गुल्मीमा ड्रयागन र प्यासन फलको व्यवसायिक खेतीको शुरुवात
आइतबार, पुस १९, २०७७

गुल्मी काँग्रेसले पनि मनायो ४५ औं मेलमिलाप दिवस
बिहीबार, पुस १६, २०७७
गुल्मी जिल्लामा पनि नेपाली काँग्रेसले ४५ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाएको छ । गुल्मी काँग्रेसले सदरमुकाम तम्घासस्थित पार्टी कार्यालय बीपी स्मृति भवनमा एक औपचारिक अन्तक्र्रिया कार्यक्रमको आयोजना गरी राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाएको हो ।
.jpg)
मोटरसाइकल चोरीमा संलग्न पाँच जना पक्राउ
बिहीबार, पुस १६, २०७७
मोटरसाइकल चोरीमा संलग्न पाँच जना काठमाडामैंबाट पक्राउ परेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाको पीडित सहायता ईकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले मोटरसाइकल चोरी गर्नेलाई पक्राउ गरेको हो ।
गुल्मीमा उत्पादित वस्तुहरुको गुणस्तर र लेभलिङ गर्न अन्तरक्रिया
मंगलबार, पुस १४, २०७७
गुल्मीमा उत्पादित वस्तुहरुको लेभलिङ गर्ने उद्देश्यले उद्योगहरु, व्यवसायीहरु र सरोकारवालासँग अन्तरक्रिया गरिएको छ । घरेलु तथा साना उद्योग कार्यालय गुल्मीले सदरमुकाम तम्घासमा विभिन्न खाद्यवस्तु उत्पादक उद्योगहरुसँग अभिमूखिकरण कार्यक्रम गरेको हो ।

तानसेनमा चोरी गर्ने व्यक्ति पक्राउ
आइतबार, पुस १२, २०७७
तानसेनमा चोरी गर्ने व्यक्ति पक्राउ परेका छन् । शुक्रबार तानसेन नगरपलिका १ का टेक बहादुर गाहाको घरबाट नगद चोरी गर्ने एक व्यक्त पक्राउ परेका हुन् ।

तानसेनमा युवा स्वरोजगार लक्षित कार्यक्रम बारे जानकारी
आइतबार, पुस १२, २०७७
तानसेनमा सञ्चालित युवा स्वरोजगार लक्षित कार्यक्रमका बारेमा जानकारी गराइएको छ । ग्रामिण आर्थिक विकास संघ रेडा पाल्पाको संयोजन, तानसेन नगरपालिकाको सहकार्य र संयुक्त राष्ट्र संघीय कार्यक्रमको सहयोगमा सञ्चालन भएको कार्यक्रमको पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो ।

माथागढी गाउँपालिकाद्वारा स्थानीय पाठ्यक्रममा आधारित पाठ्यपुस्तक निर्माण
आइतबार, पुस १२, २०७७
जिल्लाको माथागढी गाउँपालिकाले स्थानीय पाठ्यक्रममा आधारित पाठ्यपुस्तक निर्माण गरेको छ । गाउँ सरकारले निर्माण गरेको ‘हाम्रो माथागढी’नामक पाठ्यपुस्तकको आईतबार एक कार्यक्रमका बिच सार्वजनिक गरिएको हो ।
.jpg)
‘पाल्पाको इतिहास र विरासत जोगाउन निजी क्षेत्र एक जुट बनौं’
आइतबार, पुस १२, २०७७
विघठित प्रतिनिधि सभाका सांसद् तथा पूर्वउद्योग मन्त्री सोमप्रसाद पाण्डेले पाल्पाको इतिहास र विरासत जोगाउन निजी क्षेत्र एक जुट भएर अगाडि बढ्नुपर्ने बताएका छन् । शनिबार पाल्पा व्यापार संघको तेस्रो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनलाई तानसेनमा सम्बोधन गर्दै पाण्डेले यस्तो बताएका हुन् ।
न्यानो कपडा सहित स्वास्थ्य सामग्री
आइतबार, पुस १२, २०७७
जिल्लाको गुल्मीदरबार गाउँपालिका चारपाला भित्रका विद्यालय र स्वास्थ्य संस्थाहरुलाई न्यानो कपडा सहित स्वास्थ्य सामग्री वितरण गरिएको छ । समृद्ध चारपाला युवा अभियान समूहद्वारा गुल्मीदरबार गाउँपालिका ७ ठूलापोखरा माध्यमिक विद्यालयका गरिब तथा जेहन्दार विद्यार्थीहरुका लागि ४९ थान सुइटर,२ सय पिस माक्स र १ लिटर सेनिटाइजर वितरण गरिएको हो ।

गुल्मीका दर्जनौँ गाउँ खानेपानीबाट बञ्चित
शुक्रबार, पुस १०, २०७७
गुल्मीको कालीगण्डकी गाउँपालिका–२ अर्वेनी स्थित भयकोटका १०५ घर स्वच्छ खानेपानीको अधिकारबाट बञ्चित छन् । स्थानीय देउबहादुर दर्लामीले एक गाग्रो पानीका लागि मध्यरातमै उठेर पानी भर्न कुवासम्म जानुपर्ने गुनासो गरे ।

ठूलो आवाज निकाल्ने ३ सय ४२ मोटरसाईकल कारवाहीमा
बिहीबार, पुस ९, २०७७
महानगरीय ट्राफिक प्रहरी महाशाखाले ठूलो आवाज तथा स्वरुप परिवर्तन गरेर मोटरसाईकल चलाउने चालकलाई धमाधम कारवाही गर्न थालेको छ । महाशाखाले विगत १ महिनादेखि ठूला आवाज तथा स्वरुप परिवर्तन गरेर मोटरसाईकल चलाउने चालक उपर विशेष अप्रेशन नै चलाई धमाधम कारवाहीको प्रक्रिया अगाडि बढाएको हो ।

पाल्पा र गुल्मीका व्यवसायिक सुन्तला कृषकलाई प्राविधिक ज्ञान
बिहीबार, पुस ९, २०७७
व्यवसायिक सुन्तला खेती पछिल्लो समय आम्दानीको मुख्य स्रोत बन्दै आएको छ । फलफूल जातको रुपमा रहेको सुन्तला मुख्य नगदेवालीका रुपमा स्थापित हुँदै आम्दानीको राम्रो स्रोत बने पनि प्राविधिक ज्ञानको अभावका कारण यसले उचित ठाउँ पाउन भने सकेको छैन ।
.jpg)
परोपकारमा तानसेन गुठी
बुधबार, पुस ८, २०७७
जन्मभूमी तानसेन, पाल्पाबाट काठमाडौंमा रहेर विभिन्न पेसा र व्यवसाय गर्दै आएका व्यक्तिहरु संगठीत संस्था हो तानसेन गुठी । तानसेनवासीहरुको सहयोगमा वि.सं. २०५० मा स्थापना भएको गुठी धार्मिक, सांस्कृतिक र सामाजिक परोपकारीको क्षेत्रमा सक्रिय रहँदै आएको छ ।