Shittalpati
बुटवलमा लकडाउन
बुटवलमा लकडाउन कोरोना संक्रमण फैलिदै गएपछि बुटवलमा लकडाउन गरिएको छ । समुदायस्तरमा कोरोना संक्रमण फैलिदै गएपछि बुटवल उपमहानगर क्षेत्रभित्र भदौ ५ गतेसम्मका लागि लकडाउन गरिएको हो ।
कार्यालय प्रमुख जानकारीविना राजधानी हिँडिदिँदा...
कार्यालय प्रमुख जानकारीविना राजधानी हिँडिदिँदा... शीतगङ्गा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतले जानकारीविना नै कार्यालय छाडेपछि कार्यालयको काम प्रभावित भएको छ । प्रशासकीय अधिकृत अर्जुन गौतम नगरपालिकामा कुनै जानकारीसमेत नदिई हिँडेपछि नगरपालिकाको कार्यपालिका बैठकसमेत प्रभावित भएको छ ।
माग सम्वोधन हुने लिखित प्रतिबद्धता आएपछि धर्ना स्थगित
माग सम्वोधन हुने लिखित प्रतिबद्धता आएपछि धर्ना स्थगित १५ दिन सम्म घर-घरमा धारा नआएपछि तिन दिनदेखि धर्नामा बसेका उपभोक्ता एवं पत्रकार जगदीश भट्टराईले माग सम्बोधन हुने लिखित प्रस्ताव आएपछि धर्ना कार्यक्रम स्थगित गरेका छन् । साउन २५ गते आइतबारदेखि धर्नामा बसेका भट्टराईका मागप्रति तानसेन खानेपानी उपभोक्ता समितिले लिखित रुपमा सहमती जनाउँदै माग सम्बोधनको लागि काम शुरु गरेको जनाएको...
छुट्टाछुट्टै घटनामा दुईको मृत्यु
छुट्टाछुट्टै घटनामा दुईको मृत्यु प्रदेश पाँचका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । प्रदेश पाँचको प्युठान र रुपन्देहीमा भएका घटनामा दुई जनाको मृत्यु भएको हो ।
तानसेनमा खानेपानी उपभोक्ता आन्दोलित, दोस्रो दिन पनि धर्नामा
तानसेनमा खानेपानी उपभोक्ता आन्दोलित, दोस्रो दिन पनि धर्नामा तानसेनमा खानेपानी उपभोक्ता आन्दोलित भएका छन् । १५ दिनदेखि घर–घरमा धारा नआएपछि उनीहरु आन्दोलित भएका हुन् । तानसेन नगरपालिका वडा ५ कैलाशनगरको बतासेडाँडा क्षेत्रका उपभोक्ताहरु घरमा दुई हप्ता भन्दा बढी हुँदा समेत धारामा पानी नआएपछि आइतबारदेखि शान्तिपूर्ण आन्दोलन स्वरुप धर्नामा बसेका छन् ।
पाल्पामा तीतेपातीबाट तेल उत्पादन
पाल्पामा तीतेपातीबाट तेल उत्पादन पाल्पाको तिनाउ गाउँपालिकामा तितेपातीको तेल उत्पादन शुरु गरिएको छ । करिव १५ वर्षअघि नै सोको उत्पादनका लागि उद्योग स्थापना गरिएको भए पनि प्रभावकारी ढंगले चल्न सकेको थिएन ।
सुशासन नभएको भन्दै स्थानीय सरकारलाई ध्यानाकर्षण
सुशासन नभएको भन्दै स्थानीय सरकारलाई ध्यानाकर्षण जिल्लामा सुशासन नभएको भन्दै स्थानीय सरकारलाई ध्यानाकर्षण गराइएको छ । जिल्लामा क्रियाशील नागरिक समाजका संस्थाहरुले सुशासन नभएको भन्दै सुशासन प्रवद्र्धनका लागि स्थानीय सरकारको ध्यानाकर्षण गराएका हुन् ।
पहिरोको वितण्डा, जमिन भासिएसँगै ३३ घर जोखिममा
पहिरोको वितण्डा, जमिन भासिएसँगै ३३ घर जोखिममा तिनाउ गाउँपालिका–३, पानी मिलमा जमिन भासिन थालेसँगै ३३ घर जोखिममा परेका छन् । सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल सडक खण्डको पानी मिलबाट अर्घाखाँची सिमेन्टकोे चुनढुङ्गा खानी जाने सडकमा पहिरो र जमिन भासिन थालेको छ ।
पहिरोका कारण कालिगण्डकी गाउँपालिकाका विभिन्न सडक अवरुद्ध
पहिरोका कारण कालिगण्डकी गाउँपालिकाका विभिन्न सडक अवरुद्ध वर्षाका कारण स्याङ्जाको कालिगण्डकी गाउँपालिका भित्रका सडक अवरुद्ध बनेका छन् । लगातार परेको बर्षाका कारण गाउँपालिका १ को ठाटिभञ्ज्याङमा पहिरो जादा मिर्मी कारीकोट सडक खण्ड अवरुद्ध भएको छ । उक्त सडक खण्डमा पर्ने खहरेखोलामा आएको बाढीले मोटरबाटोमा ठूलो खाडल परेपछि अहिले मिर्मी कोटाकोट सडकखण्ड पूर्णरुपमा अवरुद्ध बनेको छ ।
पाल्पामा नदीले बगाउँदा एक पुरुषको मृत्यु
पाल्पामा नदीले बगाउँदा एक पुरुषको मृत्यु जिल्लामा नदीले बगाउँदा एक पुरुषको मृत्यु भएको छ । माथागढी–२, बदबारीमा आइतबार दिउँसो तिनाउ खोलाले बगाउँदा चिदीपानी १ का ५३ वर्षका हर्कबहादुर सारुको मृत्यु भएको हो ।
रामपुरमा प्रतिपक्ष, सत्तापक्ष र नगरपालिका बिच दोहरी
रामपुरमा प्रतिपक्ष, सत्तापक्ष र नगरपालिका बिच दोहरी रामपुर नगरपालिकाको सातौं नगरसभा सकिएसंगै नगरपालिकाको गतिविधिलाई लिएर प्रतिपक्ष, सत्तापक्ष र नगरपालिका बिच विज्ञप्तीमा दोहरी सिर्जना भएको छ । एक पक्षले विज्ञप्ती निकाल्न साथ पुनः अर्को पक्षले विज्ञप्ती फाल्दै आ–आफ्ना धारणाहरु सार्वजनिक गर्दै विज्ञप्तीमै दोहरी गर्दै आएका छन् । गत असार ३१ गते भएको नगरसभालाई लिएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा)...
भूमि आयोग सदस्यलाई मनोनयनपत्र प्रदान
भूमि आयोग सदस्यलाई मनोनयनपत्र प्रदान भूमिसम्बन्धी समस्या समाधान आयोगको सदस्यमा प्रदेश पाँच सरकारको तर्फबाट मनोनयन गरिएका दाङका शोभाराम बस्नेतलाई सदस्य पदको मनोनयनपत्र प्रदान गरिएको छ । प्रदेश नं ५ सरकारको मन्त्रिपरिषद्को निर्णयअनुसार दाङका बस्नेतलाई भूमिसम्बन्धी समस्या समाधान आयोगको सदस्यमा मनोनयन गरिएको थियो ।
Weather Update