Shittalpati
परम्परा धान्दै पदम, आम्दानीको स्रोत  बन्यो माटोका भाँडा
परम्परा धान्दै पदम, आम्दानीको स्रोत बन्यो माटोका भाँडा कुमाल समुदायको माटोका भाँडा बनाउने परम्परागत पेशा आधुनिकीकरण तथा व्यवसायीकरण हुन नसकी लोप हुने अवस्थामा पुगिरहेका बेला गुल्मी इस्माका एक युवाले भने माटोका भाँडालाई आम्दानीको मुख्य स्रोत बनाएका छन् । इस्मा गाउँपालिका–६ बुल्मका २३ वर्षीय पदम मुखियाले आधुनिक प्रविधिको प्रयोग गरी माटोका भाँडाकुँडाबाट मनग्य आम्दानी गरिरहेका छन् ।
गुल्मी जिप दुर्घटना अपडेट : मृत्यु भएका दुई नेपाली सेना सहित एकै गाउँका ६, गाउँ नै शोकमा
गुल्मी जिप दुर्घटना अपडेट : मृत्यु भएका दुई नेपाली सेना सहित एकै गाउँका ६, गाउँ नै शोकमा गुल्मीको इस्मा गाउँपालिकाको हुलमा शुक्रबार बिहान जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । इस्मा–४ हुलबाट तम्घास आउँदै गरेको लु१ज ११६६ नम्बरको जीप दुर्घटना हुँदा नेपाली सेनाका दुई जवान सहित एकै गाउँका ६ जनाको मृत्यु भएको हो ।
पाल्पाको रामपुरमा कुलोमा डुबेर दुई वर्षीय बालकको मृत्यु
पाल्पाको रामपुरमा कुलोमा डुबेर दुई वर्षीय बालकको मृत्यु जिल्लाको रामपुर नगरपालिका ३ रजघरामा कुलोमा डुवेर एक बालकको मृत्यु भएको छ । रामपुर ३ रजघराका दामोदर देवकोटाको २ वर्षका छोरा बोधराज देवकोटाको आफ्नै घर आगनमा खेल्ने क्रममा कुलोमा खसेर मृत्यु भएको हो ।
झुम्सा खानेपानी आयोजनाको काम शुरु : बुटवल र तिनाउलाई सहकार्य गर्न आग्रह
झुम्सा खानेपानी आयोजनाको काम शुरु : बुटवल र तिनाउलाई सहकार्य गर्न आग्रह बुटवलमा खानेपानीको सहज आपूर्तिका लागि झुम्सा खानेपानी आयोजनाको काम शुरु भएको छ । खानेपानी मन्त्रालयअन्तर्गतको नेपाल खानेपानी संस्थानले बुटवल उपमहानगरपालिकाका सबै वडामा प्रशोधित खानेपानी आपूर्ति गर्ने उद्देश्यले खानेपानी आयोजनाको काम अघि बढाएको हो ।
तानसेनमा कच्ची गोठमा आगोलागी हुँदा दुई लाख बराबरको भौतिक क्षति
तानसेनमा कच्ची गोठमा आगोलागी हुँदा दुई लाख बराबरको भौतिक क्षति तानसेन नगरपालिका १० भैरवटारमा कच्ची गोठमा आगोलागी हुँदा दुई लाख बराबरको भौतिक क्षति भएको छ । स्थानीय रुपा गैरेको एक तले कच्ची गोठमा कुडो पकाउने क्रममा आगोलागी हुँदा दुई लाख बराबरको भौतिक क्षति भएको हो ।
सबै भन्दा बढी कर तिर्ने गुल्मीका पन्थी सम्मानित
सबै भन्दा बढी कर तिर्ने गुल्मीका पन्थी सम्मानित सरकारले करदातालाई प्रोत्साहित गर्ने उद्देश्यले यस वर्ष पनि विभिन्न विधामा उत्कृष्ट करदातालाई सम्मान गरेको छ । आन्तरिक राजश्व कार्यालय बुटवल अन्र्तगत रहेको करदाता सेवा कार्यालय गुल्मीले नवौं राष्ट्रिय कर दिवसका अवसरमा आर्थिक वर्ष २०७५/७६ मा पनि सबैभन्दा बढी कर तिर्ने जयराम हार्डवयर सेन्टर तम्घासका व्यवस्थापक रामप्रसाद पन्थीलाई सम्मान गरेको हो...
गुल्मी भुर्तुङ्गका युवाहरु आर्थिक, सामाजिक विकासका लागि एकजुट हुँदै
गुल्मी भुर्तुङ्गका युवाहरु आर्थिक, सामाजिक विकासका लागि एकजुट हुँदै जन्मभूमि प्रतिको माया कसलाई लाग्दैन र ? माया मात्रै होइन, सुदुर गुल्मी कालीगण्डकी गाउँपालिका ७ भुर्तङ्गमा जन्मिएका युवाहरुले रुपन्देहीबाट सहकार्य गर्दै नयाँ सोंचको विकासका लागि नौलो अभियान शुरु गरेका छन् ।
प्रधानमन्त्री रोजगार कार्यक्रम : गुल्मीमा दुई हजार बढिले पाए रोजगार
प्रधानमन्त्री रोजगार कार्यक्रम : गुल्मीमा दुई हजार बढिले पाए रोजगार गुल्मी जिल्लामा आर्थिक वर्ष २०७६/०७७ मा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत २ हजार बढिले रोजगार पाएका छन् । जिल्लाका २ नगरपालिका र दश गाउँपालिकाका २ हजार ४३ जनाले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत रोजगार पाएका हुन् ।
गुल्मीको रेसुङ्गामा मंसिर १३ सम्मको लागि लकडाउन
गुल्मीको रेसुङ्गामा मंसिर १३ सम्मको लागि लकडाउन गुल्मीको रेसुङ्गा नगरपालिकाले मंसिर १३ गतेसम्मकम लागि लकडाउन गर्ने घोषणा गरेको छ । नगरमा कोरोना भाईरस (कोभिड–१९)को संक्रमण तिब्ररुपमा फैलिदै गएपछि नगर सरकारले मंसिर ४ गते राती १२ बजेदेखि मंसिर १३ गते राती १२ बजेसम्मका लागि लकडाउन गर्ने घोषणा गरेको हो ।
प्रधानमन्त्री रोजगार कार्यक्रम बेपरवाह खर्च,  उपलब्धी कम
प्रधानमन्त्री रोजगार कार्यक्रम बेपरवाह खर्च, उपलब्धी कम पाल्पा र गुल्मीका अधिकांश स्थानीय सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेट सडक नाली सफा गर्ने, झार उखेल्ने, बाँदर लखेट्ने जस्ता काममा खर्चेका छन् । स्वयंसेवकबाट निःशुल्क हुने काममा पनि राज्यकोषबाट करोडौं खर्च गरेर कार्यकर्तालाई पोस्ने काम भइरहेको भन्दै यो कार्यक्रमको आलोचना हुँदै आएको छ ।
कोभिडबाट प्रभावित तानसेनका युवालाई अभिमुखिकरण
कोभिडबाट प्रभावित तानसेनका युवालाई अभिमुखिकरण कोभिडबाट प्रभावित बनेका तानसेनका युवाहरुलाई एक दिने अभिमुखिकरण तथा परामर्श दिइएको छ । यूवा उद्यम विकास कार्यक्रम अन्तर्गत तानसेन व८ा नं. द्द, घ, द्ध र ट का छछ जना युवाहरुलाई परामर्श दिइएको हो ।
तिहार आएपछि...
तिहार आएपछि... तानसेनको तेस्रो सडकमा तिहारका लागि आवश्यक सामन किन्दै सर्वसाधरण । तिहार आउन थालेपछि अहिले तानसेन बजारमा चहल–पहल सुरु भएको छ । कोरोना भाइरसको संक्रमणको जोखिम कायमै रहेपनि मानिसहरू किनमेलका लागि बजार पुग्न थालेका छन् ।
Weather Update