Shittalpati
नेपाल-चीन सिमानामा ७ म्याग्निच्युडको भूकम्प
नेपाल-चीन सिमानामा ७ म्याग्निच्युडको भूकम्प आज बिहान नेपालमा महसुस भएको भूकम्पको केन्द्रविन्दु नेपाल-चीन सीमाना तिप्बतको दिंगे कान्टीमा रहेको पुष्टि भएको छ । खानी तथा भूगर्भ विभागका अनुसार उक्त क्षेत्रमा ७ म्याग्निच्युडको भूकम्प गएको हो ।
काठमाडौंमा भूकम्पको धक्का
काठमाडौंमा भूकम्पको धक्का
आँधीखोलामा तटबन्ध निर्माण
आँधीखोलामा तटबन्ध निर्माण नदीकटान नियन्त्रण गर्न आँधीखोलामा तटबन्ध निर्माण प्रारम्भ भएको छ । गण्डकी प्रदेश ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको अनुदानमा सञ्चालित योजनामार्फत चार किलोमिटर तटबन्ध निर्माण प्रारम्भ भएको हो ।
लुम्बिनीका अस्पतालमा शुल्कसहितको नागरिक बडापत्र
लुम्बिनीका अस्पतालमा शुल्कसहितको नागरिक बडापत्र लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले प्रदेशको स्वास्थ्य क्षेत्र सुधारमा सक्रियता देखाएका छन् । लुम्बिनी प्रदेशमा चेतनारायण आचार्यको नेतृत्वको सरकारमा रहेका सारुले शपथ लिएदेखि नै स्वास्थ्य क्षेत्रलाई व्यापक सुधार गर्ने गरी सक्रिय रुपमा लागेका हुुन् ।
क्याम्पसको लापरवाहीले विद्यार्थीको नतिजा रोकियो
क्याम्पसको लापरवाहीले विद्यार्थीको नतिजा रोकियो नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा रहेको सिद्धान्त क्याम्पसका विद्यार्थीको नतिजा क्याम्पसको लापरबाहीका कारण रोकिएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय रापुरबाट सम्बन्धन लिएर सञ्चालनमा आएको क्याम्पसका स्नातक आठौँ सत्रहान्त (सेमिस्टर)का विद्यार्थीको नतिजा रोकिएको हो ।
सोमबारदेखि वर्षा र हिमपातको पूर्वानुमान
सोमबारदेखि वर्षा र हिमपातको पूर्वानुमान पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावले देशका अधिकांश स्थानमा बदली रहेको छ ।
बस दुर्घटनामा छ जनाको मृत्यु
बस दुर्घटनामा छ जनाको मृत्यु उत्तरपश्चिम पेरुमा एउटा बस नदीमा खस्दा कम्तीमा छ जनाको मृत्यु तथा १७ जना बेपत्ता भएका छन् । अधिकारीहरूका अनुसार बस बिहीबार साँझ लिमाबाट उत्तरी पेरुको पोमाबाम्बाका लागि छुटेको थियो ।
पत्रकार महासंघ पाल्पाले मनायो ३३ औं स्थापना दिवस 
पत्रकार महासंघ पाल्पाले मनायो ३३ औं स्थापना दिवस  नेपाल पत्रकार महासंघ पाल्पा शाखाले आफ्नो ३३ औं स्थापना दिवस मनाएको छ । महासंघले शुक्रबार तानसेनको ऐतिहासिक पर्यटकीयस्थल श्रीनगरडाँडामा अन्तक्र्रिया तथा वनभोज कार्यक्रम गरी दिवस मनाएको हो ।
अर्याललाई  ‘मुक्तिनाथ उत्कृष्ट कृषि पत्रकारिता’ पुरस्कार 
अर्याललाई ‘मुक्तिनाथ उत्कृष्ट कृषि पत्रकारिता’ पुरस्कार   पाल्पाली क्रियाशिल पत्रकार माधव अर्याल ‘मुक्तिनाथ उत्कृष्ट कृषि पत्रकारिता’ पुरस्कारबाट छनोट भएका छन् । मुक्तिनाथ विकास बैंकले प्रदान गर्ने उत्कृष्ट कृषि पत्रकारिता पुरस्कारबाट  अर्याल छनोट भएका हुन् । 
बाँकेमा एक सय ४६ जनामा कुष्ठरोग
बाँकेमा एक सय ४६ जनामा कुष्ठरोग बाँके जिल्लामा एक सय ४६ जना नयाँ कुष्ठरोगका बिरामी फेला परेका छन् । साइनिङ अस्पताल आइएनएफ बाँकेले आर्थिक वर्ष २०८०/८१ मा एक सय ४६ जना नयाँ कुष्ठरोगी पहिचान गरी उपचारका लागि विभिन्न स्वास्थ्य संस्थामा रेफर गरिएको जनाएको छ । 
Weather Update