निर्वाचनको चटारो
बुधबार, चैत १६, २०७८

सहायताको सही उपभयोग गरौं
मंगलबार, चैत १५, २०७८
साधनको सीमितता सर्वमान्य तथ्य हो भने आवश्यकताको असीमितता पनि अर्को यथार्थ हो । यी दुई तथ्यबीचमा उत्पन्न हुने लगानी बचत ज्ञान सीप र व्यवस्थापनजन्य कमी वा ग्याप पूर्ति गर्न नेपाललगायत अल्पविकसित र विकासोन्मुख मुलुकहरूमा विकसित मुलुक वा दातृ निकायबाट प्रवाह हुने स्रोत, साधन, ज्ञान, सीप र व्यवस्थापकीय औजारहरू वैदेशिक सहायता...

पर्यटन विस्तारमा जोड देऊ
सोमबार, चैत १४, २०७८
कोरोना महामारीका कारण नराम्ररी थलिएको देशको पर्यटन क्षेत्र विस्तारै तङ्ग्रिँदैछ । कोभिडको तेस्रो लहरसम्म आइपुग्दा महामारीले गाजेको पर्यटन क्षेत्रमा अहिले केही सकारात्मक संकेतहरु देखिन थालेका छन् । विगत दुई वर्षदेखि सुस्ताएको पर्यटन क्षेत्रमा अहिले बिस्तारै चहलपहल देखिन थालेको छ ।

इमान्दार र सक्षम व्यक्तिलाई जिताऔं
आइतबार, चैत १३, २०७८
स्थानीय तहको निर्वाचन नजिकिँदै छ । राजनीतिक दलका नेताहरुले आ–आफ्ना चुनावी अभियानलाई व्यापक बनाएका छन् । अहिले नै उम्मेदवार तय नभए पनि पार्टीलाई जिताउन राजनीतिक दलहरु कम्मर कसेर लागेका छन् । उनीहरु अहिले मतदातालाई रिझाउनमै व्यस्त छन् । यो समय भनेको आमनागरिकले आफ्नो मत सही ठाउँमा उपयोग गर्ने हो ।

आचार संहिताको अनुचित विरोध
शनिबार, चैत १२, २०७८
स्थानीय तहको निर्वाचन मिति नजिकिदै छ । निर्वाचन आयोगले पनि निर्वाचनको तयारीलाई अगाडि बढाएको छ । उसले आचारसंहिता समेत सार्वजनिक गरिसकेको छ ।

विभेदको अन्त्य गरौं
शुक्रबार, चैत ११, २०७८
नेपाली समाजमा अझै पनि जातिय र लैङ्गिक विभेद कायमै छ । गणतन्त्र स्थापना भएसँगै केही मात्रामा कमी आएको देखिए पनि त्यसको न्यूनीकरण भने हुनसकेको छैन । जातीय आधारमा अहिले पनि छुवाछूतजन्य संस्कार समाजमा स्थापितरुपमै विद्यमान छ । बारम्बार प्रकट हुने घटना र त्यसबाट भड्किँदो हिंसारुपी ज्वालाले अझै पनि समाजलाई विभाजित...

पर्यटक लोभ्याउने गुल्मीको धुवाखोला होमस्टे
बिहीबार, चैत १०, २०७८
गुल्मीको पूर्तिघाटबाट माथि करिव १० किलो मिटर धुवाखोला होमस्टे पर्दछ । मिति २०७४/०४/०५ मा स्थापना होमस्टे गुल्मी जिल्लाकै प्रख्यात होमस्टे हो । यहाँ मगर जातिको बाहुल्यता भएपनि यो होमस्टे गुरुङ्ग समुदायले चलाएका छन् । गुरुङ्ग समुदायले स्थापना गरेको यस होमस्टेमा कल्चरमा रोधी, गुरुङ्ग खानाका परिकार ढेडो, कोदोको सेल, गुन्द्रुक अचार,...

क्षयरोग दिवसको सान्दर्भिकता
बिहीबार, चैत १०, २०७८
हरेक वर्षको मार्च २४ मा अन्तर्राष्ट्रिय क्षयरोग दिवस मनाउने गरिन्छ । आज पनि विभिन्न सचेतनाका कार्यक्रम गरी यो दिवस मनाइँदै छ । नेपालमा क्षयरोग एक प्रमुख जनस्वास्थ्य समस्याको रुपमा रहेको छ । क्षयरोग माइक्रोव्याटेरियल टयूवरकुलाई भन्ने व्याक्टेरियाको संक्रमणबाट हुने सरुवा रोग हो ।

बेरोजगारीको डर लाग्दो दृश्य
बुधबार, चैत ९, २०७८
स्थानीय तहको निर्वाचनका लागि चैत ६ गतेदेखि म्यादी प्रहरीको भर्ना सुरु भएको छ । देशभरका जिल्ला प्रहरी कार्यालयमा म्यादी प्रहरीमा भर्ना हुन युवा पुस्ताको लर्को छ । डेढ महिने रोजगारीका लागि आवेदन दिन सयौं युवा चर्को घाममा लामबद्ध देखिन्छन् ।

निर्वाचन खर्चिलो नबनाऔं
मंगलबार, चैत ८, २०७८
जनतामा निहित सार्वभौम अधिकारको प्रयोग गर्ने लोकतान्त्रिक अधिकार नै निर्वाचन वा प्रतिनिधित्व प्रणाली हो । निश्चित भूगोलभित्र बस्ने सार्वभौम जनताले आफ्नो विचार निकट भएका राजनैतिक दललाई मतदानमार्फत समर्थन गर्छन् । लोकतन्त्रलाई बलियो र परिपक्व बनाउन निर्वाचन आवश्यक छ । तर त्यही निर्वाचन पछिल्लो समय महँगो हुँदै गएको छ ।

आयुर्वेदको विकासमा ध्यान देऊ
सोमबार, चैत ७, २०७८
पछिल्लो समयमा आयुर्वेदिक उपचारमा नागरिकको आकर्षण बढ्दै गएको छ । आयुर्वेदिक उपचारले साइड इफेक्ट पनि नहुने भएकाले यसतर्फ नागरिकको आकर्षण बढ्दै गएको हो ।

पर्यटन क्षेत्रमा अब्बल कचल
आइतबार, चैत ६, २०७८
पाल्पा जिल्ला आफैमा ऐतिहासिक र पर्यटकीय जिल्ला हो । यहाँ थुप्रै पर्यटकीय स्थलहरु रहेका छन् । जिल्लाका साविकका गा.वि.स. हालका वडाहरु अझ पर्यटकीय आकर्षित स्थलहरु बन्दै गएका छन् । हुन त ति गाउँहरु ऐतिहासिक गाउँ हुन् । पहिला अध्यारोमा परेका गाउँहरु अहिले उज्यालोमा परिणत भएका छन् ।

मनपरी मूल्यवृद्धि रोक
आइतबार, चैत ६, २०७८
नेपाली बजारमा यतिबेला खाद्यान्नदेखि इन्धनको मूल्य अचाक्ली वृद्धि भएको छ । रुस र युक्रेनमा भएको द्धन्द्धको मौका छोपी व्यापारीहरुले हरेक उपभोग्य सामानमा अस्वभाविक मूल्यवृद्धि गरेका छन् ।