बसाइँसराइले घरहरु जीर्ण
आइतबार, असोज १८, २०७७

पाल्पाको रैनादेवी छहरामा लडेर ७२ वर्षीय वृद्धको मृत्यु
शुक्रबार, असोज १६, २०७७
पाल्पाको रैनादेवी छहरा गाउँपालिका–४, म्यालढापमा लडेर ७२ वर्षीय एक वृद्धको मृत्यु भएको छ । सोही स्थानका सोमानसिंह सोमैको आफ्नै गोठबाट लडेर आज विहान मृत्यु भएको हो ।

सुनिन छाड्यो सारङ्गीको धुन, गन्धर्व जाति भन्छन्–‘युवा अन्य व्यवसायमा लाग्दा पेसा संकटमा’
शुक्रबार, असोज १६, २०७७
सारङ्गीलाई रेटेर निकालिएको सुमधुर धुनले धेरैलाई लोभ्याउँछ । सारीको धुनसँगै गन्धर्व जातिले सूचना, मनोरञ्जनका माध्यमबाट नागरिकलाई सु–सूचित गर्ने चलन थियो ।

समाचार प्रभाव : ठेकेदारले फिर्ता गरे किसानको रकम
बिहीबार, असोज १५, २०७७
गुल्मी जिल्लाको रुरुक्षेत्र गाउँपालिकाले किसानलाई अनुदानमा उपलब्ध गराएको हाते ट्रयाक्टरका सप्लायर्सको जिम्मेवारी पाएका ठेकेदारले किसानसँग लिएको कमिशन रकम फिर्ता गरेका छन् । ‘अनुदानको ट्याक्टरमा किसानबाट रकम उठाइँदै’ शीर्षकमा बुधबार राससबाट विभिन्न मिडियाहरुमा समाचार प्रकाशन भएपछि ठेकेदारले रकम फिर्ता गरेका हुन् ।

पाल्पामा जंगली च्याउ खाएर दुई जना विरामी
बुधबार, असोज १४, २०७७
जिल्लाको तिनाउ गाँउपालिकाको अर्खलेमा जंगली च्याउ खाँदा २ जना विरामी भएका छन् । विषालु च्याउ खाँदा तिनाउ गाउँपालिका वडा ६ अर्खलेका ३० वर्षीया मिना सारु र उनको भाई १४ वर्षीय कमल अर्घाली विरामी भएका हुन् ।

आर्थिक अवस्था कमजोर हुँदा उपचार खर्च पुर्याउन कठिन, पीडितहरुद्वारा आर्थिक सहयोग गर्न आग्रह
बुधबार, असोज १४, २०७७
गुल्मी रेसुङ्गा नगरपालिका–२ की दुवै मृगौला पीडित मैया बिक अहिले ५२ वर्ष पुगिन् । विगत दश वर्षदेखि मृगौला औषधी गर्दै आएकी विकको उपचारमा लाखौं खर्च भइसकेको छ । मृगौला पीडित मैयाका श्रीमान ३५ वर्षमै खसे ।

लुम्बिनी नगरपालिकाको ताला खुला
मंगलबार, असोज १३, २०७७
सहमतिपछि लुम्बिनी सांस्कृतिक नगरपालिकामा लगाइएको ताला खुलेको छ । नगरपालिका र राजनीतिक दलबीच आगामी माघ मसान्तसम्म अभिभावककै तर्फबाट विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बनाउने र त्यसपछि शिक्षा ऐन संशोधन गरी पुरानै प्रावधान कायम गर्ने सहमतिपछि सोमबार साँझ करीब ७ बजे कार्यालयको ताला खोलिएको जनता समाजवादी पार्टी ‘जसपा’का नगर अध्यक्ष तथा संयुक्त...

रिब्दीकोटमा गोठ मर्मतका क्रममा ढुङगा माटोले पुरिएर एक पुरुषको मृत्यु
सोमबार, असोज १२, २०७७
पाल्पाको रिब्दीकोटमा गोठ मर्मतका क्रममा ढुङगा माटोले पुरिएर एक पुरुषको मृत्यु भएको छ । सोमबार रिब्दीको –७ डबकाका ५५ वर्षीय हरी लम्तारीको गोठ मर्मतका क्रममा ढुङगा, माटोले पुरिएर मृत्यु भएको हो । स्थानीय पुतली बिकको टिनले छाएको १ तले कच्चि पुरानो गोठ मर्मतको काम गर्ने क्रममा गोठको काठपात र ढुङगा...

नेपाल बार एशोसिएसन पाल्पामा नयाँ नेतृत्व, अध्यक्षमा कार्की
सोमबार, असोज १२, २०७७
कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एशोसिएसन पाल्पामा नयाँ नेतृत्व चयन भएको छ । बारको सोह्रांै अधिवेशनले प्रगतिशील समूहका विनोद कार्कीको अध्यक्षमा नयाँ नेतृत्व चयन गरेको हो ।

तालाबन्दीले नगरपालिकाको काम ठप्प
सोमबार, असोज १२, २०७७
लुम्बिनी सांस्कृतिक नगरपालिकामा गरिएको तालाबन्दीका कारण कार्यालयको कामकाज रोकिएको छ । शिक्षा ऐन संशोधनको माग गर्दै यही असोज ६ गते नेपाल कम्युनिस्ट पार्टी (नेकपा), जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी र माक्र्सवादी पार्टीले संयुक्त रूपमा तालाबन्दी गरेका हुन् ।

पाल्पाको रम्भामा पहिरोमा पुरिएको अवस्थामा एक पुरुष मृत भेटिए
आइतबार, असोज ११, २०७७
पाल्पाको रम्भा गाउँपालिकामा पहिरोमा पुरिएको अवस्थामा एक पुरुष मृत भेटिएका छन् । रम्भा ३ शिखरडाँडाका ३३ वर्षीय राज कुमार थापा मगर पहिरोमा मृत अवस्थामा भेटिएका हुन् ।

पहिरोमा बेपत्ता एकै परिवारका ५ सहित ६ जनाकै शव भेटियो
आइतबार, असोज ११, २०७७
पाल्पाको रम्भा गाउँपालिका–२ फोक्सिङकोटका छुट्टाछुट्टै दुई स्थानमा गएको पहिरोमा परी बेपत्ता ६ जनाकै शव भेटिएको छ । बिहीबार एक जना र शुक्रबार एकै परिवारका पाँच जनाको शव भेटिएको हो ।

अपाङ्गता व्यक्तिहरुलाई समानता र सहभागितामा जोड
शनिबार, असोज १०, २०७७
अपाङ्गता भएका व्यक्तिहरुलाई समानता र सहभागितामा जोड दिनुपर्नेमा जिल्लामा आयोजित एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । ‘दिगो विकासको लक्ष्यःअपाङ्गता मैत्री भविष्य’ भन्ने मुल नाराका साथ रुरुक्षेत्र गाउँपालिकामा भएको अभिमुखीकरण तथा छलफल कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन् ।