Shittalpati
पर्यटन क्षेत्रमा अब्बल कचल

जीवलाल सुवेदी

पाल्पा जिल्ला आफैमा ऐतिहासिक र पर्यटकीय जिल्ला हो । यहाँ थुप्रै पर्यटकीय स्थलहरु रहेका छन् । जिल्लाका साविकका गा.वि.स. हालका वडाहरु अझ पर्यटकीय आकर्षित स्थलहरु बन्दै गएका छन् । हुन त ति गाउँहरु ऐतिहासिक गाउँ हुन् । पहिला अध्यारोमा परेका गाउँहरु अहिले उज्यालोमा परिणत भएका छन् । पाल्पाको तिनाउ गाउँपालिका भित्र रहेको एक वडा हो कचल । नामै सुन्दा अचम्मै लाग्ने कचल यस वडामा पुगे पछि फर्किन जो कोही पनि मान्दैनन् । हेर्दा धेरै डाँडाकाडा छ जस्तो लाग्ने तर फाँटैफाँट । जहाँ कृषि योग्य जमिन पनि छ । यहाँ ८० प्रतिशत नागरिक कृषि पेशामा संलग्न छन् ।

पाल्पा जिल्लाको सदरमुकामबाट भन्दा बुटवलबाट सजिलै जान आउन सहज हुने कचल क्षेत्र पर्यटकीय सम्भावना बोकेको क्षेत्र हो । उक्त स्थान धेरै पर्यटन क्षेत्रले भरीपूर्ण छ । त्यहाँ पुगिसके पछि हेर्न लायक थुप्रै पर्यटन स्थलहरु देख्न सकिन्छ । नाम सुन्दा पनि रमाइलो लाग्द छ । बोकसे खोला, राजा झर्ना, ओखलढुङ्गा मानव निर्मित, घाम्चलुङ, घिटीन वडार, रिङरिङ लेक, तिर्थपानी, पोखरीडाँडा, ठूलो उदान, देवीस्थान जस्ता रमणीय स्थान यहाँ देख्न पाइन्छ । त्यस्तै लेक पहाड, कतै चुच्च परेका कहिसम्म परेका यि स्थानहरु हेर्न धेरै जिल्लाहरुबाट पर्यटकहरु आउने गर्दछन् । यस क्षेत्रमा वैशाखको समयमा सरर चिसो हावासँगै हरियाली बस्न, खेल्न, हिड्दा रमाइलो लाग्ने स्थानहरु छन् । यहाँ मगर समुदायको बाहुल्यता बढी रहेको छ । सो स्थानमा सभ्य रहन, सहन आफ्नै कल्चरमा नाच गान गर्ने मगर भाषामा गित गाउने बजाउने खानामा मगर परिकार बटुक, माछा, मासु खाने प्रचलन धेरै लामो समयदेखि चल्दै आएको छ । यहाँ ८४ वर्ष पुगेर पनि हासीखुसीका साथ बस्न पुराना मानिसहरु पनि धेरै नै छन् । यहाँको मृत्युदर एकदमै कम छ । जहाँ चिसो हावा पानीसँगै गाउँमा नै उत्पादित औषधी, जदीबुटी खानाले पनि यहाँका मानिसहरु फुर्तिला देखिन्छन् । जसको नामावली लिनु पर्दा जगविर छहरी, पुनकला छहरी, टोप कुमारी रासकोटी, कर्णबहादुर पुन, खर्गा पुन, डिलबहादुर रासकोटी, चन्द्र सारु मगर, तिल कुमारी लाम्तरी, तिल कुमारी खाम्चा, यि पुराना मानिसहरुको कुराहरु सुन्न मज्जा नै आउछ । यि मानिसहरुले कहिल्यै झुट बोल्नु हुँदैन । सत्यता नै धर्म हो भन्ने कुरामा यहाँका मासिन अडिग छन् । यहाँ पञ्चायती कालदेखि गाउँ पञ्चायत बनेपछी बल्ल सहज भएको थियो । त्यो भन्दा पहिला गाउँको बैदबाट के के हो भनेर शासन चलाएको कुरा सुनाउनु हुन्छ । धेरै मानिसहरुले पहिला पञ्चायतकाकाल २०३६ सालमा गाउँका प्रधान पञ्च लाल सिंङ वुचा २ पटक निर्वाचित पञ्चायतमा पनि बहुदलमा पनि उहाँले शासन चलाए पछि धेरै विश्वास भएको र पछि ओम बहादुर घर्ति हुँदै अहिले वडा अध्यक्षमा रोम बहादुर लम्तरी हुनु भएको छ । उहाँसँग सदस्यहरु ४ जना गरी ५ जनाले वडा चलाउनु भएको छ । उहाँहरुले कचलका लागि शिक्षा, स्वास्थ्य, खानेपानी, विजुली, पर्यटन क्षेत्र निर्माण कृषि व्यवसाय र सकेसम्म आफै गाउँमा युवायुवतीलाई रोजगार दिने हेतुले विभिन्न सिपमुलक तालिमहरु सञ्चालन गर्दै आउनुभएको छ । कोभिडको समयमा पनि कोभिड आइसुलेसन निर्माण गरी प्रत्यक्ष रुपमा जनतालाई सुविधा दिएको पाईन्छ । शिक्षा क्षेत्रमा कचल अब्बलै देखिन्छ यहाँ ज्ञानेद्रिय मा.वि., युवा वर्ष मा.वि., सरस्वती आ.वि., सिद्ध आवि, जन प्रा.वि., काफल प्रा.वि. रहेका छन् । यहाँ कक्षा १२ सम्म पढ्नका लागि गाउँमै सकिने भएको छ । सो भन्दा माथिको पढाई लिनका लागि बुटवल, काठमाडांै, तानसेन जानुपर्दछ । खानेपानीका लागि पनि कचल अब्बल नै देखिन्छ । सानो रोकादी खोला खानेपानी ओल्लो खोला खानेपानी, पल्लो खोला खानेपानी, खिरो खानेपानी, करङगैरा खानेपानी, फलेडा खानेपानी, रङमाङ गैरा खापा, लाकाघाट क र ख कुम्मी कोहल सानीउदाङ, चिपिङदी पूर्वखोला, खमारे खोला लिप्टीङ ढुलीउदाङ, निर्माधानिका, चिउरीपानी लिप्टीङ, ताल कुडापानी, भुचुङ ढाडेपानी, धैयार लिप्टीङ खानेपानी रहेका छन् ।

सिचाइका लागि पनि यहाँ प्रशस्त मात्रामा छ । कचल वडामा विद्युत पनि राम्रो विस्तार भएता पनि यहाँ लगभग २५÷२६ घरमा भने अझैसम्म विद्युत पुग्न सकेको छैन् । यहाँ सोलारबाट वत्ती बालेको पाईन्छ भने अब छिटै सो ठाउँमा विद्युत पु¥याउने योजना रहेको रोम वहादुर लम्तरी बताउनु हुन्छ । यस कचल क्षेत्रमा बाहिरी जिल्लाबाट वसाईसराई नभएको पाल्पा जिल्ला भित्रका केही बसाई सराई रहेको पाईन्छ । यहाँ ५ वटा फाँटै फाँट भएको कृषि योग्य जमिन छ । जहाँ सिचाई पनि राम्रो रहेको छ । कचलफाँट, हात्तीमारा फाँट, ओखलढुङ्गा, बुढीकोट, रितु· फाँट रहेका छन् । यि फाँटहरु हेर्दा लोभलाग्दा नै देखिन्छन् । यहाँ टोल टोलमा विभिन्न ऐतिहासिक नामहरु रहेका छन् । वडापानी ताल, भुतुङ, ओखलढुङ्गा, हारघोती, वुढीकोट, काफलवारी, ठाडेर रितु·, कचलफाट, मुठिला ढुली उदाङ, डिगाधामा, रामपार्क जस्ता ठूला ठूला टोलहरु छन् । यही टोलमा मानिसहरुको बाक्लो वस्तीहरु छन् स्वास्थ्य क्षेत्रमा पनि यहाँ केही कमी देखिदैन । सामुदायीक कचल स्वास्थ्य चौकी, ओवल दङ स्वास्थ्य, झिगाभारा स्वास्थ्य रहेका छन् । यहाँबाट उपचार गर्न नसकेका विरामीहरुलाई पाल्पा तानसेनमा र बुटवल काठमाडौं पढाउने गरिन्छ । यस कचल वडा आफैमा पनि त्यसै राम्रो र सुन्दर छ । उत्पादन गरी यहाँका मानिसहरुले फापर, धान, कोदो, मकै, गँहु विभिन्न जडीवुटी लगाएर आफुले खाएर रहेको मात्र विक्री गर्दछन् भने यहाँ ८०% कृर्षिमा लागेका छन् । यहाँ सरकारी जागिर खाने १,२ वटा मात्र भेटिन्छन् । वैदेशिक रोजगारमा १५% मात्र भएको भेटिन्छ । अहिले यस गाउँमा लगभग धेरै स्थानमा कृर्षि सडक पुगेको छ । यहाँ उत्पादित वस्तुहरु वुटवल, दोभान लगेर विक्री गर्ने गर्दछन् । यहाँका वनहरु कवुलियत वन छन् यहाँ साल, सिसौ लगाएतका रुखहरु रहेका छन् । वनलाई राम्रो बनाउन विरुवाहरु हुर्काउन यहाँका समुदायहरु कम्मर कसेर लागेका छन् । यस भेगमा खानीहरु चुनढुङ्गा लगाएतका खानीहरु रहेका छन् । उक्त कचलमा पुग्न दोभान, खुर्साने, देउराली अकुरे, कचल रानी वर्गमा, झिगामारा बाट जाने नाकाहरु छन् । यस कचल खेलकुदमा पनि अब्बल छ यहाँ पुग्ने जो कोही फेरी जान खोज्छन् ।
(लेखक प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य समेत हुन् ।)

 

प्रकाशित मिति: आइतबार, चैत ६, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update