Shittalpati
पाल्पामा तीन पक्की पुलको शिलान्यास
पाल्पामा तीन पक्की पुलको शिलान्यास जिल्लामा तीन वटा पक्की पुलको शिलान्यास गरिएको छ । निस्दी गाउँपालिका, तिनाउ गाउँपालिका र रिब्दीकोट गाउँपालिकाका छुट्टाछुट्टै स्थानमा तीन वटा पक्की पुलको शिलान्यास गरिएको हो । निस्दी गाउँपालिका र पूर्वखोला गाउँपालिका जोड्ने निस्दी खोला रेचेघाटमा पक्की पुलको शिलान्यास गरिएको छ ।
जनतालाई स्थानीय सरकार भएको महसुस गराउँदै गुल्मीदरबार
जनतालाई स्थानीय सरकार भएको महसुस गराउँदै गुल्मीदरबार जिल्लाको गुल्मीदरबार गाउँपालिकाले जनतालाई स्थानीय सरकार भएको महसुस गराउँन लागेको छ । गुल्मीदरबार गाउँपालिकाले आर्थिक वर्ष २०७७/०७८ मा उपभोक्ता समितिमार्फत सञ्चालन हुने आयोजनाहरुलाई वडास्तरमा गई योजना सम्झौता र कार्यादेश दिने कार्यको सुरुवात गरेर जनतालाई स्थानीय सरकार भएको महसुस गराउँन लागेको हो ।
गुल्मीमा राष्ट्रिय परिचयपत्रका लागि ४३ हजार बढीले विवरण दर्ता गराए
गुल्मीमा राष्ट्रिय परिचयपत्रका लागि ४३ हजार बढीले विवरण दर्ता गराए गुल्मीका स्थानीय तहरुमा ४३ हजार २ सय ९४ जना नागरिकले राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गराएका छन् । जिल्लाका ४ स्थानीय तहमा राष्ट्रिय परिचयपत्र विवरण दर्ता संकलन कार्य सकिदाँ ४३ हजार २ सय ९४ जनाले विवरण दर्ता गराएका हुन् ।
गुल्मीदरबार गाउँपालिकाले गर्‍यो प्रथम चौमासिक समिक्षा
गुल्मीदरबार गाउँपालिकाले गर्‍यो प्रथम चौमासिक समिक्षा जिल्लाको गुल्मीदरबार गाउँपालिकाले आ.व. २०७७/०७८ को प्रथम चौमासिक समिक्षा गोष्ठी गरेको छ । गाउँपालिकाले आर्थिक वर्ष सुरु भएदेखि अहिलेसम्मको अवधिमा भए गरेका विभिन्न कार्यहरूका विषयमा जानकारी गराउने उद्देश्यले प्रथम चौमासिक समिक्षा गरेको हो ।
बगनासकालीका युवालाई बिना धितो ऋण
बगनासकालीका युवालाई बिना धितो ऋण गाउँमै केही गर्न चाहना भएका तर पूँजी अभावमा केही गर्न नसकेका युवाका लागि बिना धितो ऋण प्रदान गरिने भएको छ । पाल्पाको बगनासकाली गाउँपालिकाले केही गर्न चाहाने युवाहरुलाई १० लाख रुपैयाँसम्म विना धितो ऋणको व्यवस्था गर्न लागेको छ ।
पाल्पामा व्यावसायिक फूल खेतीतर्फ महिला
पाल्पामा व्यावसायिक फूल खेतीतर्फ महिला पाल्पामा व्यावसायिक फूल खेतीतर्फ महिलाको सहभागिता बढेको छ । सयपत्री फूलको थुँगा र मालाको माग विवाह तथा शुभकार्यमा धेरै खपत हुने भएकाले महिला व्यावसायिक फूल खेतीमा लागेका छन् ।
संकटको सारथी बन्दै सामुदायिक रेडियो मदनपोखरा
संकटको सारथी बन्दै सामुदायिक रेडियो मदनपोखरा कोभिड १९ महाव्याधीविरूद्ध संसार लडिरहेका बेला सिंगो नेपाली समुदाय पनि यसबाट जोगिन भागदौड गरिरहेको छ । सिंगो देश स्वास्थ्य संकटबाट जीवन बचाउन लागिरहेका बेला पाल्पाको सामुदायिक रेडियो मदनपोखरा पनि अहिले त्यसकै बलियो हिस्सा बनेको छ ।
कोरोनाले गर्दा लागेन यसवर्ष बाला चर्तुदशीको मेला
कोरोनाले गर्दा लागेन यसवर्ष बाला चर्तुदशीको मेला बाला चर्तुदशीको अवसरको गुल्मीको शान्तिपुरमा लाग्ने चक्रेश्वर मेला यसवर्ष भने कोरोना महामारीका कारण हुन पाएन । जिल्लाको चन्द्रकोट गाउँपालिका वडा ४ शान्तिपुरमा पर्ने मन्दिरमा बाला चर्तुदशीकोमा सतबिज छर्ने पर्वको अवसरमा यस क्षेत्रको चर्चित एबं धार्मिक रुपले पनि लोकप्रिय मानिदै चक्रेश्वर मेला कोरोना महामारी कारण नलागेको हो ।
पाल्पाको बगनासकालीमा शिशु फाल्ने महिला पक्राउ
पाल्पाको बगनासकालीमा शिशु फाल्ने महिला पक्राउ पाल्पाको बगनासकाली गाउँपालिका १ मा नवजात शिशु जन्माएर फाल्ने एक महिला पक्राउ परेकी छन् । तानसेन नगरपालिका १४ घर भई हाल बगनासकाली गाउँपालिका ३ माईती घरमा बस्दै आएकी २६ वर्षीय हुमा कुमारी दर्जीलाई प्रहरीले मंगलबार साँझा पक्राउ गरेको हो ।
तम्घासमा बजार अनुगमन,  अधिकांश  पसलमा मूल्यसूची नै छैन
तम्घासमा बजार अनुगमन, अधिकांश पसलमा मूल्यसूची नै छैन जिल्लाको सदरमुकाम तम्घासमा मुख्य बजार क्षेत्रको अनुगमन गरिएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय लुम्बिनी प्रदेश, जिल्ला प्रशासन कार्यालय गुल्मी,रेसुङ्गा नगरपालिका उपभोक्ता हित संरक्षण मञ्च, पत्रकार लगायतको सहभागितामा रेसुङ्गा नगरपालिका वडा नम्बर एक र दुई वडाका मुख्य बजार क्षेत्रका पसलहरुको अनुगमन गरिएको हो ।
गुन्द्री बुन्दै महिला
गुन्द्री बुन्दै महिला पाल्पाको तिनाउ गाउँपालिकाको ज्यामिरेमा गुन्द्री बुन्दै महिला ।
सालको काठ कटान र बिक्री वितरणमा लागेको प्रतिबन्ध फुकुवा गर्न फेकोफन पाल्पाको माग
सालको काठ कटान र बिक्री वितरणमा लागेको प्रतिबन्ध फुकुवा गर्न फेकोफन पाल्पाको माग सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) पाल्पाले सालको काठ कटान तथा बिक्री वितरणमाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्न सरकारसँग माग गरेको छ । संघले रोकिएको सालको काठ कटान, ओसारपसार र बिक्री वितरण तत्काल खुल्ला गर्न माग गरेको हो ।
Weather Update