Shittalpati
माथागढी गाउँपालिकाले तोक्यो लेखा परीक्षक

पाल्पा (माथागढी), जिल्लाको माथागढी गाउँपालिकाले सामुदायिक विद्यालयहरुको लेखा परीक्षणका लागि लेखा परीक्षणक तोकेको छ । संघीय सरकारले संविधानको मर्मअनुसार विद्यालयको लेखापरीक्षण गर्न स्थानीय तहलाई जिम्मेवारी दिएसँगै गाउँपालिकाले २८ जना लेखा परीक्षक तोकेको हो ।
विद्यालयको लेखा परीक्षणका लागि गाउँपालिकाले नेपाल चार्टर्ड एकाउन्ट संस्थाको स्वीकृत मापदण्ड र शिक्षा नियमावली २०५९ को नियम २५ बमोजिम लेखापरीक्षक नियुक्त गरेको जनाएको छ । गाउँपालिका भित्रका ४१ सामुदायिक विद्यालयमा लेखा परीक्षक तोकिएको शिक्षा शाखाका सम्पर्क व्यक्ति गजेन्द्र पन्थीले बताए । उनका अनुसार सौभाग्य माविका लागि राधेश्याम ज्ञवाली, कर्णधार माविका लागि यदुनाथ नेपाल, दिव्यज्योति माविका लागि कृष्ण अधिकारी, रत्न माविका लागि कृष्णप्रसाद पौडेललाई तोकिएको छ । त्यस्तै किसान माविको लेखा परीक्षणका लागि लक्ष्मणबहादुर रायमाझी, हात्तिलुङ्ग माविका लागि तेजनारायण ढकाल, ग्रामोदय माविमा गोपालप्रसाद आचार्य, सातपोखरी माविमा माधव भट्टराई, सिद्धार्थ माविमा लोचन राना, धारादेवी माविमा लुम्बराज ज्ञवालीलाई तोकिएको छ । गाउँपालिकाले जाउपोखरी आधारभूत विद्यालयमा सुमन पाण्डे, आर्दश आधारभूत विद्यालयमा समिर संग्रौला, विक्रम आधारभूत विद्यायमा शुकदेव नेपाल, महेन्द्र नशेर आधारभूत विद्यालयमा चिन्तामणी घिमिरे, बालविकास आधारभूतमा रमेशबहादुर शाही, शिवदिप प्रावि/सिद्धबाबा प्राविका लागि दिवाकर अर्याल, ज्ञानोदय प्रावि/भूपति प्राविमा मोहनबहादुर कार्की, बुद्धिविकास प्रावि/सपाङ्गदी प्राविमा मिनप्रसाद ढकाल, जल्पादेवी प्रावि/जनउद्दार प्राविमा शिवप्रसाद ढु·ाना, साहारादेवी प्रावि/नवजागृति प्राविमा सुवास घिमिरे, रत्न प्रावि/शारदा प्राविमा गोपाल थापा, योगेश्वर प्रावि/नजप्रिय प्राविमा तुलबहादुर थापा, चित्रेछाप प्रावि/ कर्णाधार प्राविमा भुमिराज आचार्य, शिववाणी प्रावि/आदर्श प्राविमा लक्ष्मण प्रसाद कोइराला, कौडे प्रावि/सिर्जना प्राविमा गोर्कणराज ज्ञवाली, सिद्धप्रावि/ लक्ष्मी प्राविमा सोमप्रसाद शर्मा, सरस्वती प्रावि/महेन्द्र नरेश प्राविमा मुक्तिनाथ ज्ञवाली, बतासचुली प्रावि/चन्द्रादेवी प्राविमा शंकरप्रसाद खनाल नियुक्त भएका छन् । स्थानीय तहले अधिकार कार्यान्वयन गरेसँगै लामो समयदेखि लेखापरीक्षण नगराएका विद्यालयको समेत लेखा परीक्षणमा सहजता हुने देखिएको छ ।

प्रकाशित मिति: बिहीबार, फागुन ६, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update