलाई ठेला गाडा उपलब्ध गराएको छ ।
मिथ्या सूचना विरुद्ध विद्यार्थीलाई शिक्षा
बिहीबार, असार ५, २०८२
अधिकाश व्यक्तिहरुले इन्टरनेट तथा सामाजिक सञ्जालमा आउने सूचनाहरुलाई आधिकारीक सूचना मानेर पत्याउने गरेका छन् । पछिल्लो समयमा विभिन्न सामाजिक सञ्जाल तथा इन्टरनेटहरुमा गलत सूचना फैलाएर आफ्नो फाईदा लुट्ने समूहहरु बढेका छन् ।
कोदो, मकै छाडेर किबीखेतीतर्फ आकर्षण
बिहीबार, असार ५, २०८२
सत्यवति गाउँपालिका–८ भार्षेेका यमबहादुर थापा यतिबेला व्यावसायिक रुपमा किबीखेती गरेर राम्रो आम्दानी गर्न थालेका छन् । परम्परागत रुपमा कोदो र मकै उत्पादन हुँदै आएको उनको बारी यतिबेला किबीका बोटले ढपक्कै ढाकेको छ । थापाले किबीखेती गरेर वार्षिक छ लाखभन्दा बढी आम्दानी गर्दै आएका छन् ।
आज द्वन्द्वमा यौन हिंसा उन्मूलनको लागि अन्तर्राष्ट्रिय दिवस
बिहीबार, असार ५, २०८२
आज जुन १९ अर्थात् द्वन्द्वमा यौन हिंसा उन्मूलनको लागि अन्तर्राष्ट्रिय दिवस । यो दिवस नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदै छ । २०१५ जुन १९ मासंयुक्त राष्ट्र संघको महासभाले प्रत्येक वर्षको जुन १९ लाई द्वन्द्वमा हुने यौन हिंसाको उन्मूलनको लागि अन्तर्राष्ट्रिय दिवस मनाउने घोषणा गरेको थियो ।
कोदो र मकैखेती छाडेर किबीखेतीमा आकर्षण बढ्दै
बुधबार, असार ४, २०८२
सत्यवति गाउँपालिका–८ भार्र्षेका यमबहादुर थापा यतिबेला व्यावसायिक रुपमा किबीखेती गरेर राम्रो आम्दानी गर्न थालेका छन् । परम्परागत रुपमा कोदो र मकै उत्पादन हुँदै आएको उनको बारी यतिबेला किबीका बोटले ढपक्कै ढाकेको छ । उनले किबीखेती गरेर वार्षिक रु छ लाखभन्दा बढी आम्दानी गर्दै आएका छन् ।
कृषि उत्पादन वृद्धि गर्न साना किसानहरुको पहुँच बैंकसम्म पुर्याउनुपर्नेमा जोड
बुधबार, असार ४, २०८२
कृषि उत्पादन वृद्धिका लागि साना किसानहरुको पहुँच बैंकसम्म पुर्याउनुपर्ने एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । उनीहरुले साना किसानहरुको पहुँच बैंकसम्म पुर्याई लगानीलाई सरल र सहज बनाउन सके कृषि उत्पादन बढाउन सकिनेमा जोड दिएका हुन् ।
रामपुरका विद्यार्थीहरुलाई निःशुल्क चस्मा
बुधबार, असार ४, २०८२
जिल्लाको रामपुर नगरपालिकाभित्र रहेका आवासीय विद्यालयका विद्यार्थीहरुलाई निःशूल्क चस्मा वितरण गरिएको छ । कालिगण्डकी आँखा उपचार तथा सर्जिकल सेन्टर रामपुरले रामपुर नगरपालिका र सेवा फाउण्डेशनको आर्थिक सहयोगमा निःशुल्क चस्मा वितरण गरेको हो ।
जलवायु परिवर्तनका असर घटाउन किसानलाई सचेत गराइँदै
मंगलबार, असार ३, २०८२
जलवायु परिवर्तनका असर न्युनिकरण गर्न उपभोक्तालाई सचेत गराइएको छ । रामपुरमा कृषक पाठशाला सञ्चालन गरी यहाँका उपभोक्तालाई जलवायु उत्थानशील समुदाय र पारिस्थितिकीय प्रणालीका सम्बन्धमा प्रशिक्षण दिइएको छ ।
अवरुद्ध कालीगण्डकी करिडोर अझै खुलेन
मंगलबार, असार ३, २०८२
पहिरोका कारण अवरुद्ध भएको कालीगण्डकी करिडोर सडक अझै सञ्चालन हुनसकेको छैन । कालीगण्डकी करिडोर सडकको गुल्मी खण्डअन्तर्गत कालीगण्डकी गाउँपालिका–६ स्थित बरल्बा भन्ने स्थानमा सोमबार दिउँसो सडकमा चट्टानसहितको पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध बनेको थियो ।
आज विश्व खडेरीविरुद्धको संघर्ष दिवस
मंगलबार, असार ३, २०८२
विश्व मरुभूमीकरण तथा खडेरीविरुद्धको संघर्ष दिवस आज विभिन्न कार्यक्रम गरी मनाईँदैछ । बढ्दो मरुभूमीकरण र खडेरीविरुद्ध विश्व समूदायमा जनचेतना फैलाउन र ऐक्यवद्धता कायम गर्नका लागि सन् १९९५ देखि हरेक वर्ष जुन १७ का दिन विश्वभर यो दिवस मनाउने गरिएको हो ।
पाल्पा जिप दुर्घटना : मृतक थप एक जनाको सनाखत (अपडेट)
मंगलबार, असार ३, २०८२
जिल्लाको पूर्वखोला गाउँपालिका–५, वीरकोटस्थित आर्यभञ्ज्याङ रामपुर कच्ची सडक खण्डमा सोमबार बेलुकी भएको जिप दुर्घटनामा मृत्यु भएका थप एकजनाको सनाखत भएको छ ।
पाल्पामा बोलेरो दुर्घटना : दुई जनाको मृत्यु, एक घाइते
सोमबार, असार २, २०८२
जिल्लाको पूर्वखोला गाउँपालिकामा बोलेरो पिकअप गाडी दुर्घटना भएको छ । पूर्वखोला गाउँपालिका –५ वीरकोटस्थित आर्यभञ्ज्याङ रामपुर कच्ची सडक खण्डमा आर्यभञ्ज्याङदेखि रामपुरतर्फ जाँदै गरेको अण्डा लोड गरेको लु १ च ६७५६ नम्बरको बोलेरो पिकअप गाडी आज साँझा दुर्घटना भएको हो ।


