मिलेमतोमा नदी दोहन, सम्झौता भन्दा दश गुणा नदीजन्य पदार्थ निकासी
मंगलबार, भदौ ३०, २०७७

पाल्पाको रामपुरमा कुटपिटबाट एक व्यक्ति घाइते
सोमबार, भदौ २९, २०७७
जिल्लाको रामपुर नगरपालिका ६ बिजयपुरमा कुटपिटबाट एक व्यक्ति घाइते भएका छन् । बिजयपुर स्थित बिजय श्रेष्ठको घरमा कोठा भाडामा बस्दै आएका रुपन्देही तिलोत्तमा नगरपालिका ४ का ३२ वर्षीय हरी चौधरीसँगै बस्दै आएका साथीको कुटाइबाट घाइते भएका हुन् ।

गुल्मीमा विषादी सेवनबाट एक व्यक्तिको मृत्यु
सोमबार, भदौ २९, २०७७
गुल्मीमा विषादी सेवनबाट एक व्यक्तिको मृत्यु भएको छ । जिल्लाको मदानेगाउँपालिका ४ म्यालपोखरी आरुपाटाका ५० वर्षीय लुके खत्रीको विषादी सेवनबाट मृत्यु भएको हो ।
थोत्रिँदै छन् करोडौंका गाडी
आइतबार, भदौ २८, २०७७
पाल्पा बसपार्कमा छ महिनादेखि थन्किएका गाडीका टायर चिरा पर्न थालेका छन् । लामो समयसम्म रोकेर एकै स्थानमा राखिएका गाडीका टायर काम नलाग्ने अवस्थामा पुगेका हुन् । कोरोना महामारीका बेला भएको बन्दाबन्दीले यातायात मजदुर घरमा छन्, जसले गर्दा रोकिएका गाडी ‘स्टार्ट’ समेत गरिएको छैन ।

पाल्पामा लागूऔषध सहित दुई जना व्यक्ति पक्राउ
शुक्रबार, भदौ २६, २०७७
पाल्पामा लागुऔषध सहित दुई जना पक्राउ परेका छन् । प्रहरीले रामपुर नगरपालिका ३ का ३१ वर्षीय सुरेन्द्र घिमिरे र सोही स्थानका २४ वर्षीय प्रमोद घिमिरेलाई लागूऔषध सहित तानसेन ८ माथिल्लो डुम्रेबाट पक्राउ गरेको हो ।

पाल्पामा जनप्रतिनिधिलाई कोरोना, तानसेन र रम्भाका स्थानीय तहको सेवा बन्द
शुक्रबार, भदौ २६, २०७७
कोरोना भाइरसको जोखिमबाट नागरिकलाई बचाउन अग्रभागमा रहेर काम गर्दै आएका जिल्लाका केही जनप्रतिनिधिहरुलाई कोरोना पुष्टि भएको छ । महामारीको सुरुवातदेखिनै आफ्ना नागरिकलाई जोखिमबाट बचाउन टोल–टोल र घर–घरमा पुगी सचेतनाका कार्यक्रमहरुमा सक्रिय हुँदै आएका तानसेन नगरपालिका र रम्भा गाउँपालिकाका ६ जना जनप्रतिनिधिमा कोरोना संक्रमण पुष्टि भएको हो ।

तानसेन नगर सरकारको सेवा असोज ५ सम्मका लागि बन्द !
बिहीबार, भदौ २५, २०७७
तानसेनमा जनप्रतिनिधिलाई समेत कोरोना देखिएको छ । रम्भा गाउँपालिकाका दुई जना सहित तानसेनका चार जना जनप्रतिनिधिमा कोरोना देखिएको हो । तानसेन नगरपालिकाका एक जना वडा अध्यक्ष र तीन जना वडा सदस्यमा बुधबार कोरोना संक्रमण पुष्टि भएपछि तानसेन नगर सरकारले शुक्रबारदेखि अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा बन्द गरेको छ ।

पाल्पामा घर भत्किएर च्यापिंदा एक युवकको मृत्यु
बिहीबार, भदौ २५, २०७७
जिल्लाको बगनासकाली गाउँपालिका ६ खानीगाउँमा अचनाक घर भत्किदा एक युवकको मृत्यु भएको छ । सोही स्थानकी कान्तिसरा कनौजेको घर भत्किएर च्यापिंदा उनका छोरा २२ वर्षका सुमन कनौजेको ज्यान गएको हो ।
.jpg)
कोरोना अपडेट : पाल्पाका स्थानीय तहमा यस्तो छ अवस्था
बिहीबार, भदौ २५, २०७७
अहिले विश्वभर कोरोना भाइरस (कोभिड–१९) को महामारी फैलिरहेको छ । यसको कारण विश्वभर सन्त्रास बढ्दो छ । संक्रमणबाट विकसित मुलुकलाई नागरिक बचाउन हम्मेहम्मे परिरहेका बेला संक्रमित नेपाली भने तग्रिँदै गएका छन् ।

प्रहरीलाई कुट्ने तीन युवा माथि मुद्दा दर्ता
मंगलबार, भदौ २३, २०७७
जिल्लाको रामपुरमा मादक पदार्थ सेवन गरी प्रहरीलाई कुटपिट गर्ने तीन यूवाहरु माथि मुद्दा दर्ता गरिएको छ । मादक पदार्थ सेवन गरी हो–हल्ला गर्ने तथा अस्पतालमा सुरक्षार्थ खटिएका प्रहरी जवान कुटेको आरोपमा युवाहरु माथि मुद्दा दर्ता गरिएको हो ।

धर्मचक्र बौद्ध युवा संघको सातौँ अधिवेशन
सोमबार, भदौ २२, २०७७
धर्मचक्र बौद्ध युवा संघ, धर्मचक्र महाविहार, तानसेनको सातौँ अधिवेशन भएको छ । कोरोना महामारीका बिच औपचारिक कार्यक्रमको आयोजना गरी अधिवेशन भएको हो ।

पाल्पामा समुदायस्तरमा संक्रमित भेटिएपछि स्थानीय तह बन्द
सोमबार, भदौ २२, २०७७
जिल्लामा कोरोना भाइरस (कोभिड–१९) का संक्रमितहरु धमाधम देखिन थालेका छन् । एक सातादेखि लगातार समुदायमा कोरोना संक्रमित पुष्टि भइरहेका छन् । पाल्पामा विदेश तथा अन्य संक्रमित स्थानबाट नआएकालाई समेत कोरोना संक्रमण पुष्टि भएको छ । समुदायस्तरमा संक्रमित बढ्दै गएपछि यहाँका केही स्थानीय तहले आफ्ना क्षेत्रमा धमाधम बन्द गर्न थालेका छन् ...

गुल्मीमा कुटपिटबाट युवकको मृत्यु
सोमबार, भदौ २२, २०७७
जिल्लाको इस्मा गाउँपालिका–१ हस्तिचौरमा कुटपिटबाट एक युवकको मृत्यु भएको छ । इस्मा २ हस्तिचौरका २३ वर्षीय मोतीबहादुर कुँवरको कुटपिटबाट मृत्यु भएको हो ।