रिब्दीकोटमा स्वास्थ्य संयोजकलाई घटुवा गर्ने कार्यको काँग्रेसद्वारा विरोध
शुक्रबार, असोज २३, २०७७

कालिगण्डकीमा हाम फालेर एक पुरुष बेपत्ता
शुक्रबार, असोज २३, २०७७
कालिगण्डकी नदीमा हाम फालेर एक पुरुष बेपत्ता भएका छन् । शुक्रबार जिल्लाको बगनासकाली गाउँपालिका ५ राम्दीका ५० वर्षीय कृष्ण भट्टराई राम्दी पुलबाट कालिगण्डकीमा हाम फालि बेपत्ता भएका हुन् ।

माथागढीमा स्वास्थ्य संस्थाबाट प्रसूति सेवा लिने बढे
शुक्रबार, असोज २३, २०७७
जिल्लाको माथागढी गाउँपालिकामा स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाको संख्यामा वृद्धि भएको छ । गाउँपालिकाले स्वास्थ्य संस्थाबाट सुत्केरी गराउने विभिन्न अभियान सञ्चालनसँगै गर्भवती महिलालाई प्रोत्साहन गरेकाले स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाको संख्यामा तिब्र वृद्धि भएको हो ।

पाल्पामा कोरोना परीक्षण सुरु, दैनिक एक सय ३२ जनाको नमूना परीक्षण हुने
बिहीबार, असोज २२, २०७७
पाल्पामा पनि कोरोना (कोभिड–१९) भाइरसको परीक्षण सुरु भएको छ । विश्वलाई नै त्रसित पारेको कोरोनाको परीक्षण प्रदेश पाँचको पाल्पामा पनि सुरु भएको हो । यसअघि बिरामीको नमूना परीक्षणका लागि प्रादेशिक प्रयोगशाला रुपन्देही र काठमाडौं पठाउने गरिएकोमा विहिबारबाट पाल्पाको तानसेनमै परीक्षण सुरु भएको छ ।

दसैँमा गाउँ नफर्किन सरकारको आग्रह
बिहीबार, असोज २२, २०७७
सरकारले दसैँमा गाउँ नफर्किन आग्रह गरेको छ । बजारमा कोभिड १९ संक्रमण दर उच्च भएको र गाउँतिर कोरोना नियन्त्रणतर्फ भएकाले गाउँमा कोरोना संक्रमण नफैलियोस् भन्ने उद्देश्यले सरकारले यस वर्षको दसैँ आफु बसेकै ठाउँमा (जो जहाँ छ त्यही) मनाउन आग्रह गरेको हो ।

दसैँ, तिहार नजिकिँदा समेत छैन बजारमा चहल–पहल
बिहीबार, असोज २२, २०७७
हिन्दुहरुको महान् चाड दसैँ, तिहार घरदैलोमा आइपुग्दा सधैँ भीडभाड हुने जिल्लाका प्रमुख बजारहरु यतिबेला सुनसान छन् । विशेषगरी चाडपर्व दसैँ–तिहारमा किनमेल गर्नेको भीड हुने तानसेनका बजारहरुमा दसैँ तिहारको कुनै रौनक छैन ।

बगनासकालीले माग्यो पत्रकारको सुझाव, योजना निर्माणमा रोजगार, उत्पादन र पूर्वाधारमा जोड
मंगलबार, असोज २०, २०७७
जिल्लाको बगनासकाली गाउँपालिका त्रिवर्षीय आवधिक योजना निर्माणमा जुटेको छ । गाउँपालिकाले विभिन्न पक्षबाट सुझाव संकलन गरी योजना निर्माणमा जुटेको हो । मंगबार गाउँपालिकाले एक कार्यक्रमको आयोजना गरी त्रिवर्षीय आवधिक योजनामा समेट्न सकिने विषयका बारेमा जिल्लाका पत्रकारहरुसँग सुझाव मागेको छ ।

अवैध भरुवा बन्दुक फेला
मंगलबार, असोज २०, २०७७
माथागढी गाउँपालिका–५, सुर्काबाँसमा अवैध भरुवा बन्दुक भेटिएको छ । जिल्ला प्रहरी कार्यालय र प्रहरीचौकी माथाको संयुक्त टोलीले गस्ती गर्ने क्रममा सुर्काबाँसमा एक थान भरुवा बन्दुक बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक मदन गिरीले बताए ।

कोरोनाका कारण गुल्मीको ‘रुख घर’ सुनसान
मंगलबार, असोज २०, २०७७
गुल्मीको रेसुङ्गाा नगरपालिका ७ उनायचौरमा निर्मित ‘रुख घर’ सुनसान भएको छ । कोरोना महामारीका कारण जारी गरिएको बन्दाबन्दीका कारण ट्री हाउस सुनसान भएको हो । कुनै समय दिनकै १३ हजारसम्म पर्यटक आउने ट्री हाउसमा आजकाल भने कुनै दिन कोही जाँदैनन् ।

पाल्पा र गुल्मीमा भएका छुट्टाछुट्टै घटनामा दुईको मृत्यु
मंगलबार, असोज २०, २०७७
पाल्पा र गुल्मीमा भएका छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । पाल्पाको रम्भामा एक पुरुषको शव फेला परेको छ भने, गुल्मीको गुल्मी दरबारमा ट्याक्टर दुर्घटनामा परी एक जनाको मृत्यु भएको हो ।

गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु
सोमबार, असोज १९, २०७७
गुल्मीमा छोराले बुवालाई कुटपिट गर्दा ६० वर्षीय दिलबहादुर बस्नेतको मृत्यु भएको छ । जिल्लाको इस्मा गाउँपालिका ४ दोहोलीमा ६० वर्षीया दिलबहादुर बस्नेतलाई उनका २६ बर्षीय छोरा अनिल बस्नेतले आइतबार साँँझ ६ बजेतिर आफ्नै घरभित्र बुबालाई कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक केदारराज पन्तले जानकारी दिए ।

प्रदेश पाँचको राजधानी दाङ बनाउने प्रस्ताव फिर्ता लिन पाल्पा, गुल्मी काँग्रेसको माग
आइतबार, असोज १८, २०७७
प्रदेश पाँचको राजधानी दाङ बनाउने प्रस्ताव फिर्ता लिन पाल्पा र गुल्मी नेपाली काँग्रेसले समत माग गरेका छन् । उनीहरुले विज्ञप्ती जारी गर्दै प्रदेश ५ को स्थायी राजधानी दाङको भालुवाङमा बनाउने प्रस्ताव फिर्ता लिन माग गरेका हुन् ।

पाल्पामा पिसिआर ल्याव सञ्चालनको काम ८० प्रतिशत सकियो, मंगलबारदेखि सञ्चालनमा आउने
आइतबार, असोज १८, २०७७
पाल्पामा पिसिआर ल्याव सञ्चालनको काम अन्तिम चरणमा पुगेको छ । कोरोना परीक्षणका लागि सञ्चालनमा ल्याउन लागिएको ल्याव सञ्चालनको कार्य अन्तिम चरणमा पुगेको हो । ल्यावको आईतबारदेखि आन्तरिक परीक्षणको काम सुरु भएको छ ।